२ असार,कञ्चन/हिमा बेलबासे
नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाले कञ्चनका क्वारेन्टिनमा स्वच्छता सामग्री प्रदान गरेको छ । कोरोनाका कारण भारतबाट आई कन्चनका ५ वटै क्वारेन्टिनमा रहेका महिलाहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आज स्वच्छता सामग्री सहयोग गरिएको हो ।
कन्चनका सबै क्वारेन्टिनमै पुगि महिलाहरूलाई १/१ वटा झोला, २/२ प्याकेट सेनिटरी प्याड, १/१ वटा कोलगेट, ४/४ वटा ब्रस, १/१ वटा टावेल, २/२ वटा पेन्टी , साबुन , साबुनदानी, १/१ वटा काइयो, १/१ वटा नेल कटर सहयोग गरिएको छ । स्वच्छता सामाग्री गजेडी माबिका ३ जना, प्रगती माबिका ४ जना, रुद्रपुर माबिका ५ जना, हरैया माबिका ६ जना र लुम्बिनी ज्ञान निकेतन माबिका ७ जनालाई प्रदान गरिएको छ ।
साथै स्वच्छता सामाग्री वितरणका क्रममा क्वारेन्टिनमा रहेका महिलाहरुलाई पर्न सक्ने अन्य सम्भावित जोखिमबाट बच्न पनि सचेत गराइएको छ । स्वास्थ्य सामाग्री प्रदान कार्यक्रममा कन्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले हरेक समस्यामा रेड्क्रस कन्चन शाखाले सहयोग गर्दै आएकोमा धन्यवाद दिदै कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सबै सचेत रहनुका साथै एकलेअर्कोलाई सहयोग गर्नुपर्ने बताउनु भएको छ ।
स्वच्छता सामग्री वितरणका क्रममा कन्चन गाउँपालिका उपाध्यक्ष गोमा तरामु, वडाध्यक्षहरु १ का हरिनारायण थारु, २ का शेर बहादुर थारु, ४ का दुर्गा सिंह क्षेत्री, ५ का कृष्ण प्रसाद अधिकारी, कार्यपालिका सदस्य रेनु कुवर, नेपाल रेडक्रस सोसाइटी कन्चन शाखाका उपाध्यक्ष गङ्गालाल पौडेल, सचीव तुल बहादुर थापा, कोषाध्यक्ष शशी पौडेल, सह कोषाध्यक्ष हिमा वेलवासे, सदस्य राम बहादुर थापा, उमा ढकाल, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियोे । स्वच्छता सामाग्री कन्चनका सबै क्वारेन्टिनमा पुगेर प्रदान गरिएको हो ।