गोबिन्द नाथ योगी, सुर्खेत
कोरोना भाइरस (कोभिड १९) ले यतिबेला विश्वभर आफ्नो शक्ति प्रदर्शन गर्यो।मानव जातिलाई सम्पूर्णरुपले आफ्नो नियन्त्रणमा लियो। लाखौंको ज्यानै लियो,संक्रमितलाई आत्मविश्वासका साथमा संघर्ष गर्न सिकायो। मान्छेको दैनिकी र सोचाइमा परिवर्तन ल्यायो र ल्याउने छ। त्यति मात्र होइन विश्व इतिहासलाई हेर्ने हो भने प्रथम विश्व युद्धले कहिले सूर्य नअस्थाउने बेलायती साम्राज्यवादलको शक्ति क्षिण गरायो ,दोस्रो विश्व युद्धले तानाशाह हिटलरको नाजिवाद र जर्मनीलाई ठेगाना लगायो भने यो तेस्रो विश्व युद्धको रूपमा देखिएको कोरोना भाइरस विश्व महामारीले अमेरिकी साम्राज्यवादलाई साइजमा ल्याउने पक्का छ।प्रत्येक्ष प्रभाव मानव जातिमा मात्र देखिएको भएपनि अप्रत्यक्ष प्रभाव सम्पूर्ण प्राणी जगतमा पर्यो।उसो त यसको प्रभाव प्रकृतिमा समेत पर्यो ।
मानव जातिले बिज्ञान र प्रबिधिको बिकास संगै नयाँ नयाँ आविष्कार र गाडी ,मेसिन ,औजार देखि ठुल्ठुला उद्योग कलकारखाना बाट निस्केको प्रदुषणले प्राकृतिलाई नै चुनौती दिइरहेको अबस्थामा विश्व भर त्यस्ता उद्योग कलकारखानाहरु लामो समयसम्म बन्द रहदा प्रकृतिले भने न्याय पायको अनुभव हुदैछ ।
यसरी कोरोना महामारीको प्रभाव जसरी सबै क्षेत्रमा पर्यो त्यसैगरी सबैभन्दा बढी प्रभाव लाखौं लाख विद्यार्थीहरुमा पर्यो।त्यसमा पनि २०७६ चैत्र ६ गते देखि सुरु हुने गरि तयारी भएको एस ईई परिक्षा ५ गते साँझ मात्र स्थगित हुदा परिक्षाको तयारीमा रहेका ४ लाख ८२ हजार २१९ जना परिक्षार्थीहरुले पुर्ण तयारी गरेको परिक्षा दिन बाट बन्चित भए । एस ई ई परिक्षालाई अन्य परिक्षा भन्दा फरक र महत्त्वपूर्ण मानिन्छ । किनकि कुन बिषयमा कति दक्ष छ र कुन कुन बिषयमा कति कति ग्रेड ल्याउदा कुन बिषय लिन पाउने , कहाँ पढ्ने र पढाउने जस्ता महत्त्वपूर्ण निर्णय गर्ने परिक्षा भएको हुदापनि यो परिक्षालाई महत्त्वको साथ हेरिन्छ त्यसो त यसलाई विद्यार्थी जीवनको फलामे ढोका पनि भनिन्छ ।
एस ई ई लाई विद्यार्थीहरुले १० बर्ष सम्मको एकमुष्ट प्रतिफलको रुपमा लिने र सोही अनुसारको मेहनत पनि गरेका हुन्छ्न।विद्यार्थीहरुको लागि यस पटकको एस ई ई परिक्षा खान थालेको भाग खोसिएको जस्तै भएको छ । देश लकडाउनमा छ । स्थगित परिक्षा हुने वा नहुने अनिश्चित छ। पछिल्लो समयमा सम्बन्धित बिद्यालयहरुले सबैभन्दा पछिल्लो पटक लिइएको आन्तरिक परिक्षा र बिषयगत शिक्षकहरुको मुल्यांकनको आधारमा नतिजा तयार गर्नुपर्ने वा सम्बन्धित बिद्यालयहरुले नै परिक्षा लिनुपर्ने , माग र सुझाव तथा छलफल भएको चर्चा चलिरहेको छ।
यो जटिल परिस्थितिमा एक हदसम्म ठिकै पनि होला यदि सोही बमोजिमको निर्णय भयो भने सम्बन्धित बिद्यालयहरुले गर्ने आन्तरिक तयारी , निर्णय तथा सरोकारवाला सम्पूर्ण को सहयोग महत्त्वपूर्ण हुने देखिन्छ । यदि सरकारबाट सम्बन्धित बिद्यालयहरुलाई नै जिम्मेवारी दियो भने सर्वप्रथम विद्यार्थीहरुको मनोविज्ञान बुझ्न जरुरी देखिन्छ ।
यस्तो गर्दा विद्यार्थीहरुलाई न्याय होला की हरेक बिद्यालयहरुले लकडाउन खोलेको लगत्तै आ( आफ्ना विद्यार्थीहरुलाई आन्तरिक परिक्षामा समावेश गराउन, अग्रिम सुचना प्रवाह गरि एस ई ई कै प्रश्नपत्र र उत्तर पुस्तिका (सायद सबै ठाँहरुमा अनिवार्य पुगेकै छ) प्रयोग गराई लकडाउन खोलेको पहिलो हप्ता आन्तरिक परिक्षा लिने र अर्को एक हप्तामा नतिजा तयार गरि परीक्षा बोर्डमा पठाइदिने गरि तयारी गरेको खण्डमा करिब लकडाउन खोलेको बढीमा ३ हप्तामा परिक्षा बोर्डमा नतिजा पुग्न सक्छ ।
यसो गर्दा कोरोना संक्रमणको जोखिमपनि कम हुने, यो संकटको वेला राज्यको खर्चपनि बच्ने,विद्यार्थीहरुले महत्त्वपूर्ण एस ई ई परिक्षा दिएर नतिजाको पर्खाइमा बसेकोपनी महसुस हुने र एकैपटक नतिजा प्रकाशित हुँदा विद्यार्थीहरुमा नयाँ उत्साह ,उमंग र उर्जा प्राप्त हुने तर्फ सम्बन्धित निकायहरूको समयमै ध्यानाकर्षण भयो भने यो संकटबेलामा समेत विद्यार्थीहरुले न्याय पाएको प्रत्याभूत गर्नेछन् ।