जगिलाल थापा
कञञ्चनकी गोमा कुमारी पौडेल सामान्य परिवारकी तर उच्च सोंच भएकी महिला हुन। उनलाई नयाँ लुगा, बसाउने अत्तरको कुनै मतलव छैन। बस् शरीर ढाक्ने कपडा भए पुग्छ। उनलाई चिटिक्क हुनु पनि छैन। चिटिक्क हुन पनि फुर्सद छैन। घरको गोठमा काम गर्दागर्दै फोन आउछ अनि हतार हतार हात खुट्टा धोएर साइकल टिपेर समूहहरुको बैठकमा गइहाल्छिन।
कञ्चन ४,रुपन्देहीकी गोमा कहिले सहकारीको त कहिले आमा समूहको, कहिले टोलको यस्तै यस्तै बैठकहरुमा सहभागी हुन्छिन। उनका श्रीमान र एक छोरा साथमा छन, अनि जिवन धान्नको लागि शुरु गरेको गाई भैसीको दुध बेचेर उनि र उनको परिवारको गुरजारा चलाइरहेका छन। उनले समेत सञ्चालन गरेको व्यबसायिक फर्ममा ८,९ वटा गाई र एक भैसी छन। अहिले उनकोमा चारवटा दुहुनो गाई र एउटा दुहुनो भैसी छ। उनी गाईको दुध बेचेर आफ्नो एकमात्र छोरालाई काठमाण्डौमा आई टी बिषय पढाउदै आएकी छिन। श्रीमानका पहिलो श्रीमतीका दुई छोरा एक छोरी छन।
बि.सं. २०३२ साल माघको १३ गते जन्मिएकी गोमाको दुखका कथा लामो छ । बिहे हुनुभन्दा अगाडी पनि माइतीमा दुखमै हुर्केकी गोमालाई बिहे पछिपनि सुखले बास गरेन । बिहेपछि घरमा सासु र घरपरिवारको दिनहुंको कचकचले आराम पाउन नसकेकी गोमा परिवारकै खुशी र सुखको खोजीमा अरबको खाडीमा गइन। घर आउने र जाने गर्दा करिब १० बर्ष अरबको खाडीमा गृहिणी बनेर गएपनि भने जस्तो कमाउन पाइनन। तैपनि उनको माइती गाँउ कञ्चन ४ को जप्तीमा करिब १० कट्ठा एलानी जग्गा किन्न सफल भइृन । १० बर्षको बिदेशको बसाईपछि घर आउदा परिवारबाट उस्तो सहयोग नपाएपछि उनि आफ्नो श्रीमान, छोरा सहित माइती गाँउमै लिएको जग्गामा घर बनाएर बसिन।
घरमा बसेर त्यतिकै खान पाइदैन भन्ने राम्रो संग बुझेकी गोमाले घरमा करेसावारी गरिन, तरकारी उब्जाइन। दुध,घ्यू र गोरस बिना परिवारको छाक नजाने भएपछि शुरुमा एउटा दुहुनो गाई किनिन। तीन जनाको परिवारले खाएर नसकिएको गाईको दुध नजिकैको डेरीमा एक सांझ बेच्न थालिन। महिनाभरी बेचेको दुधबाट महिनामा पैसा आउन थालेपछि गोमाको मनोबल बढ्यो । थप गाई किन्ने उनिसंग पैसा थिएन । उनले दुध दुहेर थाकेका अनि अरुले जंगलमा छोडेका बुढा गाईहरुलाई जम्मा गरिन। उनिहरुको स्याहार सुसार गरेपछि ती गाईहरुले पुन दुध दिन थाले । गोमाले घरमा रहेको गाईको दुधसंगै ती थाकेका गाईहरुले दिएका दुध पनि नजिकै रहेको मलावरदेवी दुग्ध उत्पादक सहकारी संस्थाले गाँउमै राखेको दुध संकलन केन्द्रमा बेच्न थालिन। महिनामा आम्दानी बढ्यो । तयसपछि उनको मुहारमा खुशी छायो ।
भगवानले 'तँ आंट म पर्याउछु' भने झैं जंगलमा छाडा बनाई छोडेका बाच्छी र थाकेका गाईहरुलाई घरमा ल्याएर स्याहार गर्न थालेपछि गाँउकाले 'यस्ता झ्याउम्याउ पालेर कहिले उभो लाग्छौ ?' भन्दै प्रश्न नगरेका पनि होइनन। तर उनले आफ्नो मेहनतलाई निरन्तरता दिदै गईन ।अहिले उनिसंग एउटा लैनो भैसी छ, ४ वटा दुहुनो गाई छन ४,५वटा गाई ब्याउने छन। घरमा लोकल कुखुरा पनि पालेकी छिन। लोकल कुखुराका १२ वटा माउ पाथीले दैनिक १२ वटा अण्डा पार्छन । उनले घरको गर्जो टार्न अण्डा पनि बेच्ने गर्छिन। लोकल कुखुराको अण्डाको माग गाँउमा बढी भएकाले पुर्याउन नसकेको उनी बताउछिन । गोटाको २० रुपैयाँमा बेच्दा अण्डाबाटै दैनिक २ सय ४० रुपैया आउदो रहेछ। उनले त्यो पैसालाई पनि महिनामा हिसाब गर्न थालिन । त्यसबाट करिब ७ हजार रुपैया आम्दानी हुने रहेछ उनको। उनी भन्छिन , गोटाको २० रुपैया भनेर वास्ता नगरेको भए कसरी महिनामा ७ हजार आउथ्यो ? गोमाले घरमा खान भनेर लगाएको तरकारी पनि बेच्दी रहेछिन। 'हरेक पेसालाई आफैले नै व्यवसायिक बनाउने हो अरुले कसैले बनाइदिन्नन' उनी भन्छिन ।
तुल्सीराम ज्ञवालीकी पहिलो श्रीमतीको मृत्यु भएपछि २०५३ सालमा गोमालाई दोश्रो श्रीमतीको रुपमा बुटवलको नयाँ गाँउस्थित खयरघारी भन्ने गाँउमा भित्र्याएका रहेछन। आफुले बास्तविक आमा बन्न नपाएपनि पहिलो पट्टीका श्रीमतीका सन्तानहरुले घर भित्रिनासाथ आमाको संज्ञा पाएकी गोमाले परिवारको खुशीका लागि सकेको मेहनत गरिन। तर सासु र घरपरिवारबाट कहिलै बुहारीको दर्जा नपाएको पिडा उनको मनभरी छ। तैपनि दुखलाई घरी घरी सम्झेर थप पिडा लिइरहनु भन्दा आफ्नो दुखलाई खुशीमा परिणत गर्न परिवार भित्रै खुशी साट्न थालिन।सायद उनको जिवनमा कञ्चन गाउपालिकाका मनोपरामर्शदाता भेट नभएको भए उनको जिन्दगी निराशाहरुको भुमरीमा अल्झिरहेकी हुन्थिन। सामी परियोजना,कञ्चनकी सरस्वती पौडेल उनको जिवनमा उत्साह र मनोवलको खानी लिएर आइन। उनले सुिरक्षित आप्रवासन परियोजना अन्तर्गत बैदेशिक रोजगारमा गएका तथा जानेहरुका लागि बिदेशमा कसरी सुरक्षित काम भई काम गर्ने भन्नेबारे बिदेश जानु भन्दा अगाडी परामर्श दिदा रहेछन। गोमा बिदेशबाट फर्किएकी महिला। बिदेशबाट घर आउदा घरपरिवारबाट राम्रो व्यबहार नभएपछि निराश भएर बसिरहेको अवस्थामा सामी परियोजनाका सरस्वती पौडेल र भुमिका तरामुले उनिभित्र रहेका हरेक निासाहरुलाई फ्याकिदिए । अनि उनले जिवनमा उत्साह र उच्च मनोवलका साथ जिवनलाई सहज गराउन केही व्यबसाय गर्न उत्प्रेरित भइन । त्यसपछि गोमाले प्रयास नामको गाई तथा भैसी फर्म सञ्चालन गरिनन।
अहिले उनलाई दुखभन्दा पनि खुशीको भारी निकै छर्। 'आर्थिक रुपमा सवल त कहिले पो भइन्छ र ? आफुमा जे छ त्यसैमा सन्तुष्ट हुनुले पनि आनन्द दिदो रहेछ' गोमाले भनिन। आफ्नो गरी खाने खेतबारी जंगलको छेउमा भएकोले जंगली जनावरबाट मेहनत गरी लाएको बाली कहिलै स्याहार्न नपाएकोमा भने गोमालाई चिन्ता रहेछ। एक दिन कञ्चन गाँउपालिकाको कृषि शाखामा गएर त्यहाँका कर्मचारीहरुलाई आफ्नो खेतमा के लगाउदा राम्रो हुन्छ भनि सोध्न समेत पुगिन। त्यहाँका कृषि प्राबिधिकहरुले राम्रै सल्लाह दिए कागती खेती गर्न, कागतीलाई कुनै जनावरले पनि नोक्सान नगर्ने भएकाले उनले आफनो खेतमा करिब ४० भन्दा बढी कागती समेत लगाइन।
राम्रोसंग स्याहार गर्ने हो भने एउटा कागतीको बोटबाट कम्तीमा २० बर्ष उब्जनी खान पाइने रहेछ। गोमा भन्दा उनको श्रीमान तुल्सीराम एका बिहानै उठेर गोवर सोत्तर गर्दा रहेछन। गोवर सोत्तर नगर्दा सम्म गोमाको श्रीमानलाई चयन नहुदो रहेछ। बिहानको सबै काम गरेपछि बल्ल गोमा उठ्ने रहेछिन। शारीरिक रुपमा कमजोर भएका कारण पनि खटनपटनमा खासै जोड गर्न श्रीमानले नै दिदा रहेनछनर्। 'उनले पहिलै धेरै दुख गरीन अब उनलाई सहयता गर्ने मैले नै हो' श्रीमान तुल्सीरामले भने ।
अहिले उनिहरुको घरमा सबै खर्च कटाएर पनि करिब १५र२० हजार रुपैया महिनामा कमाई हुने रहेछ। स्थानिय न्यू सिर्जनशिल आमा समूहको सचिव र चापा जप्ती टोल बिकास संस्थाको कोषाध्यक्ष समेत रहेकी गोमाले कसैलाई भेट्न जांदा होस या विभिन्न कार्यक्रम र बैठकहरुमा जाँदा समेत आफुसंग उब्जनी भएको चिज झोलामा बोकेर बेच्न हिड्दा रहेछन र्। कुखुराको अण्डा, तरकारी, दुध लिएर गएपछि एक काम दुई पन्थ हुन्छ नी सरै गोमाले भनिन।
यही बर्षकै असोजको अन्तिममा पानी परेपछि छिमेकीको वाली र घर बगाउदा उनको पनि घर भत्कियो,बाली बगायो। गाँउपालिकाले राहत दिने भनेर नाम लेखाउदै पनि हिडे तर उनले राहत लिन इन्कार गरिनर्।'बरु मैले पाउने राहत म भन्दा बढी दुख पाएका र मेरो भन्दा बढी क्षति भएकालाई दिनुु' भनेर आफ्नो नामै लेखाइनन। शुरुको लकडाउनमा छिमेकी देश भारतबाट आएका र घर जान नपाएका १०,१२ जना आफन्तलाई ३ महिनासम्म बास दिएर पालेका रहेछन गोमाका परिवारले । उनले आफ्नो सानो भान्छाका लागि भनेर बनाएको सानो घरमा ४० वटा च्याउका गोला राखेर च्याउ खेती समेत गरेकी छिन।
बाढीले भत्काइदिएको घर पनि श्रीमान श्रीमती दुबैले मिलेर टालटुल पारेर्। 'जिवन निर्वाह गर्ने कुरा न हो किन ठूलो बनाउनु पर्यो' उनले प्रश्न गरिनर्। 'धेरै सम्पत्ती भए त ठूलै बनाउन हुन्थ्यो नि तर अलि अलि कमाइ भएको पैसाले छोराई पढाउनुछ, छोराले राम्रोसंग पढेर जागिर खायो भने कुनै दिन हाम्रो पनि ठूलै ढलाने घर होला नी' हास्दै गोमाले भनिन।
गोमाले आफ्नो लागि मात्र होइन गाँउ समाजका लागि पनि समय निकालेर काम गर्ने मेहनती महिला भएको कञ्चन गाँउपालिकाका कार्यपालिका सदस्य गिता थापाले बताइन। उनि घरको काम सकेर विभिन्न संघसंस्थाको बैठक र कार्यक्रममा सक्रिय रुपमा सहभागी जनाउने अनि ती कार्यक्रमहरु र बैठकमा जाँदा पनि आफुले उत्पादन गरेका तरकारी, दुध र च्याउ समेत समूहका सदस्यहरुलाई बेचेर जिवन गुजार्दै आएकी व्यबसायिक महिला भएको थापाले बताइन। कोशिस सामाजिक उधमी सहकारी संस्थाको संचालक समितिको सदस्य र साना किसान सहकारी संस्थाको पनि सञ्चालक समिति सदस्यमा निर्वाचित भएपछि उनको जिम्मेवारी थप बढेको छ।
काम गर्ने शैली र समय व्यवस्थापनले गोमाको परिवारमा सुख र चयनको बादलहरु लागेका छन। हरेक कामलाई आफैले नै व्यबसायिक बनाउनु पर्छ भन्ने बिचार बोकेकी गोमा जस्ता मेहनती र असल महिलाहरुको खाँचो छ। अब महिलाहरु श्रीमानको कमाइबाट आश्रित हुने नभई उधमशिल बनेर समाज रुपान्तरणमा लाग्नुपर्छ । आफुसंग सिप क्षमता र इच्छा शक्ती भएमा कसैको दासी र अपहेलित हुनु पर्दैन,गोमा कुमारी पौडेल जस्तै....