५ असार, एजेन्सी ।
बेलायतको क्याब्रिज नजिकै वैज्ञानिकले यस्तो कुरा फेला पारे, जसले उनीहरुलाई अचम्मित बनायो । बार हिलमा एउटा सडकको किनारामा उत्खननका बेला वैज्ञानिकले ८००० प्राचिन भ्यागुतोका हड्डी भेटेका हुन् । ती हड्डीहरु २०१६–२०१८ को बीचमा, फलामे युगमा बनेको एउटा घर नजिकै भएको उत्खननमा भेटिएको थियो । १४ मिटर ९६ फुट० गहिरो खाडलमा हड्डी भेटिएका थिए । वैज्ञानिकले भ्यागुतोका यो चिहानसम्म पुग्नका लागि एक मिटरको ‘टप सोयल’ र ‘सब सोयल’ खन्नु परेको थियो । एउटै स्थानमा यति धेरै अवशेष भेटिनु असामान्य र असाधारण खोज हो । साथै वैज्ञानिकले यो बुझ्न सकेका छैनन् कि यी सबै एउटै खाल्डोमा कसरी पुगे रु
रहस्य बन्यो भ्यागुताका हड्डी
लण्डन पुरातत्व संग्रहालयका वरिष्ठ पुरातत्वविद् विकी इभेन्सले यस्तो पहिले कहिल्यै पनि अनुभव नगरेको बताएका छन् । उनले भने, ‘लण्डनका यत्तिका साइटमा काम गर्दा, हामीहरुले यति धेरै भ्यागुता पाएका थिएनौँ । एउटै खाल्डोमा यी सबै हड्डी भेटिनु अचम्मित गर्ने खालको हो । ’ वैज्ञानिकका अनुसार यी हड्डी धेरैजसो भ्यागुता र टोडको सामान्य प्रजातिका हुन्, जो देशभरी पाइन्छन् । यसमा पोखरीमा पाइने भ्यागुतोका अवशेष पनि छन्, जुन अचम्मित गर्ने खालको हो । पाषण युगको कुरा गर्ने हो भने त्यतिबेलाका मानिसहरुले भ्यागुतो खाने गरेको प्रमाण भेटिएका छन् । यद्यपि, यो खाल्डोमा भेटिएका हड्डीमा न त कुनै काटेको निशान थियो, न पोलेको नै । त्यसैले मानिसहरुले यी भ्यागुतो खाएका होलान् भन्न सक्ने स्थिति पनि छैन । भ्यागुतोलाई उसिनेकै भएपछि यसका चिन्हहरु भेटिन्थे ।
पुरातत्वविद् विकी इवेन्स भ्यागुतोका हड्डीको स्याम्पल देखाउँदै
यसको पछाडि थुप्रै थ्योरीहरु दिइएका छन्ः
जहाँबाट यी अवशेष भेटिएका छन्, त्यहाँ जलेका अन्नको प्रमाण भेटिएका थिए । यसमार्फत् त्यतिबेला मानिसहरु अन्नको प्रशोधन गर्दथे भन्ने पत्ता लाग्छ । अन्नका कारण अन्य किरा फट्याङ्ग्रा त्यहाँ आउँथे होलान् र ती किरा फट्याङ्ग्रा खान भ्यागुतो पनि त्यहाँ आएका होलान् । यो कालखण्डमा भ्यागुतोमाथि भएको यो त्रासदीको पछाडि अन्य थ्योरी पनि दिइएका छन् । भ्यागुतो प्रजनन क्षेत्रको खोजीमा वसन्त ऋतुमा यो इलाकामा आएका होलान् र खाल्डोमा खसेर फसेका होलान् । यस्तै, कठ्याङ्ग्रिँदो मौसमले पनि भ्यागुतोको ज्यान लिएको हुनसक्ने धेरैले आँकलन गरेका छन् ।
यस्तै, अर्को थ्योरीमा भ्यागुतोलाई कुनै रोग लागेका कारण यस्तो भएको होला भन्ने अनुमान गरिएको छ । बेलायतमा सन् १९८० को दशकमा रानावायरसले भ्यागुताको जनसंख्या नष्ट गरिदिएको थियो । यो भाइरसले भ्यागुतो यति प्रभावित भए कि रोगको निगरानी र रिपोर्ट गर्नका लागि फ्रग मोर्टालिटी प्रोजेक्ट सुरु गरिएको थियो । रानावायरस यस्तो भाइरस हो जसले माछा र सरिसृपको ठूलो संख्यालाई प्रभावित गर्छ ।
बार हिल नामको यो स्थानमा भएको थियो उत्खनन
वैज्ञानिकले यसबारे पत्ता लगाउँदैः
विकी इभेन्सका अनुसार यो एक अचम्मित पार्ने खालको खोज हो, यसबारे हामी पनि बुझ्ने कोसिस गरिरहेका छौँ । भ्यागुतोका अवशेष एउटै ठाउँमा हुनुका भिन्न भिन्न कारण हुनसक्छन् । भोलिको समयमा त्यो पनि हामीले थाहा पाउँछौँ होला । तर हामीलाई अहिले नै यस्तो किन भयो भन्ने थाहा छैन ।