तिमी :-२०७७/०१/२४ गते
श्री अध्यक्ष ज्यू,
कञ्चन गाउ कार्यपालिकाको कार्यलय,
कञ्चन-२,गजेडी रुपन्देही
बिषय :-तत्काल सडक स्तर उन्तीमा जोड दिनुहुन
महोदय,
उपयुक्त सम्बन्ध पछिल्लो समयमा समामजिक संजालमा हाम्रो गाउपालिका भित्र रहेका बिभिन्न सडकहरुको बारेमा भएका चर्चाहरुको बारेमा ध्यानाकर्षण गराउन चाहान्छु। हुन त बिश्वभर नोवल कोरोना भाइरसको बढ्दो संक्रमणले हाम्रो कञ्चन गाउपालिकालाई पनि त्रासमा पारेको छ। धन्न यतिबेला सम्म कोरोना संक्रमण भएको ब्यक्ति फेला परेको छैन र आशा छ यस्तो हुने छनै ।
अध्यक्ष ज्यू, आज मैले यो सार्बजनिक पत्र मार्फत कञ्चनका बिभिन्न सडकहरुको अवस्थाको बारेमा ध्यानाकर्षित गराउन चाहान्छु ।कञ्चनमा गत बर्ष करिब २५ देखि ३० किलो मिटर कालोपत्रे भएको कुरा कञ्चनकै एक मात्र सामुदायिक रेडियो कञ्चनबाट रबिभिन्न कार्यक्रमहरुमा कहिलेकाही हजुरकै बोलीबाट कालो पत्रे भएको र अधिंश सडक ग्राभेल भएको थाहा पाएंको थिए । म एक संचारकर्मी भएकोले कञ्चनको प्राय सडकहरु हुदै कञ्चनको बिभिन्न स्थानहरुमा पुगेको छु । जसले गर्दा लगभग कञ्चनका प्राय सडकहरुको अवस्था बुझ्ने मौका पाएको छु ।
हिउदमा खाल्डाखुल्डी भएपनि आवत जावतमा कुनै समस्या छैन । जव पानी पर्छन कञ्चनको असली सडकको अवस्था थाहा हुन्छ ।गत बर्षहरुमा गाउपालिकाबाट गरिएका कालोपत्रे गएिका सडकहरु कालोपत्रे गरेको बर्षदिन नबित्दै कतै उप्केका छन भने कतै गिटुटी निस्किन थोको छ ।सायद यसबारे त तपाई अवस्य पनि अवगत हुनुहुन्छ ।ती सडकहरुको परीक्षण नगरिकनै सडकमा कालो देखेपछि कतिपय जनप्रतिनीधिहरुले एक नम्वरको कालेपत्रे बनेको भन्दै दाबी समेत गर्नु भएको स्मरण छ ।जनप्रतिनीधिहरुबाट एक नम्बर कालोपत्रे भएको भनिएका सडकहरुको दुर्गती बर्ष दिनमै देख्न पाइएको छ ।
अध्यक्ष ज्यू
आफ्नो गाउपालिकाको वडा नं. १ र २ भन्दा प्राय वडा नं. ३,४ र ५ मा बढी हिड्ने गरेको छु ।तर वडा नं. १ र २ मा पनि प्राय सडकहरुमा पुगेको छु ।लगभग त्यहाका सडकहरुको अवस्था पनि राम्ररी थाहा छ ।वडा नं. १को दिवई टोलका अधिकांस सडकहरुको अवस्था निकै नाजुक छ ।अलि अलि झरी पर्नु पर्छ सडकहरु लिाम्मे भएर हिड्नै सकिन्न ।यस्तै वडा नं. १ को लौसा वडा नं. १ का जनप्रतिनीधि गोमा कार्कीको घर हुदै सैनामैना देवापार जाने सडकमा न ग्राभेल हुन्छ न त त्यहा कल्भर्ट तथा ह्युमपाइप राखिन्छ । तर हाम्रा जनप्रतिनीहरु कञ्चका सबै सडकहरुमा ग्राभेल भएको दाी गर्दै हिडेका छन ।यसगरी वडा नं. १ कै कमलचौक देखि पुर्ब बकलगाड जाने बाटोको अवस्था उस्तै नाजुक छ ।
अध्यक्ष ज्यू,
वडा नं. १ को बासगढी कञ्चनपुल जोड्ने सडक अन्तर्गत सानो उकाली नेर कालोपत्रे भत्केर ठूलो खाल्डो भइ बर्षामा जलमग्न र हिउदमा धुलाम्मे भएको बर्षौ भयो । झरी परेको बेला भैरमघाटको बाटो खराव हुदा वडा नं. ३ का सबै जनप्रतिनीधिहरु फायरलाइन हुदै बासगढीकै बाटो भएर गाउपालिका जादा सायद सोही बाटो भएर जान्छन होला र त्यो सडकको हबिगत पनि देखेकै हुनु पर्छ । वडा नं. २ को भैरमघाट पुलदेखि गाउपालिका सम्मको सडक पनि सायद हजुरले देख्नु भएकै छ ।बिशेष गरी मसिना सम्मको बाटो भएर त झरीको बेला आवत जावतमा निकै समस्या पर्छ ।
अध्यक्ष ज्यू,
ती सडकहरुको मर्मत सम्भार गर्नु पर्यो भन्दा कहिले प्रदेशको बजेटमा परेको छ त कहिले कुन बाटो केन्द्रले बनाउछ । तर न प्रदेशले बनाउछ न त गाउपालिकाले सामान्य मर्मत सम्भार गरेको छ । प्रदेशले नै बनाउने भएपनि त सामान्य मर्मत गरे तपाइको के नै जान्थ्यो र अध्यक्ष ज्यू ? आखिर आम कञ्चनवासीलाई भन्दा बढी त हजुर नै हो नि ती सडकहरुमा हिड्ने ।अरुका लागि नभएपनि आफ्नो लागि चएपनि त मर्मचत गर्नुस न है ।किन भने तपाइले भने जस्तो प्रदेहले त यो बर्ष पनि सडक कालोपत्रे गर्ने कुनै छांटकाट देखिदैन त ?
अध्यक्ष ज्यू,
माथ्नेले त के के मागहरु गर्लान तर म एक संचारकर्मी भएकोले प्राय हजुर पछिको दौडधुप गर्ने म पनि एक हुँ ।कहिलेकाही त यस्तो लाग्छ बिना स्वादैको किन दौडधुप गर्नु पर्यो भन्ने लाग्छ तर मनले मान्दैन किन भने म पनि एक सचेत नागरिक हुँ । अध्यक्ष ज्यू,हेर्नुस त पुर्तिघाट बजार देखि दियो हुदै बेलडाडां जाने सडक अवस्था कस्तो छ? पानी आएपछि त्यो बाटो भएर नहिडे हुन्छ ।तपाइलाई लाग्ला हिलो हुंदा नी किन हिड्नु पर्यो त्यो बाटो? होइन तपाई र म हिलो भएको बेला नहिडुला तर त्यही बाटो भएर हिड्नै पर्ने मान्छेहरुको बस्ती पनि छ भन्ने कुरा सोच्नु पर्दैन र ?
वडा नं. ४ को बेलडाडामा बनाइएको नमुना दलित बस्तीलाई तपाइले केको आधारमा नमुना बस्ती भन्नु हुन्छ अध्यक्ष ज्यू ? तपाइले भनेको नमुना बस्तीमा पुग्न कुन बाटो भएर पुग्नुहुन्छ?यदि त्यहं आगलागि भयो कुनै महामारी फैलियो भने समाधान गर्न दमकल र एम्बुलेन्स कसरी लैजानु हुन्छ? कि नोक्सान भएपछि मात्र चुकचुकाउने मात्र हो ?हाम्रो गाउपालिकाको नमुना बस्तीको आधार त्यस्तै हो र ?
अध्यक्ष ज्यू,
गरगरेदेखि चिसापानी देखि जप्ती र चापा देखि जप्ती हुदै बेलडाडा जाने सडक कहिले बन्छ ? कि आगामी चुनावको लागि पनि केही मसलाहरु राख्नु भएको हो?पिपरीचापा देखि बेलडाडा जाने बाटोको मर्मत किन नभएको हो ?जैसीखर्कचोक देखि पुर्तिघात,सोही चोक देखि दियो जाने र गरगरे सामुदायिक बन हुदै गन्धर्व बस्तीको बाटोमा ब्यबस्थित सडक कहिले हुन्छ ? वा ती स्थानहरुमा ग्राभेल हुंदा मापदण्ड पुग्यो कि पुगेन भनेर अनुगमन हुन्छ की नाई ? मैले त सुनेको वडा अध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा अनुगमन समिति बनाइन्छ रे ।के त्यो समिति आएको बिल अनुमोदन गर्ने र अनुगमनमा गएको भन्दै हस्ताक्षर गरी अनुगमन भत्ता पडकाउने मात्र हो?त्यसको मानिटरिंग गर्नु पर्छ की पर्दैन अध्यष ज्यू ?
अध्यक्ष ज्यू,
वडा नं. ४ को बेलडाडा हुदै गैडहवा जोड्ने सडक कहिले मर्मत हुन्छ ?त्यो सडकको अवस्थाको बारेमा ज्ञान त अवस्य छ होला हजुरलाई ।तर निरीह भएर हिडदै हुनुहुन्छ की?उक्त सडक अन्तर्गत बिरेन्द्रचौक देखि गैडहवा जोड्ने डिएसपीचौक सम्मको हबिगतका बारेमा त्यहाका टोल बिकास समितीले अवगत गराएनन की अवगत गराउदा गराउदै पनि बेवास्त गर्नु भएको हो अध्यक्ष ज्यू ?सम्बन्धित वडाका अध्यक्ष र जनप्रतिनीधिहरुले आफ्नो वडाका सडकहरुको बारेमा ब्रिफिंग गर्छन की नाई ?नत्र किन त्यो सडकको मर्मत हुदैन ? यस्तै बिरेन्द्रचौक देखि सालघारीचैक हुदै भैरमघाट जोड्ने सडकको अवस्था पनि अवस्य देख्नु भएकै छ होला सायद।यदि अवगत छैन भने यो सार्बजनिक पत्र मार्फत उक्त सडक भएर आवत जावत गर्न बर्षामा मात्र होइन हिउडको समयमा पनि निकै कठिन छ अध्यक्ष ज्यू?यदि त्यहको टोलबिकास संस्थाले सडक मर्मतका लागि योजना माग गर्लान नगर्लान तर म एक संचारकर्मी भएको नाताले र मपनि प्राय त्यो बाटो भएर हिड्ने भएकोले कृपया यस बर्षको बजेटमा सो सडकको स्तरउन्नतीका लागि बिशेष बजेट ब्यबस्थापन गरिदिनुहोला
अध्यक्ष ज्यू
यस बर्ष धौलागिरीचौक देखि रुद्रपुर मा.बि सम्मको बाटो कालोपत्रे हुने भन्ने सुनेको छु ।यदि कालोपत्रे गर्नको लागि कुनै सुरसार छैन फेरी पनि गत बर्षका कालोपत्रे सडक जस्तै १ नम्वरको कालोपत्रे भन्ने तर कालोपत्रे गर्दा प्रयोग गरिने इक्विप्मेन्टहरु उठाउन नभ्याउदै भत्कियोस ।अनि जैसीखर्क देखि सरकारी बोरिंग,सोही चैक देखि क्षेत्रीटोल जाने सडक यसपाली मर्मत हुन्छ की नाई अध्यक्ष ज्यू? यसैगरी म आफु बस्ने बुद्धनगर टोलको सडकमा पनि उस्तै खाल्डाखुल्डी भएर बर्षाको समयमा हिडडसल गर्न निकै समस्या पर्छ। यस्ता समस्याहरु निकै नै छन अध्यक्ष ज्यू।
अध्यक्ष ज्यू,
वडा नं. ५को भैसाही मा.बि देखि वडा नं. ५ का जनप्रतिनीधि मुक्तिराम बेलबासेको घर हुदै उत्तर भैसाही जाने सडकमा स्तर उन्नती कहिले हुन्छ?गौरी बजार देखि नेपाल टेलिकमको टावर निस्किने सडकको मर्मत हुन्छ की हुदैन?यसपाली गरगरे चौक देखि फिसल्याण्ड पुग्नेबाटो कालोपत्रे हुने कुराले मलाइ खुशी लाग्यो ।हो कालोपत्रे बनिनु पर्छ तर त्यो बाटो कालोपत्रेमा किन प्राथमिकतामा पर्यो ? बढी प्रयोग हुने र आवत जावत हुने सडक घनश्यामचैक देखि गौरीबजार हुदै भैसाही नस्किने बाटो र गौरी बजार देखि गंगालाल पौडेलको घर हुदै बर्गदवा जोड्ने सडकको कालोपत्रे त के कुरा राम्ररी ग्राभेल गरेर स्तर उन्नती गर्ने योजना किन बन्दैन अध्यक्ष ज्यू ?
अध्यक्ष ज्यू,
वडा नं. ३ को कथा पनि अरुको भन्दा कम छैन ।फेरी वडा त हजुरको वडा पनि हो । प्राय आम जनताले अध्यक्षको वडामा त बढी बजेट परेर सडक र भौतिक पुर्वाधारको स्तर निकै रामे बन्यो होला । तर आम नागरिक सोचे अनुसार वडा नं. ३ छैन । वडा नं. ३ को हर्नाचौर देखि भावनाटोल हुदै मलावर देबी जाने सडकको बाटोको अवस्था कति नाजुक छ भन्ने कुरा त त्यहाका स्थानियहरुले पनि पटक पटक हजुर समक्षा कुरा उठाउदै आएका छन । तर खै अध्यक्ष ज्यू हजुरले सुन्नु नै भएन रे स्थानियहरु गुनासो गरेका यसबारे ध्यान दिनु भएको छ? दुर्गा मन्दिर देखि जनचाहना झारगैरा जाने बाटोको अवस्था कति नाजुक छ भन्ने कुरा यसपत्रमा ब्याख्या गरि साध्य छैन। यस्तै धौलागिरीचैक देखि मधु पौडेलको घर हुदै बुद्धचौक जोड्ने सडकमा पनि झरी परेको बेला हिडि साध्य छैन अध्यक्ष ज्यू ।यसैगरी बुद्धचौक देखि धापुगे लामाको भर हुदै मलावरदेबी जाने सडकमा पनि २० बर्ष अगाडी जनताले पैसा उठाएर गरेको ग्राभेल बाहेक अरुबेला मर्मत भनेर बजेट परेको जस्तो लाग्दैन किन भने त्यहाको अवस्था उस्तै खल्डाखुल्डी छ ।
अध्यक्ष ज्यू,
सोंगाचौक देखि तिनकुने,धमिनाताल सामुदायिक बनको किनार हुदै प्रतापुरचौक जोड्ने सडकमा कहिलेकाही हजुरको दृष्टि पुगेको छ की छैन ? यी त प्रतिनीधि मुलक सडकहरु हुन।यस्ता सडक र बाटोहरु जुन म प्राय हिड्ने गर्छु ती बिग्रेका र खाल्डाखुल्डी परेका बाटाहरु कति छन जुन मैले चौक,टोल र सडकको नामहरु जानेको छैन र उल्लेख गर्न सकेको छैन ।मैले माथी उल्लेख गरेका सडकहरुमा पनि नाम र टोल तथा गाउको नाम नजानेको हुनसक्छु । जति उल्लेख गरे ती सबै नमुनाहरु हुन ।
अध्यक्ष ज्यू,
यसबारे यस बर्षको बार्षिक कार्ययोजनामा समबन्धित वडाका जनप्रतिनीधिहरुको समन्वयमा सम्बन्धित वडाका टोल बिकास संस्थाक प्रतिनीधिहरुसंग योजना माग गरी सडकको स्तर उन्नती गर्नमा बिशेष चासो हुनेछ भन्ने बिश्वास गदर्छु ।
बोधार्थ
१, कञ्चन गाउपालिकाका ५ वटै वडा अध्यक्ष तथा वडा कार्यलयहरु
२, प्रमुख प्रशासकिय अधिकृत
लक्षमण भुजेल
कञ्चन ४,रुपन्देही