#बिशेष खोजखवर
१ जेठ,कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिका र सैनामैना नगरपालिका पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन । छिमेकी गाउपालिका गैडहवा गाउपालिकामा कोरोना संक्रमित पुष्टि भएसंगै ती स्थानिय तहहरु पनि उच्च जोखिममा परेका हुन ।
छिमेकी गाउपालिका गैडहवामा छिमेकी देश भारतबाट आउनेक्रम नरोकिए पछि गैडहवा गाउपालिकालाई क्वारेन्टाइन ब्यबस्थापन गर्न निकै गाह्रो परिहेको छ । छिमेकी गाउपालिका गैडहवा गाउपालिकामा एकै घरका ९ जना र थप एक जना अन्य गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको र छिमेकी देश भारतबाट आएकाहरुको संख्या पनि धेरै भएकोले केरोना संक्रमणको संख्या बढ्ने सम्भावना पनि रहेकोले कञ्चन गाउपालिका र सैनामैना नगरपालिकाले उच्च सर्तकता अपनाउनु पर्ने चुनौती थपिएको छ।
छिमेकी देश भारतमा लकडाउनलाई खुकुलो बनाएपछि बैदेशिक रोजगारको क्रममा भारतका बिभिन्न ठाउहरुमा काम गर्न गएकाहरु नेपाल भारत सिमा नाकाहरुमा घर फर्किनेको भिड लागिरहेको अवस्थामा दुबै देशका सुरक्षाकर्मीहरुले नेपाल छिर्न दिएका छैनन । सिमानकामा अलपत्र परेका नेपालीहरु सुरक्षाकर्मीहरुको आंखा छलेर खुल्ला समिाको मौका छोपी लुकिछिपी नेपाल छिर्ने गरेका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,काठमाण्डौ प्रयोगशालामा गरिएको परिक्षण अनुसार छिमेकी देश भारतबाट आएका प्राय नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएकोले सिमा क्षेत्रका स्थानिय तह र ती स्थानिय तहहरुसंग जोडिएका स्थानियतहहरुमा कोरोना संक्रमणको निकै सम्भावना रहेको छ।
अव कोरोना संक्रमित स्थानिय तहहरुले दया र सेवा भावलाई यथावत राखी भारतबाट आएका आफुना नागरिकहरुलाई सुरक्षित कवारेन्टाइनमा राख्दै अनधिकृत रुपमा गाउपालिकाको कुनैपनि क्षेत्रमा आवागमन गर्न नदिन आवस्यक सुरक्षा प्रशासनको ब्यबस्था गरी गाउपालिका सिल गर्न कुनै ढिलाई गरिनु हुदैन ।यस्तै कञ्चन र सैनामैनाले पनि थप सुरक्षा बलको ब्यबस्था गरी आफ्नो स्थानिय तह प्रबेश गर्ने सिमा नाकाहरु सिल गर्नै पर्छ ।
सैनामैनाले त आफ्नो सिमानाकाहरु बन्द गरिसकेको छ भने कञ्चनले पनि सिमा नाकामा कडाई गरी सिल गर्नमा ढिलाई गर्नु हुन्न । आफ्नो स्थानिय तहमा भएको सुरक्षा प्रशासनले मात्र धान्न नसकिने अवस्था भएमा (धारा ५७ को उपधारा (४), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) सँग सम्बन्धित) स्थानीय तहको अधिकार प्रयोग गरी नगर प्रहरी भर्ना गरी वा स्वयम सेवक परिचालन गरी तुरुन्त कञ्चन गाउपालिका भित्र प्रबेश गर्ने चारैतिरका सिमामा परिचालन गरेर भएपनि आफ्नो स्थानिय तहमा प्रबेश गर्ने प्रबेशद्धारहरु बन्द गराउन आवस्यक हुन्छ ।
कञ्चनमा थप तीन स्थानमा अस्थाई क्वारेन्टाइन
यसैगरी कञ्चनमा पनि छिमेकी देश भारतबाट कञ्चनवासीहरु घर आउने सम्भावना रहेकोले वहाहरुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्नको लागि हरैया माध्यमिक बिधालय,कञ्चन ३ हरैया,रुद्रपुर माध्यमिक बिधालय,कञ्चन ४,अस्नैया र प्रगती माध्यमिक बिधालय,कञ्चन १ बेलभरियमा रहेका बिधालयहरुलाई अस्थाई क्वारेन्टाइनको रुपमा ब्यबस्थापन गरिएको कञ्चन स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकारी दिनु भएको छ। यसअघि नै कञ्चनमा लुम्बिनी ज्ञाननिकेटन माध्यमिक बिधालय,कञ्चन ५ गरगरेमा क्वारेन्टाइन बनाई पहिलो चरणमा १२ जनालाई राखिएको थियो भने दोश्रो चरणमा पुन ११ जनालाइृ राखिएको छ । पहिलो चरणमा १४ दिन क्वारेन्टाइनमा बसेका १२ जना आवस्यक स्वास्थ्य परिक्षण गरी स्वास्थ्य अवस्था सामान्य रहेकोले डिस्चार्ज गरिसकेकोकञ्चन स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिनु भएको छ।
गैडहवामा गाउपालिकामाम थप दुई स्थानमा क्वारेन्टाइन
यस्तै गैडहवा गाउपालिकाले पनि आफ्नो गाउपालिकामा छिमेकी देश भारतबाट आउनेको संख्या बृद्धि भएपछि थप दुई स्थानमा अस्थाई क्वारेन्टाइन निर्माण गरी भारत र अन्य तेश्रो मुलुकबाट आएकाहरुलाई राखिसकेको छ ।गैडहवामा थप गरिएका क्वारेन्टाइनहरु जोगडा माध्यमिक बिधालय,गैडहवा २,जोगडा र सूर्यपुरा माध्यमिक बिधालय,गैडहवा ६,सूर्यपुरा रहेका छन भने यस अघि नै नवदुर्गा माध्यमिक बिधाल,गैडहवा ४,ठाकुरापुरमा पहिलो क्वारेन्टाइन बनाइसकेको थियो ।
पछिल्लो अपडेट अनुसार गैडहहवामा नवदुर्गा माध्यमिक बिधालयको क्वारेन्टाइनमा ४२ जना, जोगडा माध्यमिक बिधालको क्वारेन्टाइनमा ५२ जना, र सूर्यपुरा माध्यमिक बिधालयको क्वारेन्टाइन मा ६० जना गरी १ सय ५४ जना रहेको गैडहवा स्वास्थ्य शाखाका कोरोना संक्रमण सम्बन्धि सुचना अधिकारी चौहानले जानकारी दिनु भएको छ।
पछिल्लो पटक छिमेकी देश भारत र अन्य तेश्रो मुलुकबाट आइ क्वारेन्टाइनमा राखिएका करिब १५४ जना मध्ये ४० जनाको स्वाव परिक्षण गरिएकोमा बैसाख ३१ गते बुधवार १० जनामा कोरोना संक्रमणको पुष्टि भएपछि गैडहवा गाउपालिकालाई भारतबाट आउनेहरुको ब्यबस्थापन गर्न मुस्किल परिरहेको छ। गैडहवाले सूर्यपुरा माध्यमिक बिधालय गैडहवा ६,सूर्यपुरा, र जोगडा माध्यमिक बिधालय,गैडहवा २ जोगडामा थप गरी २ वटा अस्थाई क्वारेन्टाइन निर्माण गरि बिदेशबाट आएकाहरुलाई राखि सकेको छ ।
सैनामैनामा आइसोलेन सहितको एक मात्र क्वारेन्टाइन
सैनामैना नगरपालिकामा एक मात्र क्वारेन्टाइन निर्माण गरिएको छ ।सैनामैना नगरपालिका बनकट्टी स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको आइसोलेसन सहितको बिशेष क्वारेन्टाइनमा अहिले छिमेकी देश भारत सहित बिभिन्न तेश्रो मुलुकबाट आएका २५ जनालाई राखिएको सैनामैना स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले जानकारी दिनु भएको छ। ती २५ जना मध्ये १८ जनाको स्वाव संकलन गरी परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाइएको सैनामैना स्वास्थ्य शाखा प्रमुख पन्थीले जानकारी दिनु भएको छ । बिशेष आइसोलेसन सहितको उक्त क्वारेन्टाइन १०० शैयाको रहेको छ ।