१६ असोज,कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा संचालित योजना बचत तथा ऋण सहकारी संस्था लिमिटेड,कञ्चन-१ बेलभरिया,रुपन्देहीको छैठौं साधरण सभा तथा तेश्रो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनबाट संस्थाका निवर्तमान सल्लाहकार बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्य समिति निर्वाचित गरेको छ।
यस्तै उपाध्यक्षमा सिता गैरे, सचिवमा बिसन बहादुर कार्की र कोषाध्यक्षमा देवेन्द्र आचार्य सर्बसम्मत निर्वाचित हुनु भएको छ।यसैगरी सदस्यहरुमा ओम प्रकाश पुन, हेमराज थारु, चन्द्र बहादुर तरामु, सिता गौतम र गणेश गौतम निर्वाचित हुनु भएको छ। सो अधिबेशनले संस्थाका निवर्तमान सल्लाहकार निरोज पौडेलको संयोजकत्वमा ३ सदस्यिय लेखा सुपरिबेक्षण समिति समेत निर्वाचित गरेको छ। जसको सदस्यमा बाबुराम गौतम र भुपाल बुढा रहनु भएको छ।
नव निर्वाचित अध्यक्ष बिष्णु प्रसाद पौडेल
८ सय ४८ जना शेयर सदस्य सहित ७४ लाख २८ हजार ५ सय रुपैया चुक्ता पुंजी भएको योजना साकोसको छैठौं साधरण सभा तथा तेश्रो अधिबेशनलाई सम्वोधन गर्दै कञ्चन गाउपालिका वडा नं. १ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हरि नारायण थारुले कञ्चनका हरेक सहकारीहरु अव कञ्चनको समृद्धिको आधार बन्नु पर्नेमा जोड दिनु भयो। छोटो समयमै मुनाफा गर्न सफल भएको योजनाले आफ्ना शेयर सदस्यहरुलाई बैंकका सबै सुबिधाहरु उपलब्ध गराउदै आएको र सहकारीमा संकलित पुंजीले कञ्चनको समृद्धि निर्माण गर्न सहयोग पुग्ने उत्पदानमुखी कार्यक्रमहरु समेत संचालन गर्नु पर्ने सुझाव दिनु भयो ।वडा अध्यक्ष चौधरीले नाफामुखी भन्दापनी सेवामुखी काम गरेको मा सहकारी लाई धन्यवाद दिदै कञ्चनमा धेरै सहकारी भएतापनी सबैले राम्रो काम गर्न नसके भन्दै योजना सहकारीले आफ्नो लक्ष्य र उदेश्य सहित अगाडि बढेको बताउनु भयो। नयाँ कार्यसमितिका पदाधिकारीहरु आगामी दिनमा शेयर सदस्यहरुको भावनालाई अझ बढी आत्मसाथ गरेर अगाडि बढन सुझाव समेत दिनु भएको थियो
यसैगरी सहकारी सञ्जालका संयोजक राधिका चौधरीले सहकारीले शेयर सदस्यहरुको जिवनस्तर बृद्धि गर्ने उधमशिल क्षेत्रमा पनि लगानी गर्न आवस्यक रहेको बताउनु भयो । कञ्चनमा संचालित फरक फरक प्रकृतिका सहकारीको आ आफ्नै उद्धेश्य हुन्छन र ती उद्धेश्य प्राप्तीका लागि शेयर सदस्य लक्षित सहकारी बिकास योजना निर्माण गरी अगाढी बढ्नु पर्नेमा संयोजक चौधरीले जोड दिनु भयो ।

साधरण सभाले संस्थाका अध्यक्ष दुर्गा बहादुर कार्कीद्धारा प्रस्तुत संस्थाको आ.व. २०७७/०७८ को बार्षिक प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष खिमलाल न्यौपानेद्धारा प्रस्तुत बार्षिक लेखा प्रतिबेदन र लेखा सुपरिबेक्षण समितिका संयोजक राजन शर्माद्धारा प्रस्तुत लेखा सुपरिबेक्षण प्रतिबेदनमाथी छलफल सहित सर्बसम्मत पारित गरेको छ। ।कार्यक्रममा अध्यक्ष नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड,कञ्चन १ का अध्यक्ष मन बहादु पुन, स्पिन्जर च्याउ फर्मका संचालक गंगाधर शर्मा, संस्थाका सल्लाहकाहरु जित बहादुर पुन र सपना शर्मा पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

योजना साकोसका अध्यक्ष दुर्गा बहादुर कार्कीको अध्यक्षता तथा सचिव रमेश ज्ञवालीको संचालनमा समपन्न कार्यक्रमको स्वागत सपना शर्मा पौडेलले गर्नु भएको थियो ।