#भैरव रिसाल
नेपालको नागरिकता समस्याको रूपमा उपस्थित भएको छ । वास्तवमा त्यस्तो नहुनुपर्ने हो । यसो हुनुको कारण नेपालको दक्षिणपूर्व र पश्चिम सीमा खुला हुनु नै हो । बेलाबखत हाम्रो तराई मधेस भारतसँग जोडिएको भाग यो नागरिकताबारे जटिल बन्दै आएको छ वा जटिल बनाइन्छ । हाम्रो दक्षिण र भारतको उत्तरपूर्वको सम्बन्ध रोटी बेटीमा आबद्ध हुनु पनि अर्को प्रमुख कारण भएजस्तै लाग्छ । यी कुरा तत्काल हटाउनु पनि सम्भव हुन्छ । यसबारे गम्भीर चिन्तनको खाँचो छ । जे त पर्ला ? भनी आँखा चिम्लिएर भारतसँगको खुला सीमा बन्द गर्नु या अर्को शब्दमा नियमन गर्नुको विकल्प छैन । विगतमा बेला बेला यता नेपालको तराईका जनता भारततिर उता भारतका जनता यता नेपालतिर सानो–ठूलो सङ्ख्यामा आउजाउ र बसोबास गर्न प्रोत्साहन गरिएको वास्तविकता पनि भुल्नु हुँदैन । कुनै पनि निर्णय बिनाआधार, बिनातर्क गरियो भने तत्कालको खाँचो तरे पनि भोलि चर्को समस्या पर्नेरहेछ । त्यो बेलाको वास्तविकता त्यही थियो होला र सीमा बन्देज नगरी खुला सीमा छोडियो होला । त्यसो भनेर जहिले पनि सीमा खुला छोड्नुपर्छ भन्ने छैन नि ¤ तसर्थ, आजको आवश्यकताले भारतसँगको सीमा खुला राख्ने अनुमति दिँदैन । यसकारण, सीमा बन्द भन्ने नकारात्मक सन्देश दिने शब्दभन्दा नियमित गर्ने शब्द राखौँ ।
तारबार नै हो त ?
सबै नेपालीले नेपालको नागरिकता पाउनुपर्छ, यसमा कसैको विमति हुने प्रश्न नै भएन । नागरिकले नागरिकता नपाउनु भनेको ठाडो अन्याय हो, बेठीक पनि हो । तर, यसो भनेर ह्वारह्वारती सिनेमाको वा बसको टिकट बेचेजस्तो गरेर नागरिकता वितरण अभियान चलाउनु पनि भएन । यो मुद्दा अत्यन्त संवेदनशील मुद्दा हो । पक्का नागरिकले स्वाभाविक एवं सहजरूपले नागरिकता पाउनुप¥यो ¤ गैरनागरिकले कुनै हालतमा पनि नागरिकता पाउनु भएन । यो नागरिकता मुद्दा नयाँ होइन पुरानो मुद्दा हो । पुरानो मुद्दा भनी गम्भीर ध्यान दिएन वा समयमै समुचित ध्यान दिएन भने आजको हाम्रो पुस्ताको दायित्व पूरा नगरेको ठहर्छ । तसर्थ, यस विषयलाई हलुका वा विषय बनाएर नलिऊँ, स्वाभाविकरूपमा लिएर सहज ढङ्गले पार लगाऔँ । सेना प्रमुखले हालै एउटा दृष्टिकोण सार्वजनिक गरेका छन् । उनले सहज ढङ्गले यो नेपाल–भारत सीमामा तारबार लगाउनुपर्छ भने । सीमामा तारबार लगाउने कुरा सेना प्रमुखले जसरी सजिलोसँग भने त्यो त्यति सजिलो छैन । तर असजिलो छ भनेर यो खुला सिमानाको मुद्दा त्यसै पर सारेरमात्र पनि हुँदैन । राज्य भनेकै यस्तै बेलामा चाहिने हो । दुवै पक्ष बसौँ । समस्याको अद्योपान्त सुनौँ, विश्लेषण गरौँ, भावना एवं पूर्वाग्रह कति नराखौँ । ऐतिहासिक साथै दीर्घकालीन सहअस्तित्वलाई स्वीकार गर्दै तार बार गर्ने वा के गर्ने समयमै टुङ्गो लगाऔँ ।
वंशज नै हुनुपर्ने
नेपालको नागरिकताको समस्या समाधान गर्न खुला सिमाना बन्द गर्नु जरूरी छ । भारतसँगको खुला सिमानामात्र हो र आकाशको पनि सीमा अध्ययन हुनुपर्छ । नेपाली सेना असल छिमेकीको सम्बन्ध बलियो बनाउने पनि खुला सिमाना बन्द गर्नुपर्छ । नेपाल–भारत खुला सिमाना बन्द गर्नको लागि लाग्ने खर्च पनि अड्कल गरिएको छ जसअनुसार ४७ अर्ब रूपियाँ लाग्छ । यत्रो रकम सरकारले कसरी जुटाउँछ भन्ने पनि तर्क उठ्नु परम स्वाभाविक हो । सुझाव पनि दिइएको छ, त्यो रकम अहिले असार महिनामा भइरहेको विकास बजेटबाट नै दिन सकिनेछ । तर, भर्खरै महालेखाले २५ असारदेखि विकास बजेट खर्च गर्न रोक लगाएको त्यो तत्काल पो हुन नसक्ने देखियो । तर, इच्छाशक्ति यति बलवान हुन्छ सम्पट कसेर लाग्ने हो भने पैसाको खाँचो हुँदैन । दिनको अर्बौँ अर्ब रूपियाँ खर्च हुने असारे बजेटमा त्यो ४७ अर्ब रूपियाँ भनेको दुई दिनको खर्च बराबर हो । यो मुद्दामा पैसा समस्या होइन इच्छाशक्ति मूल कुरा हो । भारतसँग जोडिएको सम्पूर्ण सिमानामा तारबार लगाउने नलगाउने दृढ निर्णय प्रमुख हो । वास्तवमा नागरिकता पनि अङ्गीकृत एवं वंशज दुई तहका छन् । निर्वाचन, सरकारी सेवा, राजनीतिक नियुक्ति, उद्योग–व्यापारका लागि ‘वंशज’ नेपाली नागरिकता आवश्यक पर्ने व्यवस्था गर्नु जरूरी हुनुपर्छ ।नेपालको भूराजनीति नै यस्तै छ त ?
सक्कलीले सजिलै
नेपालको भूराजनीति अवस्थितिअनुसार नेपालीले विदेशीसँग विवाह गर्न उत्साहित होइन निरूत्साहित गर्नुपर्छ । नेपालीसँग विवाह गर्ने महिला वा पुरूषलाई छिटो होइन ढिलो नागरिकता त्यो पनि कृत्रिम वा अङ्गीकृत नागरिकतामात्र दिनुपर्छ ताकि नेपालीसँग विवाह गर्न दुरूत्साहन होस् र नेपालीसँग बिहे ग¥यो भने नागरिकता सारै ढिलो पाइन्छ भन्ने सन्देश प्रवाह होस् । यसो भयो भने नेपालीहरूसँग विदेशीहरूले बिहे गर्ने कम होला भन्ने लाग्छ । के–के जुक्ति झिक्नुपर्ने के के ? अन्यथा विवाह सजिलोसँग हुने हो भने चोखो नेपालीको मात्र नेपाल भन्न नपर्न सक्छ । चोखो नेपालीको मात्र नेपाल भन्ने साख सुरक्षण गर्न नागरिकतामा निर्दयी हुनैपर्छ । दुवै निकटतम छिमेकी सवा अर्ब, डेढ अर्ब जनसङ्ख्या भएका छन् । यसो नेपालको नागरिकता नीति खुकुलो छ, उदार छ भन्ने पर्यो भने कसको के लाग्छ र ? नेपाल जोगाउन नेपाली जोगाउन । यसकारण, पनि नागरिकता प्राप्त गर्ने विधि विधान कडा बनाउनु जरूरी छ । आफ्नो लागि पनि द¥होसँग उभिन सकिएन, कसको लागि सकिएला ? हाम्रा ऐन, कानुन एवं विधान द¥हो भए प्रारम्भदेखि नै भनेजस्तो टिप्पणी गर्छन्, गरून् न । नागरिकताजस्ता संवेदनशील विषयमा अर्काले के भन्छ भनेर पर्खनुपर्ने हो र ? जसरी पनि सक्कली नागरिकले नागरिकता सजिलै पाउनुपर्छ नक्कलीले पाउनु हुँदैन ।