१० असार, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकाको आ.ब. २०७९/८०का लागि अनुमानित बजेट प्रस्तुत भएको छ। गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउपालिकाको १२ औं गाउ सभामा ६८ करोड ४९ वर्गबाट आएको सुझावलाई समेत सम्मान गर्दै लाख ९८ हजार रुपैया बराबरको बजेट सार्वजनिक गर्नु भएकोे हो ।
समुन्नत कञ्चन, सवल स्थानीय सरकार भन्ने नारालाई साकार बनाउन र बिभिन्न समयमा जनतासंग गरेको बाचा र प्रतिबद्धता तथा बिभिन्न संघ, समूह, बिद्धत वर्गहरुबाट प्राप्त सुझावहरुलाई समेत मध्यनजर गर्दै सो बजेट सार्वजनिक गरिएका उपाध्यक्ष मौसमी थापा मगरले जानकारी दिनु भयो । विनियोजित बजेट मध्ये २८ करोड २५ लाख ६३ हजार रुपैया चालु तर्फ र २३ करोड २४ लाख ३५ हजार रुपैया पुँजीगत खर्च हुने अनुमान गरिएको छ। यस्तै सोही विनियोजित मध्येबाटै १७ करोड सामाुजक सुरक्षा तर्फ खर्च हुने अनुमान गरिएको उपाध्यक्ष मौसमी थापाले अनुमान गर्नु भएको छ।
उपाध्यक्ष मौसमी थापा मगरले चालु आ.व.का लागि २ करोड ६५ लाख शिक्षा तर्फ विनियोजन गर्नु भएको छ भने जेष्ठ नागरिकसंग अध्याक्ष कार्यक्रमका लागि २ लाख रुपैया र सुत्केरीसंग उपाध्यक्ष कार्यक्रमका लागि ४ लाख विनियोजन गर्नु भएको छ। गृहिणीहरुका लागि आरोग्य भान्सा घर संचालन गर्न २ लाख रुपैया बजेट व्यबस्था गर्दै गर्दा समग स्वास्थ्य क्षेत्रमा ७८ लाख १० हजार रुपैया बजेट विनियोजन भएको छ।
खनेपानी तथा सरसफाई अन्तर्गत वडा नं. १ र ५ मा विपन्न घरपरिवारको घरमा धारा जडान गर्न १/१ लाख रुपैया विनिया्ेजन गरिएको छ भने संस्कृति प्रबद्र्धन गर्न ४० लाख ५० हजार, खेलुकद तथा मनोरञ्जन तर्फ १० लाख ५० हजार रुपैया विनियोजन हुँदा पालिकाले सोंचेको, कृषकले रोजेको महत्वाकांक्षा पुरा गर्न ९ लाख रुपैया विनियोजन भएको छ। कञ्चन ४ को बिरेन्द्रचोक देखि शीतलचोक, मिलचोक हुदै तुलसीघाटसम्म कालोपत्रे निर्माण गर्न संघिय सरकारबाट ८० लाख र गाउपालिकाबाट ८० लाख गरी १ करोड ६० लाख रुपैया बजेट विनियोजन गरिएको छ।
सिंचाई तर्फ ३३ लाख, भवन तथा शहरी बिकास तथा उर्जा, वन वातावरण तथा विपद व्यबस्थापन तर्फ १० लाख रुपैया, जलाधार संरक्षण्का लागि १० लाख, कञ्चनको फोहोर मैला तथा ढल व्यबस्थापनका लागि ७ लाख ५० हजार र विपद व्यबस्थापन तर्फ ७० लाख रुपैया विनयिोज भएको छ।
उपाध्यक्ष मौसमी थापा मगरले पुंजीगत तथा चालु खर्चका लागि गाउपालिकाको आन्तरिक श्रोतबाट १ करोड ५ लाख २ हजार ७ सय रुपैया श्रोत निर्धारण गरिएको छ भने मालपोत कार्यालय वुटवलबाट ५० लाख र चाल आ.व.को नगद बैंक मौजदात १ करोड रहेको जानकारी गराउनु भएको छ। यस्तै प्रस्तुत बजेटमा संघिय सरकाबाट समानिकरण अनुदान १३ करोड ३८ लाख रुपैया, शसर्त अनुदान २० करोड १५ लाख रुपैया, समपुरक बजेटबाट ८० लाख तथा संघिय सरकारबाट बिशेष अनुदान १ करोड ५० लाख र राजस्व बांडपाmडबाट ८ करोड ८७ लाख २२ हजार आउने अनुमान गरिएको छ। यसैगरी प्रदेश सरकारबाट समानसकरण अनुदान ७४ लाख ३ हजार, सशर्त अनुदान ८० लाख, बिशेष अनुदान ६० लाख र समपुरक अनुदानबाट १ करोड ५० लाख प्राप्त हुने उपाध्यक्ष मगरले जानकारी दिनु भएको छ।
सामाजिक सुरक्षा तर्फ १७ करोड गरी ६८ करोड ४९ लाख ९८ हजार ७ सय रुपैया मध्ये गाउसभाले २६ करोड १४ लाख ९८ हजार ७ सय रुपैयामात्र विनियोजन गरेको हो । १२ औं गाउँसभाबाट विनियोजन भएको रकम मध्ये आर्थिक बिकास तर्फ २ करोड ६ लाख १५ हजार, सामाजिक बिकास तर्फ ३ करोड २८ लाख १० हजार, भौतिक पुर्वाधार बिकास तर्फ १० करोड ५६ लाख १० हजार रुपैया विनियोजन भएको छ भने वातावरण तथा विपद व्यबस्थापन तर्फ ९२ लाख ५० हजार र संस्थागत बिकास सेवा प्रबाह र सुशासन तर्फ २८ लाख ५० हजार रुपैया विनियोज भएको छ।
१२ औं गाउ सभाबाट विनियोजित बजेटको मुख्य उद्धेश्य भुमिहिन दलित, भुमिहिन सुकुमवासी र अव्यबस्थित बसोवासीको व्यास्थापन गरी जग्गाको स्वामित्व दिलाउने,परम्परागत कृषि प्रणालीलाई प्रतिस्थापन गरी व्यबसयिक तथा यान्त्रिकरण गर्ने, निर्वाहमुखी रहेको पशुपालनलाई व्यबसायिकरण गर्दै रोजगारमुखी बनाउने, शिक्षा, स्वास्थ्इ, खानेपानी, लगायतका सामाजिक र कृषि उधोग, पर्यटनक्षेत्रको बिकास र अधुरा आयोजनाहरुलाई पुरा गर्ने लगयत ८ वटा उद्धेश्य निर्धारण गरिएको छ।
आ.व. २०७८/०७९ को जेठ मसान्त सम्म चालु खर्च तर्फ २१ करोड ३४ लाख ७४ हजार रुपैया र पुंजीगत खर्च तर्फ १३ करोड ९५ लाख २८ हजार रुपैया गरी जम्मा ३५ करोड ३० लाख २ हजार रुपैया खर्च भएको समेत उपाध्यक्ष मौसमी थापा मगरले जानकारी दिनु भयो ।