१० असार,नवलपरासी/रामु भुसाल
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको कार्यालयले नीति, कार्यक्रम र बजेट पारित भएको छ। शुक्रबार बर्दघाटमा सम्पन्न नगरपालिकाको १० औँ नगरसभाले बर्दघाट नगरपािलकाका प्रमुख शम्भुलाल श्रेष्ठद्वारा प्रस्तुत आ.व. २०७९/८०को नीति तथा कार्यक्रम र नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले प्रस्तुत गर्नु भएको बार्षिक बजेट सर्बसम्मतले पास गरेको हो ।
नगरसभालाई सम्बोधन गर्दै सघिंय सासंद एवं पुर्वमन्त्री हृदेश त्रिपाठीले देश सघिंयतामा गएको भएपनि राज्यको पुर्नसरंचना नभई भौगोलिक पुर्नसरंचना भएको बताउनु भयो । बर्दघाट नगरपालिकाको चाहना, शान्त समृद्धि र सुन्दर समाजको स्थापना भन्ने मुल नाराका साथ सो नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो ।
नगर प्रमुख श्रेष्ठले नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बर्दघाट नगरपालिकाले गुणस्तरिय शिक्षा र स्वास्थ्य संस्थाको क्षमता विकास, कृषी पशु र लघु उधममा आधरित रोजगारबृद्धि गरि अन्नबाली, दुग्ध, मासु, फलफुल र तरकारीमा आत्मनिर्भर हुने, सरकारी निजि र सहकारीको क्षेत्रमा सहकार्यमा उत्पादन र उत्पाकत्व बृद्धि गरि रोजगारी सृजना र गरिबी निवारण गर्ने वातावरण सरक्षण, विपत ब्यवस्थापन तथा जलवायु परिर्वतन जोखिममा न्यनिकरण गर्ने तथा प्रभावकारी सार्वजनिक सेवा र शुसासन प्रबद्र्धनलाई मुख्य प्राथमिकतामा बताउनु भयो। नगर प्रमुख श्रेष्ठले पुर्वाधार विकास क्षेत्र तर्फ सडक, भवन तथा सहरि विकास, विधुत तथा वैकल्पिक उर्जा, सुचना तथा सञ्चारलाई विशेष प्राथमिकता दिदै सामाजिक विकास तर्फ शिक्षा, स्वास्थय तथा पोषण, खानेपानी र सरसफाई, लैगिंक समानता तथा समाजिक समावेशीकरण तर्फ महिला, शसक्तीकरण, बालमैत्री शासन, दलित आदिवासी जनजाति, मधेशी, मुस्लिम तथा पिछडावर्ग, समाजिक सरक्ष एवं जेष्ठ नागरिक, अपांगता भएका ब्यक्तिहरु, युवा खेलकुद एंव श्रम तथा रोजगारी, भाषा, सस्कृती तथा पर्यटन, गैर सरकारी संस्था सञ्चालन लगाएत आर्थिक विकास तर्फ कृषी तथा पशुपालन, उद्योग बाणिज्य र सहकारी, उपभोक्ता हित सरक्षण, भु उपयोग एवं भुमी अधिकार, वातावरण तथा विपत ब्यवस्थापन, योजना तर्जुमा कार्यान्वयन तथा अनुगमन लगाएतका निति तथा कार्यक्रम लिई शान्त, समृद्ध र सुन्दर समाजको स्थापना गर्ने लक्ष्य लिएको बताउनुभयो ।
यसैगरी नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले आगामी आर्थिक बर्ष २०७९/८० का लागी बजेट सार्वजनिक गर्दै कुल आय तर्फ ९१ करोड अनुमान गरिएकोमा चालु खर्च तर्फ ५२ करोड २३ लाख र पुंजिगत तर्फ ३८ करोड ८७ लाख खर्च हुने अनुमान गरिएकोबताउनु भयो । कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायले आर्थिक बर्ष २०७८०७९ को समिक्षा प्रतिबेदन प्रस्तुत गर्दै चालु आ.व.मा कुल बजेट ९१ करोड ६ लाख ३७ हजार कायम भएकोमा असार ७ गते सम्म रु ६१ करोड ३ लाख ४५ हजार खर्च भई ६७.०२ प्रतिशत खर्च भएको र चालु खर्च तर्फ रु ४८ करोड ४८ लाख ५ हजार बजेट प्राप्त भएकोमा रु ३८ करोड ५० लाख ७५ हजार खर्च भई कुल बजेटको ७९.४३ प्रतिशत खर्च भहेको जानकारी दिनु भयो।यसैगरी पुंजिगत तर्फ रु ४२ करोड ४८ लाख ३१ हजार बजेट प्राप्त भएकोमा रु २२ करोड ५२ लाख ७० हजार खर्च भई कुल ५२.९० प्रतिशत खर्च भएको बताउनु भयो ।
नगर उप प्रमुख उपाध्यायलले आर्थिक विध्ययेक, विनियोजन विधेयक तथा न्यायिक समितिको प्रतिबेदन समेत प्रस्तुत गर्नुभएको थियो । त्यस्तै आर्थिक बर्षको अन्त्य सम्म चालु खर्च करिब शतप्रतिशत र पुंजीगत खर्च ९० प्रतिशत वित्तिय प्रगति हासिल हुने उप प्रमुख उपाध्ययाले अनुमान गर्नुभएको छ। कार्यक्रममा सविंधान सभा सदस्य विक्रम खनाल, बर्दघाट नगरपालिकाका पुर्व नगर प्रमुख धिरज शर्मा बस्याल, पुर्व नगर उपप्रमुख माया देवी पौडेल, नेकपा एसका केन्द्रिय सदस्य बृहस्पति अधिकारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । उक्त नगर सभाको सामुदायिक रेडियो दाउन्ने बर्दघाटले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।