१३ असोज,कञ्चन
न्यायपुर्ण तथा समतामुलक समाज निर्माणका लागि युनाईटेड मिसन टु नेपाल, स्ट्रोम फाउण्डेसन नेपाल र स्थानिय सरकारी तथा गैरसरकारी संस्थाहरुको समन्वय र सहयोगमा समुदायमा आधारित बिभिन्न कार्यक्रम संचालन गर्दै आएको सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन ४,रुपन्देहीको सामाजिक परिक्षण भएको छ।
केन्द्रको स्थापनाको २७ औं बार्षिक उत्सवको सन्दर्भ पारेर गरिएको सामाजिक परिक्षणमा सुनगाभा सामुदायिक बिकास केन्द्र दुरदराजका समुदायमा गएर अधिकार र शसक्तिकरणका कार्यक्रमहरु लिएर जानु पर्नेमा सुझाव दिएका छन। रुपन्देहीको कञ्चन,गैडहवा, शुद्धोदन गाउपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका समुदायहरुमा गई स्थानीय एवं वाह्य स्रोत र साधनहरुको पहिचान एवं परिचालन गरी सरोकारवाला हरुको सहकार्यमा लक्षित वर्गहरुलाई पुनस्र्थापन, सशक्तिकरण, शिक्षा, स्वास्थ्य एवं जीविकोपार्जनमूखि क्षेत्रमा पहूंच पु¥याइ उनीहरुको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रमहरु संचालन गरेका कार्यक्रमहरु माथी सरोकारवालाहरुले सामाजिक परिक्षण गर्दै सो कुरा सुझाएका हुन।
कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामु
सामाजिक परिरुक्षणमा सहभागी हुदै जहाँ बिपद र समस्या छ त्यहाँ सुनगाभाले आफ्नो सरोकारलाई प्राथमिकता दिदै आएको,सेवाप्रदायक संस्था र प्रतिनीधिहरुबाट हुने ढिलासुस्ती तथा अनियमित्तामा खवरदारी गर्दै गुणस्तरिय सेवा प्रवाहमा उत्तरदायी र जिम्मेवार बनाउन सरोकारवालाहरुसंगको समन्वय गर्दै आएको कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले उल्लेख गर्नु भयो । सुनगाभाले जनप्रतिनीधिहरुलाई स्थानिय तहको योजना तथा नीति नियम बनाउन देखि तयसको कार्यन्वयन गर्नमा हरेक पटक समन्वय र सहजिकरण गर्दै आइरहेको बताउदै उपाध्यक्ष तरामुले सुनगाभा सामुदायिक बिकास केन्द्र पनि कञ्चन महत्वपुर्ण सेवा प्रदायक संस्थाको रुपमा संस्थागत हुदै गएको बताउनु भयो ।
यसैगरी कार्यपालिका सदस्य रेनु कुंवरले सुनगभाले आफ्नो संस्थाको सामाजिक परिक्षण गर्दा बिभिन्न सेवाप्रदायक संस्थाहरुलाई समेत पारदर्शिताको पाठ सिकाएको बताउनु भयो । समुदायको दुरदराजमा अझै पनि राज्यको निकायसंग पहुंच नपुगिरहेको अवस्थामा साथी सञ्जाल,महिला तथा किशोरकिशोरी समूह र सम्वाद समूह मार्फत समुदाय स्तरमा पुगेर त्यहाँको आर्थिक,सामाजिक, सांस्कृतिक,स्वास्थ्य तथा शैक्षिक पहुंचका बारेमा शसक्तिकरण गर्नु कम चुनौती बिषय नभएको तर सुनगाभाले ती चुनौतीहरुसंग सामना गर्दै अगाडी बढेको कार्यपालिका सदस्य कुंवरले बताउनु भयो।

सरस्वती माध्यमिक बिधालयका प्रधानाध्यापक शिवकला खनालले हरेक कुराले पछाडी परेको अवस्थामा सानो सहयोग प्राप्त हुदा ठूलै उपलब्धी भएको महसुस हुने अनुभव सुनाउनु भयो । आफ्नो बिधालयमा सम्वाद नामक कार्यक्रम संचालन गरेर बिधार्थीहरुको सृजनात्मक तथा अभिब्यक्ति कलाको बिकास भएको बताउदै प्रधानाध्यापक खनालले सुनगाभाले शैक्षिक क्षेत्रमा बिधालयको शैक्षिक गुणस्तर सुधार गर्न आर्थिक तथा भौतिक र सहजिकरणका कार्यक्रमहरु प्रदान गर्दै आएको बताउनु भयो ।
समुदायमा सुनगाभाले अधिकार र शसक्तिकरण तथा सेवाप्रदायक संस्थाहरुमा नागरिक पहुंच पुर्याउन गरेका जनचेतना मुलक कार्यक्रमहरुका प्रभावका कारण स्थानीय तहबाट लैंगिक समानतालाई लक्षित गरि बजेट विनियोजन र कार्यक्रमको संचालन आफै गर्न थालेको, समुदायमा लैंगिक समावेशीका सवालहरु सम्बोधन गर्नका लागि विभिन्न सञ्जाल बनि कार्य प्रणालीको व्यवस्थापन, बेचविखनको व्याख्या र कार्यक्रमहरु व्यापक विस्तार भएकाले जोेखिमका घटनामा कमी आएको, लक्षित बर्गहरु आफ्ना आयआर्जनहरुलाई दीगोपनका लागि व्यवस्थापन गर्ने जस्ता समुदायमा आधारित सकारात्मक कार्यहरु हुदै आइरहेको बिजयनगर महिला समूहका अन्जना रिजालले बताउनु भयो ।

यसैगरी सुनगाभा सामुदायिक बिकास केन्द्रले मानव बेचखिन बिरुद्धको परियोजना अन्तर्गत समुदायमा महिला तथा किशोरी समुहद्धारा समुदायमा भएका हिंसा तथा झैझगडाका २६ वटा घटनाहरु सम्बोधन गर्न सहजीकरण गर्न सबल भएका छन भने १५ जना किशोरीहरुलाई बिद्यालयसंगको सहकार्यमा ५० प्रतिशत शुल्क मिनाहा गरि बिद्यालय भर्ना र ८० जना बालबालिकाहरुलाई स्टेशनरी सहयोग गरि शिक्षाको पहुच सम्म पुराएका छन। सामाजिक परिक्षणमा सहभागी हुदै भैसाही माधयमिक बिधालयका प्रधानध्यापक टीकाराज गिरीले गत आ.व. २०७७/०७८ मा पालिकाको सहकार्यमा कञ्चन गाउंपालिकाका १० वटा आधारभूत विद्यालयमा बालमैत्री सिकाईमा पहूंच पुराउनका लागि ईन्टरनेट जडानबाट सिकाई प्रभावकारी भएको र नागरिक समाजका अगुवाहरुको समन्वय र सहकार्यमा ४ वटा घरेलु हिंसा ,३ वटा महिला हिंसा गरी समुदायका ७ वटा घटनाहरु सम्बोधन गरी न्युनिकरण गर्न सफल भएको बताउनु भयो ।

यस्तै सुनगाभा सामुदायिक बिकास केन्द्रले गत आ.ब.मा गरेका कार्यक्रम र उपलब्धी माथी समिक्षा गदै लायन्स क्लव अफ कञ्चन हरैयाका निवर्तमान अध्यक्ष राम बहादुर थापाले समाज रुपान्तरण तथा समुदायमा हुने बिभिन्न बिकृति र बिसंगती बिरुद्ध शसक्त आवाज उठाउन समुदायलाई सशक्तिकरण गर्नमा निकै मेहनत गर्दै आइरहेको बताउनु भयो । रुद्रपुर स्वास्थ्यचौकीका इन्चार्ज बिमला पाण्डेले सुनगाभा र रुद्रपुर स्वास्थ्य चौकी एक सिक्काका दुई पाटा जस्तै भएको अनुभव ब्यक्त गर्नु भयो । रुद्रपुर स्वास्थ्यचौकीबाट प्रवाह हुने सेवाहरुको गुणस्तरियता र सेवाग्राहीमैत्री बनाउन हरेक पटक सुनगाभा सामुदायिक बिकास केन्द्रबाट सहजिकरण हुदै आइरहेको बताउदै इन्चार्ज पाण्डेले सुनगाभाकै सहयोग र समन्वयमा रुद्रपुर स्वास्थ्यचौकी किशोर किशोरी मैत्री स्वास्थ्यचौकीको रुपमा बिकास भएको समेत उल्लेख गर्नु भयो ।

युनाइटेड मिसन टु नेपालका प्रतिनीधि तेज गैरेले कुनै पनि सेवा प्रदायक संस्थाहरुको सामाजिक परिक्षण गर्दा त्यो संस्थाले कहाँ,कसरी,किन र कसका लागि के काम गरेको छ र त्यसले समुदायलाई कस्तो प्रभाव वा असर गरेको छ भन्ने कुरामा ध्यान दिनु पर्नेमा जोड दिनु भयो । अवको सामाजिक परिक्षण सुनगाभाले मात्र होइन कि हरेक सेवा प्रदायकहरुले सेवाग्राहीहरुका बिचमा गर्न सके आफु सम्बद्ध संस्थालाई पारदर्शी बनाउन सकिने गैरे बताउनु भयो ।
केन्द्रका कार्यकारी निर्देशक गोपाल बहादुर के.सी.ले संस्थाको कार्यक्रम,उद्धेश्य र उपलब्धी बारे जानकारी गराउदै सेवाप्रदायकहरुले घरेलु हिंसाका ६ वटा र बलात्कारका यौटा घटना सम्बोधन गरेका छन यौन हिंसा तथा बलात्कारको घटनामा संलग्न ३ जना पिडकहरुलाई कारवाहीको दायरामा ल्याउन सफल भएको र स्थानिय तहले ३ वटा महिला समुहको भवन निर्माण तथा हिंसा रोकथामका कार्यक्रम संचालन गर्नका लागि ४लाख ५०हजार रुपैया सहयोग गरेको उल्लेख गर्नु भयो । यसैगरी गाउंपालिकामा संचालित महिला संजाल संचालनका लागि निर्देशिका तयार गर्न र कञ्चन गाउंपालिकाबाट रुद्रपुर ईलाका प्रहरी कार्यालयमा महिला छलफलका लागि गोपनीय कक्षको स्थापनामा सहयोग उपलब्ध गराउन सुनगाभाले सहजिकरण गर्दै आइरहेको कार्यकारी निर्देशक के.सी.ले जानकारी गराउनु भयो ।

युनाइटेड मिसन टु नेपाल र स्टेम फाउण्डेसन नेपालको सहयोगमा २७ वटा संवादमा ७४९ जना किशोर-किशोरीहरु प्रत्यक्ष सशक्तिकरणमा संलग्न भई उनिहरुको हक र अधिकारका लागि सशक्तीकरण बनाउन समुदायमा कार्यक्रमहरु संचालन हुदै आइरहेका छन । यस्तै ९८ वटा ग्रेजुयटमा १८०२ जना किशोरकिशोरीहरु समुदायका सवालहरुलाई नियमित रुपमा सम्बोधन गरिरहेको, ३५ वटा आमा संवादमा ९१० जना महिलाहरु आफ्ना सवालहरुमा नियमित छलफल र योजना तथा कार्यक्रम संचालन हुदै आएका छन।

सुनगाभा सामुदायिक बिकास केन्द्रका स्वयम सेवक सहजकर्ता र एनिमेटरहरुद्धारा संचालित ९८ वटा बालबगैंचामा २५२९ बालबालिकाहरु रहेको कार्यक्षेत्रमा संवाद कार्यक्रम संचालन हुंदा बिभिन्न स्थानहरुमा ७ वटा बालविवाह समेत रोकिएका छन भने ५२ वटा ग्रेडवाइज कक्षामा ६२३ जना बालबालिकाहरु नियमित रुपमा कक्षामा सहभागी भई शिक्षाको पहुंचलाई सरलिकरण हुदै आइरहेको छ।

सुनगाभा सामुदायिक बिकास केन्द्रका अध्यक्ष सुमित्रा बुढाथोकीको अध्यक्षतामा भएको सामाजिक परिक्षणमा कञ्चन गाउपालिकाका कार्यपालिका सदस्य लक्ष्मी देबी परियार, केन्द्रका लेखा समितिका संयोजक नाम बहादुर के.सी., कार्यसमिति सदस्य खडानन्द ज्ञवाली,रुद्रपुर साथी संजालका अध्यक्ष टीका थापा, सहजकर्ता मोनिका बि.क., गजेडी साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपाली लगायतले सामाजिक परिक्षणमा सहभागी भई आ आफ्नो धारणा ब्यक्त गर्नु भएको थिायो।
केन्द्रका उपाधयक्ष केशर बहादुर खत्रीको स्वागत तथा सचिव हिमा बेलवासेको संचालनमा भएको कार्यक्रमको सहजिकरण कञ्चन खवरका प्रकाशक तथा प्रधान सम्पादक जगिलाल थापाले गर्नु भएको थियो ।