१० असार, बुटवल
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कमलराज गोसाईले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट्स लेख्दै भएको ‘धेरैपछि आज भक्तपुर फेरि रोएको छ।’ साँच्चै धेरैपछि शुक्रबार भक्तपुर फेरि रोएको थियो। हजारौं भक्तपुरेहरुको आँखामा आँसु बगेको थियो। हजारौं महिलाहरुले मन थाम्न सकेका थिएनन्।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंकी धर्मपत्नी एवं पार्टीकी योद्धा ६२ वर्षीया शोभा प्रधानको निधनले सारा भक्तपुरबासी रोएका हुन्। मलामीमा हिडेका हजारौं भक्तपुरेहरु रोएका थिए।
त्रि.बि.का प्राध्यापक गोसाईले सामाजिक सञ्जालमा लख्नु भए जस्तै आज भक्तपुर मात्र होइन देशभरका कामगरी खाने मजदुर किसान, देशभक्त उधोगी व्यबसायी, कर्मचारी, शिक्षक लगायत बहुमत नेपाली जनताको आँखा ओभानो छैन। बिभिन्न सामाजिक संजालहरु मार्फत शोभा दिदी प्रति श्रद्धाञ्जली दिनेहरुको लर्को छ। सशक्त नेतृ, असल गुरु आमा अनि देशलाई मार्गदर्शन गरिरहेका स्तम्भ, बिजुक्छेंलाई दरिलो साथ दिदै आउनु भएकी शोभा दिदिको देहअवसानसँगै भक्तपुरमा मात्र होइन काम र श्रममा बिश्वास गर्ने देशभरका देशभक्त मजदुर किसानहरुको बस्तीमा शून्यता छाएको छ। प्राध्यापक गोसाईले भन्नु भए झैं भक्तपुरसंगै सिंगो देश स्तब्ध र निशब्द भएको छ ।
स्वर्गीय शोभा प्रधानको पार्थिव शरीरमा दागवती दिने कार्यक्रममा उपत्यका बाहिरका नेता कार्यकर्ता सहभागी हुन पाएनन। काठमाण्डौ जान सम्भव भएकाहरु शोभा दिदिको मलामीमा सवार भए । शोभा दिदिलाई अन्तिम पुष्पगुच्छा चढाउन सारा भक्तपुर नगरबासी ओर्लेका थिए। भक्तपुर नगरपालिका वडा नं ७ मा रहेको हनमानाघाटस्थित घाटमा मलामीहरुको भीड थियो।
पार्टी अध्यक्षको धर्मपत्नी मात्रै नभई पार्टीका एकजना सहयोद्धा भएका कारण उनको मलामीमा यति धेरै मानिसको सहभागिता रहेको हो। स्वर्गीय शोभा प्रधान पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघकी केन्द्रिय कोषाध्यक्ष हुनुहुन्थ्यो। साथै वहाँ पार्टी निकटको नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रिय सदस्य हुनुहुन्थ्यो।
यसअघि पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघ र नेपाल क्रान्तिकारी शिक्षक सघको संयुक्त आयोजनामा श्रद्धाञ्जली अर्पण गर्न दिउँसो १ बजे स्थानीय दूधपाटीमा हजारौ मानिस भेला भएका थिए। दूधपाटीमा शिक्षक संघकोतर्फबाट श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यहाँं शिक्षक संघकोतर्फबाट चक्रबहादुर चाकतूले स्वर्गीय प्रधानको जीवनी पढेर सुनाउनु भएको थियो भने पार्टीको तर्फबाट पार्टी सचिव प्रेम सुवालले प्रधानको मृत शरीरमा पार्टीको झन्डा ओढाउनु भयो।
स्वर्गीय शोभा प्रधानको पार्थिव शरीरमाथि पुष्पगुच्छा अर्पण गर्न धेरै विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए। त्यसपछि अन्त्येष्टिका लागि शवलाई भक्तपुर नगर परिक्रमा गरिएको थियो। शवयात्रा नगरको दूधपाटीबाट भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, तचपाल, च्याह्मासिंह हुँदै हनुमानघाट पुगेको थियो। हनुमानघाट पुुगेपछि पुनः महिला संघकोतर्फबाट श्रद्धाञ्जली अर्पण गरिएको थियो।
सायद यो घटना बिरलै हो जहाँ पार्टीका अध्यक्षको धर्मपत्नीको मृत्युमा मलामीको रुपमा जनसागर उर्लिनु। २३ वर्ष अघि स्तन क्यान्सर भई पूर्णरूपमा निको भएका स्वर्गीय शोभा प्रधान पुनः २०७४ सालदेखि पाठेघर क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। वहाँको बुधबार साँंझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा उपचारकै क्रममा निधन भएको थियो। निधनको दुई दिनपछि वहाँको शुक्रबार दाहसंस्कार गरिएको थियो। वहाँको पार्थिव शरीरमा कान्छो सुपुत्र सुवानले दागीवती थिएका थिए। मृतक शोभाका दुई सुपुत्र डा सुवेग र सुवान छन्।

यसअघि २०४५ साल भदौ ९ गते भएको भक्तपुर काण्डपछि यसरी नै भक्तपुर रोएको थियो। कर्णप्रसाद हयोजूको हत्याको आरोपमा तत्कालिन पञ्चायती शाशकले तत्कालीन नेपाल मजदुर किसान संगठनका अध्यक्ष नारायणमान विजुक्छेंसहित ६७ जना निर्दोष पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जेलमा राखी मृत्युदण्ड सजाय सुनाएपछि भक्तपुर रोएको थियो। २०४६ सालको सफल जनआन्दोलनसँंगै ती ६७ जना नै नेता कार्यकर्ता रिहा भएका थिए।
नागरिक दैनिकमा प्रकाशित सम्पादित अंश