३ असार, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा आज देखि दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सव शुरु भएको छ। महोत्सवको उद्घाटन कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले गर्नु भएको छ।
सन्ध्याकालिन महोत्सवलाई उद्घाटन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनको कला र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न आयोजना गरिएको महोत्सव भव्य र सभ्य हुने बिश्वास गर्नु भएको छ। यतिबेला गाउपालिका कञ्चनको समृद्धिका लागि बाािषर््क नीति, कार्यक्रम र बजेट योजना निर्माण भइरहेको र सोको लागि बिभिन्न समिति र उपसमितिको बैठक बसी योजना तर्जुमा भइरहेको समेत प्रमुख अतिथि समेत रहनु भएका गाउपालिका अध्यक्ष ढकालले बताउनु भयो । यसैगरी अध्यक्ष ढकालले यतिबेला कञ्चन गाउपालिकाको ध्यान कञ्चनमा रहेका भुमिहिन दलित, भुमिहिन सुकुमवासी र अब्यबस्थित बसोबासीहरुलाई जति सक्दो छिटो लालपुर्जा दिनका लागि सम्पुर्ण शक्ती प्रयोग गरेर कार्य गरिरहेको समेत बताउनु भयो ।
यसैगरी उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनको समृद्धिको आधार यहाँको कला र संस्कृति भएकोले कञ्चनकाृे कला र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न आवस्यक रहेको बताउनु भयो । बेला बेलामा संचालन हुने मेला महोत्सवहरुले स्थानीय उत्पादन र व्यापार व्यबसायको प्रबद्र्धन हुनुको साथै स्थानीय क्षेत्रमा रहेका प्रतिभाहरुको समेत सम्मान हुने बताउदै उपाध्यक्ष थापा मगरले मेला महोत्सवको नाममा हुने बिकृति र बिसंगतीका बिरुद्ध पनि गीत संगिको माध्यमबाट आवाज बुलन्द गर्न आवस्यक रहेको बताउनु भयो । उपाध्यक्ष मौसमी थापा मगरले अव कञ्चनको मुहार फेर्न नयाँ सोंच र दृष्टिका साथ अगाडी बढ्नु पर्ने भएकोले नव निर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान भन्दा पनि सुझाव दिन समेत कञ्चनवासीलाई आग्रह गर्नु भयो।
स्थानीय सुनगाभा महिला समूहको आयोजना तथा कञ्चन गाउपालिका संरक्षक रहेको महोत्सव असार १७ गते सम्म संचालन हुने छ। महोत्सवलाई भव्य र सभ्य बनाउन सुरेश क्षेत्रीको संयोजकत्वमा महोत्सव संचालन समिति तथा गोपाल बहादुर के.सी.को संयोजकत्वमा महोत्सवको व्यबस्थापन तथा समन्वय उपसमिति गठन गरिएको महोत्सवका सूचना अधिकारी खेम बहादुर क्षेत्रीले जानकारी दिनु भएको छ।
सन्ध्याकालिन महोत्सवको रुपमा संचालन हुने महोत्सवमा प्रकाश सपुत, खेम सेन्चुरी, टीका सानु, पुस्कल शर्मा, र्यापर सुरज क्षेत्री भ्योमा, पुर्णकला बि.सी., लगायत राष्ट्रिय कलाकारहरु आउने आयोजकले जनाएको छ। कञ्चन ४ मा रहेको सुनगाभा हर्नाचौर शान्तीपार्क निर्माणार्थ संचालन गर्न लागिएको महोत्सवमा बाल उधान, झुला पिंग, स्थानीय उत्पादनहरुको व्यापारिक स्टल सहित कञ्चन डान्स आइडियल २०७९ समेत राखिएको आयोजकले जनाएको छ।
सुनगाभा युवा समूह सह आयोजक रहेको महोत्सवमा संचालन हुने कञ्चन डान्स आइडियल २०७९ मा प्रथम हुनेले नगद २५ हजार रुपैया, दोश्रो हुनेले १५ हजार रुपैया तितृय हुनेले १० हजार र सान्त्वना हुने दुई जनाले जनही ३/३ हजार रुपैया प्राप्त गर्ने छन। स्थानीय सञ्चार गृहरु कञ्चन खवर र सामुदायिक रेडियो महोत्सवको मिडिया पार्टनरको रुपमा रहेका छन। महोत्सव शुरु हुनु पुर्व स्थानीयहरुद्वारा सांस्कृतिक र्याली पर्दशनी गरिएको थियो ।
दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सव उद्घाटन शत्रमा कञ्चन ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेल, नेपाली कांग्रेस, कञ्चनका उप सभापति दुर्गासिंह क्षेत्री, नेकपा माओवादी केन्द्रका पुष्पराज शर्मा, सुनगाभा सामुदायिक बिकास केन्द्रका अध्यक्ष सुमित्रा बुढाथोकी, लायन्स क्लव अफ कञ्चन हरैया बर्ष २०२०/१का अध्यक्ष राम बहादुर थापा, सुनगाभा योग साधनाका दुर्गा प्रसाद ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सुनगाभा महिला समूहका अध्इक्ष तिल कुमारी क्षेत्रीको अध्यक्षता तथा सुनगाभा युवा समूहका खेम बहादुर क्षेत्रीको संचालनमा महोत्सवको उद्घाटन शत्र संचालन भएको हो ।