१ असार, कञ्चन
सिद्धार्थटोल बिकास संस्था, कञ्चन ४, बिरेन्द्रचोक, रुपन्देहीले आफ्नो टोलको बिकासका लागि बिभिन्न क्षेत्र समेटी १८ बुँदे माग पत्र बुझाएको छ। नव निर्वाचित वडा अध्यक्ष सहित समपुर्ण जनप्रतिनीधिहरुलाई बधाई सहित कञ्चन ४ को समग्र क्षेत्रको समानुपातिक बिकासलाई प्राथमिकता दिनु हुने छ। बिकासको दृष्टिले पछाडी पारिएका टोल र क्षेत्रहरुमा यस पटक बिशेष ध्यान दिई समान रुपमा समानुपातिक बिकासलाई जोड दिन र कसैको धाक, धम्की, शक्ती, बल र पहुंचको आधारमा कसैलाई काख कसैलाई पाखा नगर्न नगराउनु आग्रह गर्दै उक्त मागपत्र वडा अध्यक्ष केशर बहादुर खत्री समक्ष टोलका बिकासका अध्यक्ष जगिलाल थापाले बुझाउनु भएको हो ।
वडा अध्यक्ष खत्रीलाई टोलको योजना मागपत्र बुझाउदै कञ्चन गाउपालिका वडा नं. ४ स्थित सिद्धार्थ टोल बिगत ५ बर्ष देखि हरेक कुराले पछाडि पारिएको टोल भएको र नजिकको सरकारको रुपमा रहेको कञ्चन गाउपालिकाले कञ्चनको समानुपातिक बिकासमा ध्यान नदिई शक्ती, पहुंच र व्यक्तिबादी चरित्र व्यबहारले वडा नं. ४ को दियो, चापा, ढावा, अस्नैया, छपालीटोल, कञ्चनटोल, प्रगतीटोल र सिद्धार्थ टोल अन्तर्गत बिशेष बिरेन्द्रचोकलाई छुट्टै टोलको रुपमा हेरी हरेक पक्षका बिकासहरुमा पुर्णरुपमा पक्षपात व्यबहार गरी पछाडी पारिएकोले यस पटकको बार्षिक नीति, कार्यक्रम तथा बजेटमा बिशेष योजना सहितको बजेट व्यबस्था गर्न माग गर्नु भएको हो ।
सिद्धार्थ टोलका स्थानीयवासीहरु सहित वडामा गएको टोलीले बेलडाडा चापा, दियो ढावा, प्रगतीचोक, छपालीटाल, सरकारी बोरिङ्ग, एकता देखि बिरेन्द्रचोक हुदै गैडहवा शान्ती बजार जोड्ने डिएसपी चौक सम्म करिब ५ कि.मी.बाटो तत्काल मर्मत गरी आवत जावतलाई सहज बनाउन समेत बिशेष आग्रह गरेका थिए । सडक, कृषि तथा सिंचाई, शिक्षा तथा स्वास्थ्य, खेलकुद, बिधुत, ह्युमपाइप निर्माण तथा मर्मत लगायतका बिषयहरु समेटेर ४ नं. वडा कार्यालयमा गई वडा अध्यक्ष केशर बहादुर खत्रीलाई सिद्धार्थ टोलको तर्फबाट योजना मागपत्र बुझाएको हो ।
सिद्धार्थ टोलको योजना मागपत्र ग्रहण गर्दै वडा अध्यक्ष केशर बहादुर खत्रीले समग्र कञ्चन ४ को समानुपातिक बिकासमा ध्यान दिइने र हरेक क्षेत्रबाट पछाडी परेको टोल र क्षेत्रलाई बिशेष प्राथमिकता दिई वडाबाट योजना बनाई गाउपालिकामा पेश गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो । सोही क्रममा सिद्धार्थ टोलको बिरेन्द्रचोक देखि भैरमघाट, प्रगतीचोक, तुलसीघाट हुदै दियो चापा जप्तीको कालोपत्रेका लागि १ करोड ६० लाख रुपैया केन्द्रको समपुरक बजेट बिनियोजन भएको र उक्त योजना आ.ब. २०७९ ८० को असोज कार्तिकबाट शुरु हुने समेत वडा अध्यक्ष खत्रीले जानकारी गराउनु भयो । यस्तै वडा अध्यक्ष खत्रीले लुम्बिनी ढोरपाटन अन्तर्गत गैडहवाको भैसाइया, मिनमिनवा, शान्तीबजार, कञ्चनको बिरेन्द्रचोक हुदै दियो सम्मको सडकको पनि टेण्डर भई कार्य शुरु भइसकेको समेत जानकारी गराउनु भयो ।
माग पत्रमा के के कुरा समेटिएका छन?
श्री सिद्धार्थ टोल बिकास संस्था
कञ्चन–४,बिरेन्द्रचोक,रुपन्देही
प.सं.
च.नं. मिति २०७९÷०२÷३१ गते
श्रीमान वडा अध्यक्ष ज्यू,
४ नं. वडा कार्यालय,
कञ्चन गाउपालिका
कञ्चन–४,शिवालयचोक, रुपन्देही
बिषय– योजना माग सम्बन्धमा
महोदय,
सर्बप्रथम त बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडा नं. ४ वासीको अत्याधिक बिश्वास सहितको मत प्राप्त गरी विजयी हुनु भएको नव निर्वाचित वडा अध्यक्ष केशर बहादुर खत्री, वडा सदस्यहरु शुसिला थापा, श्रीमाया नेपाली, तुल बहादुर गुरुंग र कुल बहादुर थापालाई हार्दिक बधाई सहित कार्याकालको पुर्ण सफलताको कामना गर्दछौं । आशा छ कञ्चन ४ को समग्र क्षेत्रको समानुपातिक बिकासलाई प्राथमिकता दिनु हुने छ। बिकासको दृष्टिले पछाडी पारिएका टोल र क्षेत्रहरुमा यस पटक बिशेष ध्यान दिई समान रुपमा समानुपातिक बिकासलाई जोड दिन र कसैको धाक, धम्की, शक्ती, बल र पहुंचको आधारमा कसैलाई काख कसैलाई पाखा गर्नु गराउनु हुने छैन भन्ने बिश्वास सहित यस सिद्धार्थटोलवासीको तर्फबाट शुभकामना व्यक्त गर्दछौं
वडा अध्यक्ष तथा वडा सदस्य ज्यूहरु
यस कञ्चन गाउपालिका वडा नं. ४ स्थित सिद्धार्थ टोल बिगत ५ बर्ष देखि हरेक कुराले पछाडि पारिएको टोल हो । नजिकको सरकारको रुपमा रहेको कञ्चन गाउपालिकाले कञ्चनको समानुपातिक बिकासमा ध्यान नदिई शक्ती, पहुंच र व्यक्तिबादी चरित्र व्यबहारले वडा नं. ४ को दियो, चापा, ढावा, अस्नैया, छपालीटोल, कञ्चनटोल, प्रगतीटोल र सिद्धार्थ टोल अन्तर्गत बिशेष बिरेन्द्रचोकलाई छुट्टै टोलको रुपमा हेरी हरेक पक्षका बिकासमा पुर्णरुपमा पक्षपात गरी पछाडी पारिएकोले यस पटकको बार्षिक नीति, कार्यक्रम तथा बजेटमा तपशिल बमोजिमका क्षेत्रहरुमा बिशेष योजना सहितको बजेट व्यबस्था गरी दिनु हुन बिनम्र अनुरोध गर्दछौं ।त्यस टोलको अन्तर्गतका तपशिल बाटाहरुमा खाल्डाखुल्डी भई आवत जावत गर्न निकै समस्या परेकोले र आज सम्म ती बाटोहरुको मर्मत नभएकोले उक्त बाटोहरु मर्मत तथा स्तर उन्नती गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौं ।
तपशिल
१, बेलडाडा चापा, दियो ढावा, प्रगतीचोक, छपालीटाल, सरकारी बोरिङ्ग, एकता देखि बिरेन्द्रचोक हुदै गैडहवा शान्ती बजार जोड्ने डिएसपी चौक सम्म करिब ५ कि.मी.बाटो तत्काल मर्मत गरी आवत जावतलाई सहज बनाउन बिशेष आग्रह गर्दछौं।
आगामी बजेटमा सडक
२, बिरेन्द्रचौक देखि गैडहवा सालघारी चोक (सालघारी घोल) हुदै कञ्चन चोक सम्मको बाटोको (२.५ कि.मी) स्तरउन्नती गरी बेस ग्राभेल सहित कालोपत्रे योजनामा समावेश गरिदिनु हुन।
३, बिरेन्द्रचोक देखि अस्नैया टोल जाने बाटो (५०० मिटर) मर्मत सहित बेस ग्राभेल गरिदिनु हुन
४, बिरेन्द्रचोक देखि एकताचोक बासटारीचोक सम्मको बाटो (३०० मिटर) मर्मत सहित बेस ग्राभेल गरिदिनु हुन
५, बिरेन्द्रचोक भित्र रहेका ४ वटा भित्री बाटोहरु करिब १.५ किमी कच्ची बाटोमा पहिलो ग्राभेल गर्ने योजनामा समावेश गरिदिनु हुन।
६, अस्नैया युवा क्लवको भवन अगाडी देखि दक्षिण पश्चिम हुदै माटोखाने खेल मैदानसम्म करिब ५०० मिटर पहिलो ग्राभेल
७, बिरेन्द्रचोक देखि दक्षिण जंगल जाने बाटो करिब ३०० मिटर बाटो पहिलो ग्राभेलका लागि आवस्यक बजेट व्यबस्था गरिदिनु हुन।
कृषि तथा सिंचाई
१, कञ्चनलाई कृषिको हव बनाउने यस अघिका जनप्रतिनीधीले बाचा गरे अनुसार पुर्ण ंिसंचाईयुक्त बनाउन हरेक टोल टोलमा स्यालो ट्युवेल वितरण गरियो । तर उक्त कार्य अब्यबस्थित, दिर्घकालिन योजना बिहिन र व्यक्तिबादी सोंच रहेको अवगत गराउदै स्यालो ट्युवेल मार्फत गरिने सिंचाई योजना यो ५ बर्षमा पुर्ण रुपमा असफल र भई पानी नआउने समस्या देखा परिसकेकोले यस पटक भुमिगत जल सिंचाईलाई भन्दा कञ्चन नदीमा तटबन्ध गरि लिफ्ट सिंचाई र कोठी खोला सिंचाई आयोजनामा बिशेष बजेट सहितको योजनालाई प्राथमिकता दिनु हुन आग्रह गर्दछौं ।
२, सिद्धार्थटोलको पश्चिम तर्फको घोलाबाट कञ्चन सिंचाई अन्तर्गतको नहर बनाइएको र उक्त नहरबाट त्यस क्षेत्रका किसानहरुले पम्पसेटबाट पानी तानेर सिंचाई गर्ने भएकोले त्यस क्षेत्रका किसानहरुलाई सहज हुनेगरी करिब १० थान पम्पसेटको व्यबस्था गरिदिनु हुन।
शिक्षा तथा स्वास्थ्य
१, यस पटक निर्वाचित भई आउनु भएका सबै जनप्रतिनीधीहरु शिक्षामैत्री हुनुहुन्छ। कञ्चन ४ को शिक्षा क्षेत्रलाई गुणस्तरिय र प्रभावकारी बनाउन रुद्रपुर माध्यमिक विधालय,शिवशक्ती आधारभुत बिधालय, हिमालय आधार बिधालय र बाल कल्याण आधारभुत बिधालयको भौतिक पुर्वाधार बिकासमा आवस्यक बजेट व्यबस्था गरिदिनु हुन आग्रह गर्दछौं।
२, कञ्चन ४ मा रहेका दुईवटा गाउघरे क्लिनिकलाई सर्बसुलभ सेवा सहितको नजिकको स्वास्थ्य सेवा केन्द्रको रुपमा बिकास गर्न ती क्लिनिकहरुमा आवस्यक औषधी र स्वास्थ्यकर्मीको व्यबस्थाका लागि आवस्यक बजेट व्यबस्था गर्नु हुन आग्रह गर्दछौं ।
खेलकुद
कञ्चनको समग्र खेलकुद बिकास गर्न तत्काल पालिका स्तरिय खेलकुद बिकास समिति गठन गर्न सुझाव सहित कञ्चनको एकमात्र बिशुद्ध खेलकुद एकेडेमी कञ्चन स्पोर्टस एकेडेमीद्वारा संचालित खेलकुद प्रशिक्षणलाई व्यबस्थित गर्न गराउन करिब ५ लाख रुपैया बजेट व्यबस्था गरिदिनु हुन।
बिधुत
१, एकताचोकमा रहेको ५० केभिएको ट्रान्सफर फत्त बहादुर रानाको घर माथी परेको र कुनैपनि बेला दुर्घटना निम्त्याउन सक्ने भएकोले उक्त ट्रानसफरलाई उक्त घर छलेर सोही ठाउको दायाँ वा बाँया स्थानान्तरण गरी व्यबस्थापन गर्न आवस्यक कार्यालय, बिभागमा आवस्यक पहल गरिदिनु हुन बिनमै आग्रह गर्दछौं ।
२, एकताचोक देखि बिरेन्द्रचौक, शान्तीदीप चोक, हुदै कञ्चनचोक सम्मका सबै बिधुत पोलहरु निकै जिर्ण र तारहरु झोल्लिएर ठूला सवारी साधनहरुको आवत जावतमा समस्या हुने र कुनै पनि बेला पोल भांचिएर दुर्घटना हुन सक्ने भएकोले ती पोल र तारहरुको उचित व्यबस्थापन गर्न आवस्यक कार्यालय, बिभागमा आवस्यक पहल गरिदिनु हुन बिनमै आग्रह गर्दछौं ।
ह्युम पाइप तथा कल्भर्ट
१, बसन्त घर्ति मगरको घर अगाडी १ थान, अस्नैया युवा क्लव भवन अगाडी १ थान, बिरेन्द्रचौक २ थान, लोक बहादुर श्रीसको घर अगाडी २ थान, मंगल नालान्दा बौद्ध बिहार अगाडी १ थान ऋषिराम रानाको घर अगाडी १ थान समेत गरी करिब ८ थान ह्युम पाइप।
भवन तथा पुर्वाधार
१, सिर्जनशिल आमा समूहको तालिम हल सहित ४ कोठे भवन निर्माण गर्न करिब २० लाख रुपैया बजेट व्यबस्था गरिदिनु हुन।
२, श्री निश्चल कृषि सहकारी संस्था लिमिटेडका लागि रासायनिक मल तथा बिउ विजन सुरक्षित भण्डारण गर्न आवस्यक भण्डारण कोठा सहित कार्यालय भवन निर्माण गर्न करिब ३० लाख रुपैया बजेट व्यबस्थापन गरिदिनु हुन।
३, रुद्रपुर माध्यमिक विधालयको लागि सभाहल सहित ४ कोठे शैक्षिक भवन निर्माणका लागि करिब ४० लाख रुपैया बजेट व्यबस्थापन गरिदिनु हुन।
निवेदक
जगिलाल थापा
अध्यक्ष