१८ चैत्र, रुपन्देही ।
-बाबुराम आचार्य
नेकपा मसाल नेपाली बामपंथी क्रान्तिकारी आन्दोलनमा एउटा स्थापित राजनैतिक शक्ति हो। जब नेपाली कम्युनिस्ट आन्दोलन कै मियो राजाबादि कित्तामा समाहित हुन पुगेपछि करिब मृत्यु सैयामा पुगेको कम्युनिस्ट आन्दोलनलाइ पुनर्जीवन दिने कुरा आफैमा चुनौतीपूर्ण थियोे । त्यही चुनौतीपूर्ण अवस्था बाट अगाडी बडेको पार्टी हो ( मसाल) र त्यसको नेतृत्व हुन मोहन बिक्रम सिह। २०२८ न्युक्लश गठनपछि प्रायःजसो लगातार नेतृत्वमा रहदै आएका नेता हुन उनि।। नेपाली कम्युनिस्ट राजनीतिमा एक असल ब्याख्याता र बिश्लेशणात्मक चेतनामा उनि अब्बल पनि मानिन्छन् । उनै एउटा स्थापित पार्टीको नेतृत्वले अहिले करिब करिब बिसर्जनको यात्रा तय गरेका छन् । सामन्ती पृष्ठभुमिमा जन्मेका र हुर्केका ऊनी नेपाली काङ्ग्रेसको समाजबाद बाट प्रभावित भएर सोही पार्टी बाटनै उनले सक्रिय राजनीतिक जिबनको शुरूवात गरेका थिए । त्यसो त केहि बर्ष पहिला उन्ले एउटा रास्ट्रीय पत्रीकालाइ अन्तरबार्ता दिदै भनेका थिए " मलाई सबैभन्दा बढी मनपर्ने नेता बिशेस्वर प्रसाद कोइराला हुन"। नेपालको समग्र कम्युनिस्ट आन्दोलनको जन्मकाल देखिनै अध्यन गरेका र ७२ बर्से यो आन्दोलनको ५८ बर्ष लगातार नेतृत्वमा रहेका मोहन बिक्रमले किन आफ्ना दार्शनिकहरु लाइ महान नेता मान्न र सबैभन्दा बढी मन पराउन सकेनन् ? यो प्रश्नको जवाफ भाबि समयले पहिल्याउने छ।
उपरि प्रकारले आफुलाइ स्थापित बनाएका नेता मोहन बिक्रम सिह निकै चतुर ( dexterous ) मानिन्छन् पनि ।
उनि लामो समय देखी कम्युनिस्ट आन्दोलनमा सामेल भयता पनि आफु कम्युनिस्ट हुन नसकेको र सामन्तको छोरा भएको कुरा आन्तरिक सर्कुलर जारी गरेर बताइसकेका छन् । आन्तरिक रुपमा आफु सामन्त रहेको बताएर पनि बाहिर उनले आडम्बरी क्रान्तिकारीता भने प्रदर्शन गर्न छाडेका छैनन् । त्यो उनको बठ्ठाइहो।उनका हरेक लेख,रचना, अन्तरबार्ता वा तर्कहरु कहिले पनि पार्टी हितहरु , बैधानिक प्राबधानहरु लाइ केन्द्रभागमा राखेर प्रकाशन गर्ने गरिएका हुदैनन् । पार्टी , क्रान्ति र परिवर्तनको जलपमा आफ्ना निहित स्वार्थहरु लुट्पुटाएर पेश गर्ने गरेका तमाम उदाहरण हरु छन् । अनुशासनको उल्लंघनमा पनि ऊनी कतिसम्म तल झर्न सक्छन ?भन्ने बारेमा प्रतिनिधि मुलक एउटा उदाहरण लाइ लिन सकिन्छ । " मोहन बिक्रमका अन्तरबार्ताहरु" पुस्तकमा उन्ले भुमिगत पार्टीका नेता हरुको नाम सार्बजनिक गरिदिएका छन् । त्यस बाहेक उनले कसरी र कहाँ पार्टी अनुशासनको उल्लंघन गर्ने गरेका छन भन्ने बारे कमरेड बिमल शर्मा द्वारा हाक साप्ताहि मा बिस्तृत रुपमा उल्लेख गरि १२ औ भाग सम्म प्रकाशित भैसकेको छ। आवेग, डाहा,ईष्र्या र सनकमा आएर आफ्नै समकक्षीहरु माथी कसरी प्रहार गर्नु हुन्थ्यो त्यो जान्न निर्मल लामाको आत्माकथा पढ्नु पर्छ । झुठो तर्क गर्नमा समेत उहाँ अब्बल हुनुहुन्छ भन्ने कुरा त २०७२ असौज ३० गते केन्द्रीय कमिटीको बैठकमा उहाले " जनबादि क्रान्ति पुर्ब नै चिनिया कम्युनिस्ट पार्टी कोमिन्ताङ्ग सरकारमा सामेल भएको थियो" भनेर पेश गरेको तर्कले नै पुस्ठि गर्दछ।चारितृक मामिलामा पटकपटक कारबाही मा परेको कुरा जगजाहेर छ। एउटा नेतृत्व मोहनबिक्रम सिह पार्टी भित्र जबर्जस्त प्रवृत्तिका रुपमा बिकास र स्थापित भएको छ जुन कुरा क्रान्तिकारी आन्दोलनको लागी घातक साबित हुदै गइरहेको छ। यसरी हामीले दशकौंदेखि उनलाई भोगेर आएकोे हुनाले अनुभुती गरेका थिएउ र छौं कि ऊनी कति तानाशाही , कति अधिनायकवादि र कति सोच्छ्चारि भन्ने कुरा।
त्यसो त बेलाबेलामा अन्य पार्टी नेतृत्वमा पनि उनका बारेमा र उनको प्रवृत्तिको बारेमा चर्चा चल्ने गर्दछ। नेकपा माओवादी को पालुङ्गटारमा आयोजित बैंठकमा प्रचण्डले चर्चा गर्दै भनेका थिए "मोहन बिक्रम एउटा सामन्त र सामन्ती प्रबृत्ति बोकेका नेता हुन " भन्दै उनले थपेका थिए ' अहिले हाम्रो पार्टीमा मोहनबिक्रम प्रवृत्ति ब्याप्त हुदै गएको छ,।तमाम घटनाहरू सार्बजनिक भय का र नभएका ति विषयहरुमा कम्युनिस्ट सैधान्तिक धरातलबाट हेर्ने बुझने छलफल गर्ने हो भने उहाँ कति प्रतिशत कम्युनिस्ट मा पर्नु हुन्छ ? यसै भन्न सकिन्न ।
उतिबेला देखी नै उहाँ चिनिया नेतृत्व र सोभियत नेतृत्वको उदाहरण दिएर आफ्नो नेतृत्व स्थापित गराउने ध्याउन्न्मा हुनुहुन्थ्यो । कार्यकर्ताले पार्टी का आन्तरिक छलफल , भेला वा प्रशिक्षणमा प्रश्न गर्दथे 'अब हाम्रो पार्टी के हुन्छ ? तपाइँहरू को अनुपस्थितिमा के पार्टी जिवित रहन्छ ? यस्तो गम्भीर प्रश्न को बनिबनाउ उत्तर सहजै दिनुहुन्थ्यो "चिनिया र सोभियत नेतृत्व समाप्ति सङ्गै त्यहाँको पार्टी वा क्रान्तिकारी आन्दोलन नै कोल्याप्स भएर गए " , आरू पनि थुप्रै देशमा त्यस्तो अवस्था देखिएको छ , हामि कहाँ पनि त्यस्तो हुन सक्छ "। यसरी आफ्नो शेख पछि पार्टी समाप्त हुने कुरा स्वीकार गर्दै हिड्ने र बैकल्पिक नेतृत्वका रुपमा बिकास गर्दै अगाडी बढेको पुस्ता लाइ उनले राजनितीक सफाया गर्नु ले पुस्ठि गर्छकि मोहन बिक्रम प्रबृत्ति एउटा सामन्ती र बिसर्जनबादि प्रवृत्ति नै हो। यस्तो नेतृत्वलाइ हामी ले लगातार बिश्वास गरेर अगाडी बढीरहेउ। विचारका अगाडि कयौं ठुलाठुला कमजोरी हरु गौण मान्दै आएउ।, जब बिचारमा संशोधनबादको गन्ध आयो , संसदीय स्वार्थका आहालमा मन, बचन ,कर्म ले , सरकारी लाभकालागी डुबुल्की मार्न थालेको भेटिए बल्ल हामीले द्वन्द्वात्मक दृस्टीले हेर्न थालेँउ । आठौं महाधिवेशन द्वारा जब दक्षिणपन्थी कार्यदिशा संस्थागत गरियो त्यस यता हामीले उनलाई नेतृत्व मान्न पर्ने आधारहरु भत्किदैगए ।
मसाल नेतृत्व बाठो मात्रै होइनन् एक राजनीतिक फटाहा पनि हुन। एउटै घटना मा उनले दुइटा अर्थ लाग्ने अभिव्यक्ति दिन्छन् ।प्रतेक घटना बिशेशलाइ आफु अनुकुल ब्याख्या गर्नमा माहिर छन् उनि। उनैले आफ्नो नेतृत्वमा रहेका कार्यकर्ता को बेलाबेलामा हुर्मत लिदै भन्ने गर्छन् " हाम्रा कार्यकर्ताको चेतना निम्नस्तरको छ"। पार्टीको भौतिक सम्पत्ति को प्रयोग होस या बौद्धिक सबै सम्पत्ति हरुमा आफ्नै मनमैजु चलाउन पाउनुपर्ने ढिपिलाइ ऊनी कर्तव्य ठान्छन् । जुनकुनै सङ्गठनको भौतिक वा बौद्धिक सम्पत्ति पनि हुनसक्छन् तिनीहरु को समुचित ढंगबाट प्रयोग , सम्बर्द्धन र संरक्षण गर्नु पर्दछ । जसका लागी निश्चित कार्यबिधि का आधारमा ब्यबस्थापन गरिएको हुन्छ । तर मसाल नेतृत्वलाइ ति सबै कुरा बेकार लाग्दछन् । पछिल्लो समयमा मसाल नेतृत्वले पार्टीका दस्तावेजहरु( जो नेतृत्वले तयार पार्छ र पछि त्यो दस्तावेज पार्टी ले अनुमोदन वा स्वीकृत गर्छ ) त्यस पछि त्यो दस्तावेज पार्टीको बौद्धिक सम्पत्ति बन्छ ,लाई समेत नेतृत्वले आफ्नो निजीकरण गर्ने दुस्साहस गर्दैछन् ।यसो गर्नु राजनीतिक फट्याइ नै हो।
विभिन्न प्रशिक्षण , लेख , रचना आदिमा उनले भन्ने वा लेखने गरेका छन् कि " हाम्रो पार्टी का कार्यकर्ताहरुको निम्नस्तरको चेतना छ यसमा सुधार ल्याउनु पर्छ "। कार्यकर्ताको हैसियत तौलेर बसेका तिनै नेतृत्वले अहिले पार्टी बिसर्जनको अभियान नै चलाएका छन् तर पनि कार्यकर्ताले पुर्णतया प्रतिकार गर्न सकिरहेका छैनन् ।वास्तवमा कार्यकर्ताको लेबि उठाउने र उनीहरुको लेबिबाटनै तिनै कार्यकर्ताहरुलाइ कारबाही गरेको वक्तव्य प्रकाशन गर्ने गरेका छन् तर कार्यकर्ता ले त्यसको ब्यापक प्रतिकार गर्न सकिरहेका छैनन् ।
मसाल नेतृत्वले भन्छ "राष्ट्रीय जनमोर्चा सरकारमा सहभागि छैन" । तर उसले भागबन्डा अनुसारको लाभांश प्राप्त गरेकै छ। भुमि आयोगका अध्यक्ष एवम् विभिन्न जिल्लामा सदस्यहरुको नियुक्ति।
शिक्षा उपसमिति , खेलकुद समिती प्रदेश स्तरिय नियुक्तिहरु।
मसाल नेतृत्व भन्छ "पाँच दलिय गठबन्धन बाट राष्ट्रीय जनमोर्चा बाहिरियो तर सरकार लाइ दिएको हाम्रो समर्थन कायमै छ"
आज मसाल नेतृत्व पतनको कुन दिशामा पुगेको छ? कार्यकर्ता लाइ कुनै चासो छैन किनकि तिनीहरुको चेतना निम्नस्तरको छ? ( नेतृत्वले भन्ने गरेको जस्तो )।
नेकपा मसालको मुल नेतृत्वले प्राबिधिक रुपमा आफ्नो पछ्यमा लिएको आठौं महाधिवेशनले पार्टी लाइ संसोधनबादमा रुपान्तरण गरेता पनि उसले आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिमा बिस्वास राखेको र त्यो कार्य पुरा गर्न कम्युनिस्ट पार्टीको नेतृत्वको अनिवार्यता लाई स्वीकार गरेको बताउदै आएको छ, तर सिद्धान्ततः त्यो कुरालाई स्वीकार गरे पनि व्यबहारमा एउटा सशक्त कम्युनिस्ट पार्टी निर्माणको उपेक्षा गर्दै नेपाली काङ्ग्रेस जस्तो बर्गदुश्मन सङ्ग सहकार्यमा लिप्त हुन पुगेको छ ( मसाल ) नेतृत्व।
बिगत करिब डेढ दशक यता पार्टीले मसालको नाममा चलाएका आन्दोलनहरु सामान्य पुजीवादी वा जनतन्त्रिक आन्दोलनका रुपमा गिराउदै लगेको छ। अहिलेसम्म आउँदा हाम्रो पार्टीका क्रियाकलापहरु कुनै एउटा पुजीवादी पार्टी जस्तै कि एमाले वा माओवादी भन्दा भिन्नै प्रकारको होईन कि तिनीहरु जस्तै चुनाव केन्द्रित , लाभ हानी केन्द्रित वा भगबण्डा केन्द्रित बनाउदै लगिएको छ।
जस्का कारण आज सातौं महाधिवेशन पुर्ब को हाम्रो पार्टीको साङ्गाठानिक आकार एवम क्रान्तिकारी स्पिड र राजनीतिक चरित्रमा गिरावट आएको छ। एउटा पुजीवादी राजनीतिक पार्टीले जस्तै सामान्य सुधारवादी आन्दोलनमा केन्द्रीकृत हुदैजादा हाम्रो पार्टीको पुरानो विरासत स्खलित हुदै गएको छ र क्रान्तिकारी स्तर सामान्य प्रजातन्त्रबादीहरुको भन्दा माथी जान नसक्ने गरि दबिन पुगेको छ। हाम्रो देशको कम्युनिस्ट पार्टी भित्र लामो समय देखी अधिक मात्रामा देखा पर्दै आएको समस्या पनि यही हो।
कम्युनिस्ट घोषणा पत्रमा भनिएको छ "कम्युनिस्टहरू तात्कालका उदेश्यहरु पुरा गर्नको लागी र मिहेनतकश जनताका तात्कालिक हितहरुको पुर्तिका लागी लड्छन।तै पनि बर्तमानका आन्दोलनहरुमा उनिहरुले आन्दोलनको भबिस्यको पनि प्रतिनिधित्व र ख्याल गर्दछन"। वास्तवमा आज मसाल नेतृत्वले त्यस प्रकारको भबिस्यको "प्रतिनिधित्व "बाट अफुलाइ अलग गर्दै लगेर तात्कालिक संघर्ष र सुधारबादलाइ अङ्गालदै छ र "तात्कालिक उद्देश्य र मिहेनतकश जनताका हितहरु" लाई छोडदै गएर केवल कोरा " क्रान्तिकारी " लफ्फाजिमा रुपान्तरण हुदै गएको छ।
तै पनि निम्नस्तरको राजनितीक चेतना बोकेको एउटा झुन्डले पार्टी लाई सच्चाउने तर्फ कुनै चासो नै देखाउदैन।
चुनाब सम्म गठबन्धन कायम राख्नुपर्ने मा जोडदिदै (मसाल)नेतृत्वले भन्छ "स्थानीय तहमा भएको अर्घाखांचिको पाँच दलिय गठबन्धन लाइ स्वागत " आज यसरी नेतृत्वले राजनीतिक फटट्याइ गरेको छ। र पनि धेरै सोझा साझा ( मोहन बिक्रमको शब्द सापाटि लिदा निम्नस्तरको राजनीतिक चेतना) कार्यकर्ताले पत्तै पाएका छैनन् । ( मसाल) को मुलनेतृत्व ले गत चुनावमा कांग्रेस लाइ गणतन्त्र बिरोधि ,धर्मनिरपेक्षता को विरोधि तथा राष्ट्रघाति शक्ति भनेर उसको बिरुद्घमा एमाले सग चुनाबि गठबन्धनगर्यो । एमाले कै आडलागेर सरकारको रस चुस्ने प्रयत्न गर्यो । एमालेको दलालिमा नै आधा जनबाद आउछ जसरी ओलिको आगन चहार्नुलाइ क्रान्ति प्रतिको बलिदानि ठान्यो। देशभरिका कैयौं निर्वाचन क्षेत्रहरुलाइ सहिद बनायो ।महाकालि सन्धि लगाएतका कयौं राष्ट्रघाति सन्धिको नेतृत्व कर्ता ओलि र प्रचण्ड सम्मीलित नेकपा लाइ मित्र शक्ति करार गर्यो । जसको परिणाम प्युठानमा एक सिटमा सफलता प्राप्त भयो।अहिले फेरि त्यही कांग्रेस जसलाई आठौं महाधिवेशनले प्रतिक्रियाबादी शक्ति वा क्रान्तिको मुख्य शत्रु घोषणा गरेको छ। तसैलाइ र त्यो भित्र पनि निकै खुन्खार कम्युनिस्ट बिरोधि छबिका नेता रामचन्द्र पौडेलको नेतृत्वको गठबन्धनमा समन्वय समितिको सदस्य बने कम्युनिस्ट धरोहर चित्र बहादुर केसी ! । उसैको नेतृत्तको सरकारले एम॰सी•सी• सम्झौता पास गरेको छ। काङ्ग्रेसको बिगत बारे धेरै बताइरहन पर्दैन । टनकपुर , गण्डकी , अपरकर्णालि , महाकालि ,लिपुलेक जस्ता कयौं राष्ट्रघाति जनबिरोधी कामहरु गर्दै आएको तथा प्रजातन्त्र लगेर दरबार मा बुझाएर ज्ञानेन्द्रको " कु" मा सिनियर पार्टनर समेत बनेको देउवा कांग्रेस लाई सरकार बनाउन समर्थन गर्दै सर्बोच्चमा लाइन लाउन जाने मसाल नेतृत्व । गण्डकीमा काङ्ग्रेस सरकार बनाउन नमानेको भनेर आफ्नै साम्सदलाइ कारबाही गर्ने मसाल नेतृत्व । एउटा प्रतिक्रियावादी राजनीतिक शक्ति सङ्ग साठगाठ, गठबन्धन, चुनावी मोर्चा! पटकपटक सरकारको समर्थन कायम ! एउटा महाधिवेशनले बामपंथी शक्ति अर्को महाधिवेशन नहुदै उस्तै परिस्थितिमा उहि शक्तिलाई प्रतिगामी भनेर स्व ब्याख्या ! गजबको मसाल नेतृत्व । मोहन बिक्रमको शब्द सापटी लिएर भन्दा "निम्न स्तरको राजनीतिक चेतना भएका , केहि उग्र चिन्तकहरुका अनुसार निरिह कार्यकर्ताहरु" ! खासमा सोझासाझा कार्यकर्ता हरुले कसरी चित्त बुझाएका होलान् ? तैपनि नेतृत्तको कार्यशैली को बिरुद्धमा चुइक्क नबोल्नु यान्त्रिक अनुशासन ले काम गरेको हुनुपर्छ । जो सोझो कार्यकर्ता ले सोझै सोचेको हुन्छ । ( जस्तो कि नेपाली उखान = लाटै लाट बाटै बाट ) । तर अनुशासन एउटा सिक्काको दुइटा पाटो हुन्छ भने त्यस मध्ये को एउटा पाटो हो। जस्मा एक भाग अनुशासन हो भने अर्कोपट्टी को भाग क्रान्तिकारि राजनीति हो। जब क्रान्तिकारी राजनीतिले हावा खान्छ तब अनुशासनको अस्तित्व समाप्त हुन्छ । जसरी दुई भाग बिनाको एउटै सिक्काको कल्पना नै गर्न सक्दैनौ। के यति सामान्य राजनीतिक कुरा पनि नबुझेका होलान? सोझा कार्यकर्ताले ।त्यत्ति मात्र होइन आगामी निर्वाचनमा प्युठान बाहेक देशभरि का आफ्ना कार्यकर्तालाइ रुखमा भोटहाल्न निर्देशन दिन सक्ने सम्भावनालाई अस्विकार गर्न सकिन्न । मसाल नेतृत्वको बैचारिक स्खलनको मेसो धेरै सोझा साझा कार्यकर्ताले पाएकै छैनन् । जब मेसो पाउनेछन् उनीहरुको लागी बाकी केहि रहने छाटकाट देखिदैन ।
यस प्रकारको अवसरबादी राजनीतिलाइनमा डुबुल्की मार्न पुगेको बाठो नेतृत्वको छलकारी, कपटपूर्ण कार्यलाई अहिले तिन प्रकारका नजरले हेरिएको छ। प्रथम =नेतृत्वको जयजयकार गरेर लिन सकिने निजि लाभकारी नजरिया । दोस्रो= नेतृत्वले बिसर्जनकारि बाटो लिएको छ तर त्यसको प्रतिकार गरेर (creativity ) सृजनातत्मकता को भारी बोक्ने कष्ट किन उठाउनु? हौस बरु चुपचाप बसु भन्ने नजरिया र तेस्रो =हो वास्तविक सोझा, इमान्दार र निष्ठावान नजरिया। यि तेस्रो नजरिया जुन छ त्ययो सोझा कार्यकर्ताको पङ्ति हो त्यो पङ्तिले जब वास्तविकता बुझ्ने छ तब बाठो नेतृत्वको चुल्हो निभने छ। हामी अहिले लाटा कार्यकर्ता बाठो बनुन यत्ति कामना गर्न सक्छौ ।