११ असार,बुटवल
प्रदेश ५ मा बिहीबार १ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ५६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा नवलपरासीका ३ जना,प्यूठानका ७,पाल्पाका २८ र रुपन्देहीका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश ५ सामाजिक विकास मन्त्रालयका बरिस्ठ जनस्वास्थ्य प्रशाशक डा.उमाशंकर प्रसाद चौधरिले जानकारी दिएका छन । यस्तै भरतपुरको प्रयोगशालामा पाल्पाका ९३ जनामा र भेरी अस्पतालको प्रयोगशालामा स्वाव परिक्षण गरिएकोमा रुकुम पुर्बका १ र बर्दियाका ६ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बाँकेका ३,दाङका १,गुल्मीका १ र पाल्पाका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै सुर्खेत प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश ५ मा १ हजार ५ सय दुई जना कोरोना संक्रमित उपचाररत रहेका छन् भने १ हजार २ सय ९२ जना उपचारपछि निको भएर घर फर्किएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमणका कारण प्रदेश ५ मा १० जनाको मृत्यु भएको छ ।
कुन जिल्लामा कति कोरोना संक्रमित
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापा र सुनसरीका एकएक जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी सप्तरीका ८ र सुनसरीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरमा धनुषाका ९, महोत्तरीका ५ र सिरहाका २ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १३, बैतडीका १,बझाङका १६,बाजुराका ४,डडेल्धुराका १२,कैलालीका २, कञ्चनपुरका ५९, रौतहटका ३८,सर्लाहीका ५ जनामा समेत कोरोना संक्रमण पाइएको छ ।
यस्तै भरतपुरको प्रयोगशालामा पाल्पाका ९३ जनामा कोरोना संक्रमण पाइएको छ भने हेटौडा प्रयोगशालामा बाराका १ जनामा समेत कोरोना पुष्टि भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डोल्पका १, काठमाडौंका ५, ललितपुरका १, सुनसरीका १ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भक्तपुरका ४ जनामा कोरोना संक्रमण पाइएको छ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवलपरासीका ५ र तनहुँका ९ जनामा समेत कोरोना पुष्टि भएको हो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका २, म्याग्दीका ६ र स्याङ्जाका १ जनामा कोरोना भाइरस पुष्टि भएको छ। सुर्खेतको प्रयोगशालामा बैतडीका १, बझाङका २, बाजुराक १, दैलेखका १८, दार्चुलाका १, धादिङका १, इलामका १, जुम्लाका १, कैलालीका १, कालीकोटका १, कास्कीका १, लमजुङका १, सल्यानका १ र सुर्खेतका १३ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बैतडीका १, बाजुराका ४,दैलेखका १, धादिङका १, गोरखाका २, इलामका १, जुम्लाका १, कञ्चनपुरका १, खोटाङका १, लमजुङका १, ओखलढुंगाका २,रामेछापका २ र ताप्लेजुङका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ जना पुगेको छ । हालसम्म २ हजार ६ सय ५० जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ । रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण भएको हो ।