जगिलाल थापा
आगामी बैशाख ३० गते स्थानिय तहको निर्वाचन हुदैछ। अर्थात आफ्नो स्थानिय तहको नेतृत्व गर्ने व्यक्तिलाई छनौट गर्ने दिन करिब ३५ दिन छ। संघिय गणतन्त्रात्मक देश घोषणा भएपछि पहिलो पटक बि.सं. २०७४को स्थानिय तहको चुनाव भाये। जनताले लामो समयदेखि नजिकको जनप्रतिनीधि नपाएको २० बर्ष पछि जनताले आफै आफुले चाहेको व्यक्तिलाई मत हालेर आफ्नो नजिकको जनप्रतिनीधि छाने ।
निर्वाचित जनप्रतिनीधिहरुले आफ्नो पालिकालाई कस्तो बनाउने भन्ने कार्याबिधि र नियमावली पनि आफै बनाए। मतलव अस्तव्यस्त स्थानिय तहलाई निश्चित मार्ग चित्रमा डोर्याउने खाका तयार गरे। यो ५ बर्ष जनप्रतिनीधिहरुले काम र नियमहरु सिक्दा सिक्दै बिताए। देशको संबिधानले प्रदत्त गरेका नयाँ ऐन कानुनहरु सिक्दै र आफ्नो स्थानिय तहको मार्ग चित्र कोर्दै पनि गए। समृद्ध नेपाल, खुशी नेपालीको मर्मलाई मुर्त रुप दिन स्थानिय तहबाटै समृद्धको अभियानलाई आत्म साथ गरे।
यो ५ बर्ष सिक्दा सिक्दै भएपनि जनप्रतिनीधिहरुले आफ्नो कार्याकाल पुरा गरे। यस बिचमा काठमाण्डौमा रहेको सिंह दरवार गाउगाउमा लयाएको अनुभुती समेत तिनै जनप्रतिनीधिहरुले गराए। यति मात्र होइन काठमाण्डौको सिंह दरवारमा हुने अकुत भ्रष्टचार र अनियमित्ता समेत गाउको दरवारमा ल्याएको पनि आरोप खेप्न बाधय भए कतिपय जनप्रतिनीधिहरुले ।
यिनै अनुभुत र आरोपहरुका बिच पुन संघिय गणतन्त्रत्मक देश भएपछि दोश्रो पटक स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा राजनैतिक दलहरुको चुनावी प्रचार र उमेद्वारहरुको छनौटले हरेक क्षेत्र ध्यानाकर्षित भएको छ। जता गएपनि अव कस्ले जित्ला ? कसको कति हैसियत जस्ता छलफलहरु भएका छन। यसैक्रममा रुपन्देही जिल्लाको कञ्चन गाउपालिकामा पनि सर्व साधरण देखि उपल्ला तह, किसान, मजदुर शिक्षक, व्यबसायी सबैको ध्यानाकर्षण कञ्चन गाउपालिकाको नेतृत्व कसले गर्ला भनेर एकले अर्कालाई प्रशन गरिरहेका छन। चुनाव पनि एक किसिमको पाठशाला हो । पाठशालामा एक एक गरी सबैको सबै कुरा थाहा पाउन र बुझ्न पाइन्छ। फेरी चुनावले सबैलाई बहस गराउछ।
कञ्चनका हरेक क्षेत्र, स्थल र प्रतिक्षालयहरु कञ्चन गाउपालिकाको अध्यक्ष को बन्ला भन्ने बिषयमा छलफल भइरहेका छन। कञ्चनमा सांगठनिक रुपले ठूला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले, नकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी मध्येबाटै कञ्चनको नृतृत्वको बहस चलेका छन। आसन्न स्थानिय तहको चुनावमा बिशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवदी केन्द्र बिच प्रतिस्पर्धा हुने देखिएको छ। ती तिनै दलहरुले कञ्चनको नेतृतव आफुले गर्ने दावी समेत गर्दै आएका छन।
आगामी २०७९ बैसाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि कञ्चन गाउपालिकामा २८ हजार ९ सय ७८ मतदाता रहेका छन। कञ्चन गाउपालिकाको नेतृतव गर्ने सम्भावित उमेद्वारहरुबारे संक्षिप्त प्रोफाइल बनाइ प्रस्तुत गरिएको छ।
नेकपा एमाले गोकर्ण बहादुर क्षेत्री
गोकर्ण बहादुर क्षेत्री बि.सं. २०७४ मा भएको पहिलो स्थानिय तहको निर्वाचित अध्यक्ष हुन। अध्यक्ष क्षेत्रीले स्थानिय तहको पहिलो निर्वाचनमा ६ हजार ७ सय ७७ मत लिएर विजयी भएका थिए । अध्यक्ष क्षेत्रीले आफ्ना निकत्तम प्रतिद्वण्दी नेपाली कांग्रेसका उमेद्वार डोल बहादुर थापालाई ८ सय १० मत अन्तरले पराजित गरेका थिए। गाउपालिकाको अध्यक्षमा निर्वाचित भएपछि समृद्ध कञ्चन खुशी कञ्चनवासीको नारालाई आत्मसात गरी कञ्चनलाई कृषि, पर्यटन, लघुउधमलाई जोड दिएका थिए । कञ्चनको अधिकांश जमिन सुख्खा रहेका कारण उनि निर्वाचित भएपछि करिब ८० प्रतिशत बाझो जमिनलाई सिंचाईयुक्त बनाएर कृषि मैत्री पालिकाको रुपमा अगाडी बढाएका कारण उनि कञ्चनवासीमाझ लोकप्रिय बनेका थिए । गाउपालिकाको अध्यक्षमा निर्वाचित भएको तेश्रो बर्ष सम्म आफु गाउपालिकाको अध्यक्षमा नउठ्ने भन्दै भावी उमेद्वारको रुपमा उनकै पार्टी नेकपा एमालेका तत्कालिन पार्टी अध्यक्ष भरतमणी सापकोटालाई कञ्चनमा हुने हरेक कार्यक्रममा सहभागी गराउदै आएका थिए । तर चौथो बर्ष देखि भने खुल्ला रुपमै आगामी चुनावमा आफु नै उमेद्वार हुने दावी गर्दै आएपछि भने भरतमणी सापकोटालाई संगै लिएर हिड्न थालेका अध्यक्ष क्षेत्रीले २०७९ बैशाख ३० गते हुने स्थानिय तहको चुनावमा नेकपा एमालेको तर्फबाट प्रत्यासी उमेद्वारको रुपमा दर्ज गरेका छन।
२०७४ को मत परिणाम र त्यसपछि नेकपा एमाले प्रति जनताको लगावले पुन कञ्चनमा नेकपा एमालेले नै आफ्नो बिरासतलाई निरन्तरता दिने अनुमान गरिएको छ। तर नेकपा एमालेको तर्फबाट गाउपालिका अध्यक्षको उमेद्वार को बन्ने भन्ने निश्चित नभएका कारण यस पटकको नेतृत्व नेकपा एमालेले नै हत्याउला भन्न सकिदैन। यदि नेकपा एमालेबाट सर्बसम्मत उमेद्वारको रुपमा गोकर्ण बहादुर क्षेत्रीले नै उमेद्वार भएमा यस पटक गोकर्ण बहादुर क्षेत्रीलाई निकै नेतृत्व हत्याउन निकै सकस पर्ने अनुमान गर्न सकिन्छ। किनकी यस पटकको चुनावमा आम मतदाताले पार्टीलाई भन्दा पनि व्यक्ति हेरेर मत दिने कुरालाई प्राथमिकतामा राखेका छन। यदि नेपाली कांग्रेस वा नेकपा माओवादी केन्द्रबाट भरपर्दो र मतदाताको मनखाने उमेद्वार चुनावी मैदानमा आएमा गोकर्ण बहादुर क्षेत्रीले चुनाव जित्ने सम्भावना कम देखिएको छ। यति हुदा हुदै पनि उनि अध्यक्ष भइसकेपछि भौतिक पुर्वाधार, प्रशासनिक भवन र एकिकृत नमुना बस्ती निर्माण र कञ्चनका करिब ४० किलो मिटर धुलाम्मे र हिलाम्मे सडकहरुलाई कालो पत्रे बनाउन सफल भएका कारणले भने कञ्चनमा उनको नेतृत्व पुन दोहोरिने सम्भावना पनि उत्तिकै जिवित छ।
नेपाली कांग्रेस डोल बहादुर थापा (उपविजेता)
नेपाली कांग्रेसका जिल्ला सदस्य समेत रहेका डोल बहादुर थापा बि.सं. २०७४ को स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका उमेद्वार गोकर्ण बहादुर क्षेत्रीसंग ८ सय १० मत अन्तरले पराजित भएका हुन। २०७४ को चुनावमा नेपाली कांग्रेसका उमेद्वार डोल बहादुर थापाले पराजित परिणाम भोग्नुको कारण स्वयम डोल बहादुर थापानै कारक हुन भनिएको छ। उनले चुनावमा प्रचार अभियानलाई फितलो र आक्रमक रुपमा प्रस्तुत गर्न नसकेको उनलाई केही शुभचिन्तकहरुले आरोप लगाउदै आएका छन। पार्टी कार्यकर्ता र शुभचिन्तकहरुले आफ्नो टोल र गाउमा चुनावी प्रचारका लागि बोलाउदा समेत उनि पुग्न नसकेको, औंलामा मात्र मतदाता गनेर बस्ने गरेका कारण डोल बहादुर थापाले पराजित ब्यहोर्नु परेको हल्ला गरिएको छ।
यदि नेपाली कांग्रेसको तर्फबाट डोल बहादुर थापाले अध्यक्षको उमेद्वार हुने मौका पाएमा विगतका ती गल्ती नडोहोर्याएमा यस पटकको स्थानिय तहको निर्वाचनमा कञ्चन गाउपालिकाको नेतृत्व गर्न पाउने सुवर्ण अवसर देखिएको छ। नेकपा एमालेको बिभाजन र गोकर्ण बहादुर क्षेत्रीले आफ्ना पाटीवाट जितेका वडा अध्यक्ष तथा जनप्रतिनीधिहरुको समेत भावना विपरित काम गरेका कारण पनि डोल बहादुर थापाले कञ्चनको नेतृत्व गर्न पाउने छन। तर गाउपालिका संचालन गर्ने बिषय कुनै क्लव र सहकारी चलाए जस्तो सामान्य नभएको तर राजनैतिक, सामाजिक र आर्थिक रुपमा सचेत भएपनि ठेकेदारी प्रणालीले गाउपालिका संचालन नहुने कुरा आम मतदाता सचेत भएकै कारण डोल बहादुर थापालाई कञ्चनको नेतृत्व गर्न जनताले सहजै दिने सम्भावना भने छैन। प्रतिपक्ष दलको नेता र प्रत्यासी उमेद्वार भएर पनि गाउपालिकाले संचालन गरेका हरेक गतिबिधीहरुको वाच डग गर्न नसकेको भन्ने डोल बहादुर थापालाई आरोप लाग्दै आएको छ ।यस कारण यस पटक पनि कञ्चनकोमत परिणाम डोल बहादुर थापाको पक्षमा आउला भन्न सकिदैन।
नेकपा माओवादी केन्द्र
नेकपा मओवादी केन्द्र र नेकपा एमाले एकिकरण पछि बनेको नेकपाका कारण नेकपा माओवादी केन्द्रको सांगठनिक संरचनामा ठूलो धक्का लागेको छ। यधपी नेकपाको बिघटन पश्चात पुनगठित नेकपा माओवादी केन्द्रले शुरु देखि सांगठनिक पुनः संरचनामा लागिरहेका कारण बैशाख ३० गते हुने स्थानिय तहको चुनावका लागि केन्द्रले कञ्चन गाउपालिकामा कसलाई अध्यक्षको उमेद्वार बनाउने भन्ने निर्णय गर्न सकेको छैन । तर पनि नेकपा माआृवादी केन्द्रका स्थानिय नेताहरु हिरा बहादुर के.सी.(अमर), हस्त बहादुर सवाँर(पर्वत) र नेकपा माओवादी केन्द्र कञ्चनका अध्यक्ष पुष्पराज शर्मां कञ्चन गाउपालिकाको अध्यक्षको सम्भावित उमेद्वारहरु हुन। यस अघि २०७४ को स्थानिय तहको चुनावमा सो पार्टीका तर्फबाट पाटीर्कका अध्यक्ष विनोद कुमार पुन प्रत्यासी उमेद्वार थिए । परिवर्तनका सम्वाहकका रुपमा रहेको नेकपा माओवादी केन्द्रलाई सजिव बनाउन स्थानिय तहको चुनावमा एकल रुपमै भएपनि सहभागिता जनाएर सकेसम्म गाउपालिकाको नेतृत्व हत्याउन स्थानिय नेतृत्वको काँधमा जिम्मेवारी आएको छ।
नेकपा एमाले,दिनानाथ आचार्य
दिनानाथ आचार्यले यदि स्थानिय तहको चुनावमा नेकपा एमालेको तर्फबाट कञ्चन गाउपालिको उमेद्वार भएमा उनलाई नेकपा एमालेको मात्र नभई अन्य दलमा आस्था राख्ने मतदाताहरुबाट सहानुभुतीको मत पाउने सम्भावना रहेको छ। सरल र जनसम्पर्क राम्रो भएका आचार्य नेकपा एमालेका पुारना र त्यागी कार्यकर्ताका रुपमा चिनिन्छन। बरु आफै खट्ने तर अरुलाई चित्त दुखाएर अगाडी नबढ्ने स्वभाव भएका आचार्यले २०७४ कै स्थानिय तहको चुनावमा अध्यक्षको उमेद्वारी पाउनु पर्ने भएपनि चुनावमा बिचार र घोषणा पत्रको प्रचारबाट चुनावी प्रतिस्पर्धा गर्नु पर्नेमा आर्थिक कारोबारका आधारमा चुनाव हुने भएका कारण आचार्य पछि हटेर गोकर्ण बहादुर क्षेत्री उमेद्वार बनेका थिए। यदि चुनावमा आर्थिक कारोवार नहुने र बिचार र पार्टीको घोषणा पत्र अनुसार चुनाबी प्रतिस्पर्धा भएमा दिननाथ आचार्यले चुनाव जित्न सक्ने सम्भावना रहेको छ।
नेपाली कांग्रेस, दुर्गा सिंह क्षेत्री
युवाहरुका माझ बढी लोक प्रिय नेताका रुपमा परिचित दुर्गा सिंह क्षेत्री नेपाली कांग्रेसका तर्फबाट प्रत्यासी उमेद्वारको दावी रहेको छ। कञ्चनको ५ वटा वडा मध्येवडा नं. ४ मा त्र नेपाली कांग्रेसका उमेद्वार दुर्गा सिंह क्षेत्रीले चुनाव जितेका थिए। साना देखि ठूला सम्मा मित्रभाव व्यबहार गर्ने युवा नेता दुर्गासिंह क्षेत्रीले नेपाली कांग्रेसबाट सर्बसम्मत पालिका अध्यक्षको उमेद्वार भएमा आफ्नो दलको बाहेक पनि अन्य दलमा आस्था राख्ने मतदाताहरुबा समेत सहानुभुतीको मत पाई चुनाव जित्ने प्रबल सम्भावना रहेको छ। वडा नं. ४ को समानुपातिक बिकासमा गाउपालिकाबाटै भएको पक्षपात बजेटका कारण अवरोध देखिए पनि आफुले सकेसम्म वडाको बिकासमा कुनै कमी हुन नदिएका वडा अध्यक्ष क्षेत्रीले आफु गाउपालिकाको अध्यक्षमा निर्वाचित भएमा सबैभन्दा पहिले दिगो बिकासमा आधारित योजना छनौट गरी शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, प्रयटन, भौतिक पुर्वाधार बिकासलाई प्राथमिकरण गरी अगाडी बढ्ने प्रतिबद्धता ब्यक्तगरेका छन।
नेपाली कांग्रेसको तर्फबाट आम मतदाताहरुका लागि आसा र केही गर्ने दृष्टिकोण भएको उमेद्वारको रुपमा दुर्गा सिंह क्षेत्रीलाई हेरेका छन। यदि नेपाली कांग्रेसको तर्फबाट सर्बसम्मत उमेद्वारको रुपमा चुनावी मैदानमा दुर्गा सिंह क्षेत्रीलाई उतारेको अवस्थामा यस पटक कञ्चनको नेतृत्व नेपाली कांग्रेसको हातमा जाने सम्भावना बलियो देखिएको छ। उनले आफु वडा अध्यक्ष भएर पनि कुनै पार्टी, जात, धर्म र क्षेत्र नभनी सहज रुपमा सबै वडावासीलाई सेवा प्रवाह गर्दै आएका कारण पनि उनको लोकप्रियता बढेको हो ।
नेकपा एमाले, भरतमणी सापकोटा
बि.सं. २०५४ को स्थानिय तहको चुनावमा तत्कालिन रुद्रपुर गा.बि.स. वडा नं. ८ को निर्वाचित वडा अध्यक्ष समेत रहेका सापकोटा नेकपा एमाले कञ्चन गाउ कमिटीका इन्चार्ज हुन । नेकपा एमाले कञ्चन गाउ कमिटीको नेतृत्व समेत सम्हालेका सापकोटाले पनि बैशाख ३० गते हुने स्थानिय तहको चुनावमा नेकपा एमालेको तर्फबाट कञ्चन गाउपालिकाको प्रत्यासी उमेद्वारका दावी गर्दै आएका छन। बि.सं. २०७४ को स्थानिय तहको चुनावमा नेकपा एमालेको तर्फबाट पालिका अध्यक्षको उमेद्वारको हल्ला चले पनि अन्तिममा गोकर्ण बहादुर क्षेत्रीले पार्टीको तर्फबाट टिकट पाएका थिए । कञ्चनमा नेकपा एमालेको संगठन राम्रो भएका कारण पनि नेकपा एमालेको तर्फबाट जसलाई उमेद्वार बनाएपनि चुनाव सहजै जित्न सक्ने सम्भावना रहे पनि बिरोधी दलबाट उठ्ने उमेद्वारमा समेत नेकपा एमालेको भविष्य स्पष्ट हुने देखिन्छ। यदि नेकपा एमालेको तर्फबाट सर्बसम्मत पालिका अध्यक्षको उमेद्वार सापकोटाले पाएको अवस्थामा र गठबन्धन गरी अन्य दलहरुले साझा उमेद्वार नउठाएमा उनको जित सुनिश्चित देखिन्छ।
नेपाली कांग्रेस, नवराज ढकाल
नेपाल विधार्थी संघबाट राजनिति शुरुवात गरेका ढकाल नेपाली कांग्रेसका जिल्ला सदस्य हुन। लामो समय काठमाण्डौमा बसेर प्रकाशन गृह संचालन गर्दै आएका ढकाल स्थानिय तहको चुनावको मुखमा गाउ आएका हुन। गाउपालिकाको अध्यक्षको उमेद्वार बन्नकै लागि गाउ फर्केका ढकालको मतदातासंगको सिधा सम्पर्क भने छैन। नेपाली कांग्रेसबाट उमेद्वारको दावी गर्दै आएका ढकाल शैक्षिक रुपमा अव्वल नेता पनि हुन। गाउपालिकाको नेतृत्व गर्न औंठा छाप उमेद्वार भन्दा शैक्षिक रुपमा अव्वल र ग्रेजुएट व्यक्ति नै आम मतदाताका लागि उपयुक्त उमेद्वार बन्न सक्छन ढकाल। तर आगन्तुक उमेद्वार भनेर मतदाताहरुले खुलेर उनको पक्षमा प्रचार गर्ने सम्भवना भने निकै कम देखिएको छ।
नेकपा एमाले, धनकुवेर बुढाथोकी
स्वर्गिय सांसद रामनाथ ढकालका स्वकिय सचिव समेत हुन धन कुवेर बुढाथोकी । बुढाथोकीले यस पटकको स्थानिय तहको चुनावमा नेकपा एमालेको तर्फबाट कञ्चन गाउपालिकाको अध्यक्ष पदको उमेद्वारी दावी गर्दै आएका छन। नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य तथा नेकपा एमाले कञ्चनका इन्चार्ज बुढाथोकी कञ्चन गाउपालिकाको अध्यक्ष भई सफल नेतृत्व गर्न सक्ने सम्भावना भएको व्यक्ति मध्ये पर्छन। जनजातीहरुको संख्या बढी भएको कञ्चन गाउपालिकामा नेकपा एमालेको तर्फबाट सर्बसम्मत उमेद्वार भएको अवस्थामा उनले पार्टीबाट मात्र नभई अन्य दलमा आस्था राख्ने जनजातीहरुको मत समेत पाउने भएकोले उनको जित पनि उत्तिकै सम्भावना देखिएको छ। पार्टीं भित्र इमान्दार र त्यागी तथा राजनैतिक, सांगठनिक र सैद्धान्तिक रुपमा समेत अव्वल बुढाथोकीलाई समावेसीताको आधारमा र कञ्चन गाउपालिकामा जनजातीहरुको बाहुल्यता भएको आधारमा उनलाई नेकपा एमालेको तर्फबाट पालिकाको सर्बसम्मत अध्यक्षको उमेद्वार बनाउन सके आजसम्म पार्टीका लागि गर्दै आएको त्याग र बलिदानी भावनाको कदर हुने समेत देखिन्छ।
गोमा तरामु, उपाध्यक्ष,कञ्चन गाउपालिका
बि.सं. २०७४ को पहिलो स्थानिय तहको चुनावमा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदमा निर्वाचित भएका हुन गोमा तरामु। ६ हजार ९ सय २४ मत लिएर उपाध्यक्ष पदमा विजयी भएका तरामुले गएको ५ बर्षमा आफुलाई गाउपालिकाको नेतृत्व गर्ने क्षमता बिकास गरेका छन। गाउपालिकाको योजना निर्माण, बजेट निर्माण र स्थानिय तहमा न्यायिक क्षेत्रमा गरेको नेतृत्वदायी भुमिका नै आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उपयुक्त अभ्यास र सक्षमतको कडी हो गोमा तरामुका लागि। म्हिलाहरुको जनसंख्या र मतदाता समेत बढी भएको कञ्चन गाउपालिकामा समावेसी र नेतृत्वको बिकासको आधारमा यदि गोमा तरामुले नेकपा एमालेबाट सर्बसम्मत अध्यक्षको उमेद्वारी पाएमा आफ्नो पार्टीको बाहेक पनि थप सहाुनभुतीको मत समेत पाउने छन। समाबेसीको मुद्घा उठाउने राजनैतिक दलहरुले पुरुष बाहेक महिलालाई नेताको रुपमा स्विकार्ने संस्कारको बिकास भएमा यस पटकको चुनावमा कञ्चन गाउपालिकाको अध्यक्ष पदका दाबेदार उमेद्वारको रुपमा गोमा तरामु बन्न सक्छन। तर उनले अध्यक्ष पदका लागि उमेद्वारीमा दावी गरेका छैनन। नेकपा एमालेबाट अधयक्ष पदका लागि आकांक्षी पुरुष उमेद्वारहरुको बिचमा समाधान र बैकल्पिक कञ्चनका महिलाहरुका लागि साझा उमेद्वार गोमा तरामु भएमा ५ बर्षमा उनले गरेको नेतृत्वदायी भुमिकाको सही मुल्यांकन हुनेमा बिश्वास गर्न सकिन्छ।
सोमनाथ पौडेल, जनता समाजवादी पार्टी
नेकपा माओवादी पार्टीबाट राजनैतिक बृत्तमा देखा परेका पौडेल अहिले जनता समाजवादी पार्टीका जिल्ला सचिव हुन। नेकपा माओवादी केन्द्रबाट बिद्रोह गरी पुर्ब प्रधानमन्त्री समेत रहेका डा.बावुराम भट्टराइले नया शक्ती नामको नया राजनैतिक दल स्थापना गरेपछि पौडेल पनि त्यतै लागेका थिए । भट्टराइले अहिले नया शक्ती नेपाल नामक दललाई उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरमसंग मर्ज गरेका थिए।
अहिले जनता समाजवादी पार्टीको जिल्ला सचिव रहेका सोमनाथ पौडेलले आगामी बैसाख ३० गते हुने स्थानिय तहको चुनावमा कञ्चन गाउपालिकाको अध्यक्ष पदको उमेद्वारी घोषण गरेका छन। आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो उमेद्वारीका लागि तयारी गर्ने घोषणा पत्रमा उल्लेख गर्नु पर्ने बिषयहरुबारे सुझाव समेत पौडेलले मागेका छन। जनता समाजवादी पार्टी नेपालको कञ्चनमा सांंगठनिक संरचना राम्रो नभएपनि सोमनाथ पौडेललाई बैकल्पिक शक्ती सहितको उमेद्वारको रुपमा आम कञ्चनवासीले हेरेका छन।
अन्य राजनैतिक दलहरुको पनि उमेद्वारी हुने
यस्तै आगामी बैसाख ३० गते हुने स्थानिय तहको चुनावमा ठूला राजनैतिक दल बाहेक पनि अन्य साना राजनैतिक दलहरुबाट पनि आफ्नो मत सुरक्षित राख्न सांगठनिक संरचना अनुसार उमेद्वारी दिने तयारीमा रहेका छन।
स्थानिय तहको निर्वाचनमा साना दलहरुबाट आफ्नो दललाई बैकल्पिक शक्तीको रुपमा कञ्चनमा उमेद्वारी दिने तयारीमा नेकपा (एकिकृत समाजवादी) पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी,राष्ट्रिय जनमोर्चा, राजेन्द्र लिङ्गदेल नेतृत्वको राप्रपा नेपाल, नेपाल मजदुर किसान पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा लगायत रहेका छन।
यस बाहेक पनि ठूला राजनैतिक दलबाट अध्यक्षको उमेद्वारीको टिकट नपाए आकांक्षी उमेद्वारहरुले स्वतन्त्रबाट भएपनि उमेद्घारी दिने सम्भावना देखिएको छ। यसरी कञ्चनको मतदाता संख्या र आकांक्षी उमेद्घारहरुको संख्यालाई गणना गर्दा कञ्चनमा अध्यक्ष पदका लागि विजयी हुन कम्तीमा १० हजार मत संख्या लिनु पर्ने देखिन्छ।