२१ असार, कञ्चन
सुनगाभा हर्नाचौर शान्तीपार्क निर्माणका लागि गत असार ३ गते देखि शुरु भएको दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सव सोमबार सम्पन्न भयो। रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ४ सुनगाभाचोकमा संचालित महोत्सवको समापन कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले गर्नु भएको हो।
अध्यक्ष ढकालले कञ्चनको पर्यापर्यटनको प्रबद्र्धन र स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यका साथ संचालन भएको महोत्सवले सकारात्मक शन्देस प्रबाह हुने बिश्वास ब्यक्त गर्नु भयो । बर्षाको समयमा भएपनि सन्ध्याकालिन महोत्सवको रुपमा संचालन भएको महोत्सवबाट कञ्चनको पर्यापर्यटनको प्रबद्र्धनसंगै स्थानीय कृषि तथा लघुउधम उत्पादनहरुको समेत प्रदर्शनी र बजारीकरणलाई आगामी दिनमा प्रशय दिन आवस्यक रहेको बताउनु भयो।
सन्ध्याकालिन महोतसवको रुपमा संचालन हुदै आएको दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सवमा खेम सेञ्चुरी, पुस्कल शर्मा, ज्योती मगर, टिका सानु, टिका पुन, र्यापर माइला, मिस्टर डि, भि योमा, रचना रिमाल, एलिना चौहान, पुर्खे वा, पुर्णकला बि।सी।,बिन्दा परियार, कोरियो ग्राफर तथा मोडल प्रकाश सोनी, अञ्जली अधिकाी, करिस्मा ढकाल लगायत राष्ट्रिय कलाकारहरुले सांगेतिक प्रस्तुति गरेका थिए।
महोत्सवमा स्थानीय कला र प्रतिभाहरुको संरक्षण र प्रबद्र्धन गर्ने उद्धेशयका साथ दोश्रो कञ्चन डान्स आइडियल समेत संचालन गरिएको थियो । व्ष्क्तिगत तथा सामुहिक गरी २१ प्रतिस्पर्धीहरुले सहभागिता जनाएको प्रतियोगितामा श्रृजना ग्रुप अफ सन मोडल प्रथम भएको थियो भने विविसा थापा द्वितिय भएको थिए। यस्तै एस स्क्वायर तृतिय भएका थिए।
बर्षाको समयमा मेला लागेको भएको पनि दर्शकहरुको उत्साह जनक उपस्थिति रहको थियो । बिशेषगरी लोक तथा दोहोरी गायिका ज्योती मगर, पुस्कल शर्मा, रचना रिमाल, खेम सेञ्चुरी, टिका सानु, पुर्णकला बिसी, टिका पुन र्यापरहरु मिस्टर डि, भि योमा, र्यापर माइला, चर्चित मोडलहरु अञ्जली अधिकारी, करिस्मा ढकाल लगायत कालाकारहरु आएका दिन १० हजार भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको थियो।
कोरियो ग्राफर तथा मोडल प्रकाश सोनी र उनको समूहको जिवन्त नृत्य सहितको अभिनयले महोत्सवमा आएका दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए। सुनगाभा महिला समूहका आयोजना र सुनगाभा युवा समूहको सहआयोजनामा संचालित महोतसव १७ दिन सम्म लागेको थियो । कञ्चन गाउपालिका संरक्षक रहेको महोत्सवको कञ्चनका बिभिन्न संघसंस्था, व्यबसायिक तथा व्यापारिक संस्थाहरुले प्रायोजन गरी आर्थिक सहयोग गरेका थिए। जेष्ठ नागरिकहरुका लागि निशुल्क प्रबेश दिइएको महोत्सवमा बाल उधान, झुला, पिंग सहित बिभिन्न व्षपारिक स्टलहरु समेत राखिएको थियो ।
सुनगाभा महिला समूहका अध्यक्ष तिल कुमारी खत्रीको अध्यक्षतामा सम्पन्न महोत्सवमा जनप्रतिनीधि, स्थानीय संघ संस्थाका प्रतिनीधिहरुले समेत महोत्सव सौहार्दतापुर्ण सम्पन्न भएको र महोत्सवलाई सफल बनाउन सहयो गर्ने आयोजक, सहआयोजक, कञ्चन गाउपालिका लगायथ सबैलाई धन्यवाद दिदै यस पटक देखिएको कमजोरीलाई सुधार्दै र राम्रो कुरालाई मनन गर्दै अगाडी बढन समेत सुझाव दिएका थिए।
समूहका उपाध्यक्ष सन्तोष्ी गौतामेको स्वागत तथा खेम क्षेत्रीको संचालनमा सम्पन्न कार्याक्रममा अध्यक्ष तिल कुमारी खत्रीले महोत्सवलाई शान्तीपुर्ण रुपमा सफल बनाउन सहयोग गर्ने कञ्चन र कञ्चन बाहिरका दर्शक, सुरक्षाकर्मी, उधोगी व्यबसायी, बिभिन्न संघसंस्था, राजनैतिक दल, कञ्चन गाउपालिकाका जनप्रतिनी ितथा कर्मचारी, संचार गृह, राष्ट्रिय तथा स्थानीय कलाकार लगायत आयोजक संस्थाका सम्पुर्ण सदस्य र स्वयम स्वयमसेवकहरु प्रति धन्यवाद ब्यक्त गर्नु भएको थियो ।




