११ मंसिर,कञ्चन ।
आफ्नो घर सुन्दर र आकर्षक होस् भन्ने चाहाना प्राय हामी सबैमा हुन्छ । पछिल्लो समय मानिसहरु घरमा कस्तो रङ लगाउने भन्ने बारेमा सजग हुन थालेका छन् । घर सुन्दर र आकर्षक हुनुमा घरमा लगाइने रङको पनि ठुलो भुमिका रहन्छ ।
आकर्षक रंगले घरमा एम्बियन्स क्रियट गरिदिन्छ, जहाँ शरीरका इन्द्रिय खुसी हुन्छन् । त्यसैगले घरमा रङ लगाउँदा धेरै कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ ।
विज्ञहरूको सुझाव अनुसार घरमा रङ लगाउँदा ध्यान दिनु पर्ने कुराहरु :
-निमार्ण कार्य पूर्णरुपमा सकिए पछि मात्र रङ लगाउने ।
-उच्च गुणस्तरीय रङको प्रयोग गर्ने ।
-रङको प्रविधिक पक्ष बुझेर मात्र रङ छनोट गर्ने ।
-घरको सुन्दरता कायम राख्न कम्तीमा तीन वर्षको अन्तरालमा रङरोगन गर्ने ।
-रङ लगाईसके पछि पर्याप्त मात्रामा सुक्न दिने ।
-रङले मनोविज्ञानलाई प्रतक्ष प्रभाव पार्ने भएकाले कोठा अनुसार रङको छनोट गर्ने
-रङ लगाउँदा उज्यालो र अँध्यारो रङको मिश्रण गर्ने ।
-एकै कोठमा दुई भन्दा बढी रङको प्रयोग नगर्ने ।
-घरमा चाँडै नखुइलिने, पानी र घामले नबिग्रिने रङ लगाउने ।
-घरमा रङ लगाउनु भन्दा पहिला विज्ञहरुको सल्लाह लिने ।