३१ बैसाख,बुटवल
आज बुधवार बेलुका ७:५० बजे थप २४ जनामा कोरोना संक्रमित पुष्टि गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिज्ञप्ती जारी गरेको छ ।यससंगै नेपालमा कोरोना संक्रमितहरुको संख्या २४३ पुगेको छ । आज थप संक्रमित हुनेहरुमा रुपन्देही,कपिलबस्तु,पर्सा र नवलपरासीका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा.समिरकुमार अधिकारीले बिज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,काठमाण्डौ प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा कोरोना संक्रमित हुनेहरुमा रुपन्देहीका २२,२२,२५,२८,३०,३२,३२,३३ र४१ बर्षिय पुरुषहरु, ४,१० र २८ बर्षका महिलाहरु, यस्तै कपिलबस्तुका २२,२९,३२,४०,४०,४०,४२ र४२ बर्षका पुरुषहरु, पर्सा निवासी ३६ र ७४बर्षिय पुरुषहरु र ३६ बर्षिया महिला र पहिलो पटक नवलपरासीमा ३६ बर्षिय पुरुषमा कोरोना संक्रमित भएको पुष्टि गरिएको छ ।
पहिलो पटक गैडहवामा १० जनामा संक्रमण पुष्टि
बुधवार जारी पछिल्लो बिज्ञप्ती अनुसार रुपन्देहीको गैडहवामा पहिलो पटक १० जनालाई कोरोना संक्रमित पुष्टि भएको छ । छिमेकी देश भारतको मुम्बईवाट बैसाख २५ गते आई सिधै गैडहवा गाउपालिका वार्ड नं. २ मा रहेको नवदुर्गा माध्यमिक बिधालयको क्वारेन्टाइनमा र जोगडा माध्यमिक बिधालको क्वारेन्टाइनमा रहेका मध्ये ४० जनाको स्वाव संकलन गरि भैरहवा पठाइएकोमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको गैडहवा स्वास्थ्य शाखाका कोरोना संक्रमण सम्बन्धि सुचना अधिकारी सुरेन्द्र चौहानले जानकारी दिनु भएको छ।
कोरोना संक्रमित पुष्टि हुनेहरुमा गैडहवा २ का ४,१० र २८ बर्षिय महिलाहरु र २२,२२,२५,३०,३२,३३ र ४१ बर्षिय पुरुषहरु रहेको गैडहवा स्वास्थ्य शाखाका कोरोना संक्रमण सम्बन्धि सुचना अधिकारी चौहानले जानकारी दिनु भएको छ। ती कोरोना संक्रमित मध्ये एकै घरपरिवार ९ जना रहेको बताइएको छ । बुधवार कोरोना संक्रमण पुष्टि भएका १० जना सबै गैडहवा गाउपालिका वार्ड नं. २ का रहेको गैडहवा स्वास्थ्य शाखाका कोरोना संक्रमण सम्बन्धि सुचना अधिकारी चौहानले जानकारी दिनु भएको छ।
बैदेशिक रोजगारको क्रममा छिमेकी देश भारत र तेश्रो मुलुकमा गई नेपाल आएकाहरु मध्ये गाउपालिकाद्धारा निर्माण गरिएको नवदुर्गा माध्यमिक बिधालयको क्वारेन्टाइनमा ४२ जना, जोगडा माध्यमिक बिधालको क्वारेन्टाइनमा ५२ जना, र स्रर्यपुरा माध्यमिक बिधालयको क्वारेन्टाइन मा ६० जना गरी १ सय ५४ जना गैडहवावासी क्वारेन्टाइनमा रहेका छन । कोरोना संक्रमित १० जनालाई उपचारका लागि भैरहवाको भिम अस्पतालमा पठाइएको सुचना अधिकारी चौहानले जानकारी दिनु भएको छ।रुपन्देहीको १२ जना मध्ये १० जना गैडहवा निवासरी २ जना भीम अस्पतालमा भर्ना भएका बिरामी ब्यक्तिहरु हुन भने भीम अस्पतालमा भर्ना भएका भनिएका ती २ बिरामीहरुको ठेगाना भने खुलेका छैन ।
हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३८, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक/एक जनामा संक्रमण पुष्टि भई कारोना संक्रमितको संख्या २४३ पुगेको छ ।