९असार ,फर्साटिकर तुलसी राम पौडेल
शिक्षा, स्वास्थ ,कृषि ,पर्यटन र पुर्वाधार ,सुशासन ,समृद्धि शुद्दोधन गाउपालिकाको मुल आधार भन्ने नाराका साथ रुपन्देहीको शुद्दोधन गाउपालिकाको सातौ गाउँ सभामा आर्थिक वर्ष २०७७/०७८ को बार्षिक निति तथा कार्यक्रम पारित भएको छ।
शुद्दोधन गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम गाउँ सभामा प्रस्तुत गर्नुभएको थियोे ।
प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रमलाई अध्यक्षले सर्वसम्मत पारित होस भनी निर्णार्थ पेश गर्नुभएको थियोे जसलाइ गाउँ सभाका सदस्यहरुले ताली बजाएर पारित गरेका थिए ।
आर्थिक बर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रममा शिक्षा ,स्वास्थ ,कृषि ,पर्यटन र पुर्वाधारलाई प्राथमिकता दिइएको थियोे ।" कृषिलाई आर्थिक विकास प्रमुख आधार मान्दै ब्यावसायिक कृषि पेशा अवलम्बन गरौ आत्म निर्भर बनौं " भन्ने उद्देश्यका साथ कृषिलाई व्यावसायिकरण तथा बजाकिकरण गर्न अभिप्रेरित गरिने ,अर्गानिक खेती गर्नेलाई जैविक मललाइ बढावा दिदै खेती योग्य जमिन बाझो राख्न नपाउने गाउपालिकाको नीति रहेको छ।एक घर दुई फलफूल कार्यक्रम संचालन गरिने,प्रधानमन्त्री रोजगारी कार्यक्रमलाई निरंतरता दिइने , कोरोना भाइरस कोभिड -१९ को प्रकोपलाई मध्यनजर गर्दै शुद्दोधन गाउपालिका अन्तरगतका माध्यमिक विद्यालयहरुमा अनलाइन कक्षाको माध्यमबाट कक्षा संचालनमा जोड दिई विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढ्याउने नीति रहेको छ।महिला ,बालबालिका ,जेष्ठ नागरिक ,फरक क्षमता भएका व्यक्ति ,पछाडि परेका व्यक्तिहरूलाई विकासको मुल प्रवाहमा ल्याउन विशेष नीति अवलम्बन गरिने ,कोरोना भाइरसको प्रकोपलाइ मध्यनजर गर्दै शुद्दोधन गाउपालिकामा प्रकोप नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम संचालन गरिने ,PCR परिक्षणको दायरा बढाउदै जाने र क्वारेन्टाइन व्यवस्थित गरिने,८० बर्ष भन्दा माथिका जेष्ठ नागरिक र हिडडुल गर्न असमर्थ अपांगहरुलाइ घरमै गैइ स्वास्थ सेवा प्रदान गरिने नीति रहेकोे छ।फराकिलो सडक ,विकासको पुर्वाधार भन्ने नारा सहित संचालनमा रहेका सडकहरु फराकिलो पार्ने कार्यलाई जोड दिइने,,सम्पूर्ण गाउपालिला बासिन्दाहरुको लागि सुरक्षीत र प्रयाप्त खानेपानीको पहुच सुनिश्चित गरिने लगायतका नीति गाउपालिकाले लिएको अध्यक्ष चौधरीले बताउनु भयो।
शुद्दोधन गाउपालिका अध्यक्ष किसुन चन्द चौधरिको अध्यक्षता , वडा सचीव अग्नि प्रसाद पौडेलको संचालनमा सम्पन्न सातौं गाउँ सभामा गाउपालिका उपाध्यक्ष शान्ता ज्ञवाली ,प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणि मरासिनी ,गाउपालिका प्रबक्ता एव वाड नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कंडेल ,वाड नम्बर५ का वडा अध्यक्ष पुन्नेराम गौतम ,वडा सदस्यहरु उपाकान्त चापगाइ ,कमल खड्का क्षेत्री ,हेमन थापा ,चन्द्रभान चौधरीले बोल्नु भएको थियोे ।