पालना गर्नै पर्ने कुरा : अब कसैले कसैलाई अटेर नगरौं। आ-आफ्नो ठाउ र क्षेत्रमा एक आपसमा सहयोग र समन्वय गरौं ।लकडाउन बारे बहस नगरी घरमै बसी पालना गरौं।नेपालमा एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ पुग्यो
२२ बैसाख,सैनामैना
रुपन्देहीमा एक कोरोना सङ्क्रमित व्यक्ति फेला परेपछि सैनामैना नगरपालिकाले थप कडाई गर्दै दक्षिण भेगमा उच्च सर्तकता अपनाउने भएको छ ।
नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीको अध्यक्षतामा हिजो बसेको विपद व्यवस्थापन तथा राहत कोषको बैठकले वडा नं ४ स्थित मुर्गिया– लुम्बिनी सडक र वडा नं ७ स्थित कलौनी– लुम्बिनी सडकको दक्षिण नाकामा कडा निगरानी गर्ने निर्णय गरेको छ ।
वडा नं ४ स्थित मुर्गिया– लुम्बिनी सडक र वडा नं ७ स्थित कलौनी– लुम्बिनी सडकबाट तराइ मुलका आफन्त तथा नातेदारहरु भारततर्फबाट आउने व्यक्तिहरुको आवातजावत वढी भएकोले दक्षिण नाकामा कडा निगरानी निर्णय भएको नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभएको छ ।
प्रमुख कार्कीले बन्दाबन्दीको उल्लंघन हुन नदिन वडामा वडाध्यक्षको संयोजकत्वमा जनप्रतिनिधि, समाजसेवी र प्रहरी सहितको संयुक्त अनुगमन गस्ती टोली गठन भएको उल्लेख गर्दै नगरपालिका भित्रका प्रत्येक टोलमा वडासदस्य, टोल विकास संस्थाका अध्यक्ष र स्थानीय क्लब तथा आमा समूहका प्रतिनिधि रहेको तीन सदस्य अनुगमन समिति समेत निर्माण भएको जानकारी गराउनु भएको छ ।
सो बैठकले नगरपालिका भित्र रहेका सामूदायिक वनभित्रका वनमा अनाधिकृत प्रवेशमा समेत रोक लगाउदै दैनिक उपभोग्य वस्तुको बिक्री वितरण गर्न विहान ८ बजेदेखि ३ बजेसम्म पसल खुला राख्ने निर्णय गरेको छ ।
कृषकलाई चाहिने आवश्यक मल र बिउको प्रबन्ध मिलाउने बैठकबाट निर्णय समेत गरिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेक राज पन्थीले बताउनु भएको छ । धान बाली लगाउने समय आएकोले कृषि शाखा मार्फत कृषकलाई सुरक्षित तरिकाले बिउ तथा आवस्यक रासायनिक मल उपलब्ध गराउने समेत योजना रहेको पन्थीले बताउनु भयो ।