२८ भदौ,काठमाण्डौ
‘प्रधानमन्त्रीले बिहीबारदेखि नै गठबन्धन आबद्ध दलबाट मन्त्रीका लागि नाम माग्दै आउनु भइरहेको छ तर संख्या कम भयो । पुग्दैन भन्ने कुराले लिस्ट प्रधानमन्त्रीलाई दिइएको छैन, उपप्रधानमन्त्रीमा पनि बार्गेनिङ भइरहेको छ,’ ती कांग्रेस नेताले भने ।नेपाली कांग्रेसका सहमहामन्त्री डा। प्रकाशसरण महतले प्रधानमन्त्रीले केही दिनमा नै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए । ‘प्रधानमन्त्रीले नाम मागिसक्नु भएको हो तर पाउनुभएको छैन । केही दिनमा नै मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री लागिरहनु भएको छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।त्यसो भए प्रधानमन्त्रीलाई अप्ठेरो कहाँ प¥यो त रु कांग्रेसका प्रधानमन्त्री निकट रहेका एक प्रभावशाली नेताले सत्ता गठबन्धन आबद्ध दल नेकपा एकीकृत समाजवादी र जसपाले मन्त्रीको संख्यामा बार्गेनिङ गरेपछि समस्या भएको जानकारी दिए ।‘उहाँहरूको आफ्नो पोजिसन र संख्या हेर्नु हुन्न, उहाँहरू बार्गेनिङमा लाग्नुभएको छ, संख्या कम हुँदा कुरा मिल्न सकेको छैन,’ कांग्रेसका ती नेताले भने । स्रोतका अनुसार माधव नेपालको दल नेकपा एस र जसपाले कांग्रेस र माओवादी केन्द्रको बराबर संख्यामा मन्त्री मागिरहेका छन् । तर, संविधानले नै मन्त्रीको संख्या २५ निर्धारण गरेकाले उनीहरूको माग पूरा गर्न प्रधानमन्त्री सक्ने अवस्थामा छैनन् ।
यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादवको बार्गेनिङ उपप्रधानमन्त्रीमासमेत छ । तर, प्रधानमन्त्री देउवा यसपटक मन्त्रिमण्डलमा उपप्रधानमन्त्री राख्ने सोचमा छैनन् ।‘उपेन्द्रजीको डिमान्ड उपप्रधानमन्त्री पनि हो । उहाँ उपप्रधान पाए आफैं सरकारमा आउन इच्छुक हुनुहुन्छ, त्यसो गर्दा सबै दललाई उपप्रधान दिन सकिँदैन । आलोचना बढी हुने काम गर्न प्रधानमन्त्रीले चाहनुभएकै छैन,’ एक नेता भन्छन् ।प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री राख्दा आफ्नै दलभित्रको गुटलाई पनि मिलाउन सकस पर्नेछ । यस्तै, माओवादी केन्द्रबाट पनि उपप्रधानसहितको मन्त्री राख्नुपर्ने अवस्था आउँछ । त्यसो गर्दा सरकारमा चार जनाभन्दा बढी उपप्रधानमन्त्री राख्नुपर्ने र त्यसो गर्न देउवाले चाहेका छैनन् ।हाल सरकारमा प्रधानमन्त्रीसहित कांग्रेसबाट गृह र कानुनमा फुल मन्त्री छन् । यस्तै, स्वास्थ्यमा एक राज्यमन्त्रीसमेत कांग्रेसबाट सरकारमा चार जनाको सहभागिता छ ।
यसैगरी, माओवादी केन्द्रबाट सरकारमा अर्थ र ऊर्जामन्त्री सहभागी छन् । अब भने संख्या पहिले टुंगिएपछि कुनकुन मन्त्रालय लिने भन्ने विषयमा पनि दलबीच विवाद हुने अवस्था छ । जसपाले भौतिक र परराष्ट्र मन्त्रालय चाहिरहेको छ भने माधव नेपालको दलले स्वास्थ्यसहितका शक्तिशाली मन्त्रालयमा नजर लाइरहेको छ ।यसैगरी, अन्य प्रभाव राख्ने मन्त्रालयमा पनि गठबन्धन आबद्ध दलको नजर परिरहेको छ । यसो हुँदा मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री देउवालाई एकपछि अर्को गर्दै गठबन्धन आबद्ध दलबाटै समस्या सिर्जना हुँदै जाने देखिन्छ ।