२०३३ असार १७ गते बुधबारका दिन अमुक घडी अमुक पलामा पवित्र द्वार हुँदै जिन्दगी जगतमा आयो ।
जगत अवतरण पश्चात् जिन्दगी एक बाजी रोयो । तत्पश्चात जिन्दगीलाई नुहाइ धुवाइ गराइवरी न्यानो थाङ्नामा बेरबार पारियो । राधिका जननीको बिगौती दुधको भोजन गराइयो । एक नवजात पेट दूधको भोजन ग्रहण गरिसके पछि जिन्दगी सुकला गर्दा भयो ।
जिन्दगी जगतमा आगमन भएको छैठा¹ दिन , उसको स्वागतार्थ सानो तिनो एउटा भव्य समारोह आयोजना तदनुसार गरियो ।
२/४ नाल भरुवा बन्दुक आकाशतिर फर्काएर पड्काइयो ! एउटी बाँझो बाख्री काटेर मासुको झोल पकाइयो । मकैको रक्सी र कोदोको जाँडको “सोमरस’’ तयार पारियो ।
छिमेकीहरूले खुब खानपिन गरे । रागिलो छिमेकीहरूले खरी झरेको मादल बजाएर झाम्रे गाउँदै नाचे ।
जिन्दगीलाई यी सब कुरासँग खास कुनै लेन देन थिएन । बरु उसलाई भोक लाग्यो । भोक लागे पछि जिन्दगीलाई रुन मन लाग्यो ।
जिन्दगी रोयो ! जिन्दगी हास्नु कम रुनु ज्यादा त छ ।
जिन्दगी रोए पछि राधिका जननीले जिन्दगीको मलमुत्रको थाङ्ना फेरि दिएर दूधको भोजन गराइन । जिन्दगीले दुध खाँदै गर्दा बाहिर सालैजो भाकामा बाघले पानी खाँदै थियो ।
“सालैजो, पानी खायो बाघै लेऽऽऽ,
पानी खायो बाघै ले.....।’’
आज आगमन को छैठा¹ दिन । “भावी’’ले जिन्दगीको भाग्य लेख्नेछन् । तसर्थ आज राती सिरानीमा कालो पाटी र चक राखिदिनु पर्छ भन्ने आदिम मान्यता अनुसार कालो पाटी र चक खोजियो । एउटा धुलौटे पाटी त जसो तसो भेटियो चक भेटिएन । बनझाँक्री माल्बाउले चक नभए अङ्गार राखे पनि हुन्छ भन्नुभएकोले त्यसै गरियो ।
भोलि बिहान धुलौटे पाटीमा केही पनि लेखिएको थिएन । कमरेड “भावी’’ कोदोको रक्सी खाँदै बाटोमाथि काइली डेइसँग रातभर झाम्रे गाएर बाहिर बाटै फर्केको हुनुपर्छ ।
२०३८ माघ वसन्तपन्चमीका दिन जिन्दगीले धुले पाटीमा करेन्सी ‘क’ (साविकको कपुरी ‘क’) लेख्यो । जसको लागि राधिका जननीले जिन्दगीलाई फकाइ फुल्याइ पिठ्यँुमा बोकेर सानो पोखरी (गाउँको एउटा सानो पोखरी जुन हिउँद यामभरी सुख्खा हुन्थ्यो) खुल्ला संसार प्राथमिक विद्यालयमा पुर्याउनु भयो, हातमा गाई पैसा राखिदिनुभो र साँझ घिउ हालेर पकाएको कोदोको रोटी खुवाउने प्रलोभन पनि दिनुभयो ।
पदम दाइ सरले उसको उमेरले कोमल तर धुलो र मैलोले जर्जरिएर फुटेको दाहिने हातमा खरी ढुङ्गा सहित समाएर गोलाकार घुमाउनु भो । ठाडो रेखा कोर्नु भयो । अर्धगोलाकार घुमाउनु भयो । तेर्सो रेखा कोर्नु भयो । र जिन्दगीले मिस सरस्वतीको जन्म दिनको दिन पहिलो पटक करेन्सी ‘क’ (साविकको कपुरी ‘क’)
लेख्यो । पढ्यो ।
तत्पश्चात उसले क ख ग हुँदै ज्ञानी ज्ञ सम्म पढ्यो । यो कुरा बेग्लै हो, ऊ आज पर्यन्त ज्ञानी हुन सकेन । क ख ग पछि उसले अ आ इ ई पढ्यो । १ २ ३ ४ पढ्यो । small र capital ABCD पढ्यो । 1 2 3 4 पढ्यो ।
जिन्दगीले महेन्द्रमाला पढ्यो । सामाजिक शिक्षा पढ्यो । नैतिक शिक्षा पढ्यो । विज्ञान पढ्यो । व्यावसायिक शिक्षा पढ्यो । संस्कृत पढ्यो । महाइन्द्रजाल पढ्यो । कम्युनिस्ट मेनुफेस्टो पढ्यो । निलो चोली पढ्यो । लुकेको समाज पढ्यो । युधिस्थिर थापा र प्रकाश कोविद पढ्यो ।
“आँसु दिएर मोती बटुले
हार भएन जित हाँगाबाट खसेको फुलले
भुल्न सकेन प्रित’’
एक ब¹समा जिन्दगी जीवन लीलासँग गहिरो प्रितमा प¥यो । प्रेम उत्कर्ष पुगेकै एउटा दिन जीवनलिलाको पिता ब्रम्हा अधिकारीले जिन्दगीको २÷४ करङ् सोझ्याउने बन्दोबस्त ग¥यो ।
‘‘फिर भि जिन्दगी ने दिवानगी कि हद तक बेइन्तहा प्यार करता रहा ।
चोरी चोरी चुपके चुपके और ज्यादा रोमान्स करता रहा ।।’’
........ ........ .......
“प्रिय जिन्दगी, पिताजीले मेरो विवाह बिष्णु कुइकेलसँग गरिदिँदै हुनुहुन्छ ।’’ एउटा जुनेली रातमा गुराँसको फेदमुनि जीवनलिलाले भनी ।
“तिमी के भन्छौ त ?’’ जुनेली रातमा जुन जस्तै देखिने जीवनलिलालाई हेर्दै जिन्दगीले भन्यो ।
“तिमी चाँहि के गर्छौ त ?’’ जीवनलिला जुनेली रातमा अमावश्यको रात जस्तो देखिन खोजी ।
........... ...... ........
“हमने घर छोडा है
रस्मोको तोडा है
दुर कहीँ जाएगें, नयी दुनियाँ बसालेगेंं ।।’’
बिहानको झुल्के घामसँगै पश्चिम्तर्फ गुडिरहेको एउटा थोत्रो ट्रकमा सन्जय दत्त जस्तो लामो केश पालेको ट्रक ड्राइभरले थोत्रो क्यासेट प्लयेरमा आमिर खान र माधुरी दिक्षितको “दिल’’ बजाउँदै थियो । ट्रकको पछिल्लो सिटमा जिन्दगीले जीवनलिलाको हात सुम्सुमायो ।
गोधुली साँझमा अज्ञात ठाँउको एउटा जिर्ण मन्दिर÷मस्जिद÷गिर्जा घरअगाडि जिन्दगीले जीवनलिलासँग गान्धर्व विबाह सुसम्पन्न गर्यो र नयाँ जिन्दगीको सुरुवात गर्यो । त्यो रात जिन्दगीले सुहागरात मनायो । जिन्दगीले जीवनलिलालाई भोग्यो । भोलिपल्टदेखि जिन्दगीले बाँकी सुख भोग्यो । दुःख भोग्यो । हाँसो, खुशी, रोदन, चित्कार भोग्यो । घृणा, द्वेष, रिस, राग भोग्यो । अनिकाल, सहकाल, भोकमरी, अतिवृष्टी, अनावृष्टी भोग्यो । आँधिबेरी, झरी, घामपानी भोग्यो । समाज, धर्म, राजनीति भोग्यो । जिन्दगीको तत् तत् उतारचढाव भोग्यो ।
“ओहो, यावत कुराहरू भोग गर्दागर्दै जिन्दगीको लगभग एउटा जुनी बितेछ ।’’ घामसँग उठेर आफैले बनाएको एक मग कालो कफी पिउँदै गर्दा, धवलागिरी हिमाल हेर्दै जिन्दगीले महसुस गर्यो । धवलागिरी हेरेर जिन्दगीलाई अर्को “अहो’’ याद आयो ।
“अहो, एक दिन हिमाल पारीको त्यो “मुक्ति’’ नाथ धाम जान्छु भनेको पनि थुप्रै हजार दिन भएछ ।’’
सोही बेला चित्रसेन गुप्त नाम गरेको एउटा हुलाकीले जिन्दगी लाई “कात्रो कलर’’को खाम थमायो । खामको बाहिरपट्टि एच एन्ड एच टुर्स एन्ड ट्रावल्स लेखिएको थियो । जिन्दगीले खाम खोलेर हे¥यो ।
“श्रीमान् जिन्दगी, तपाईंलाई निशुल्क “मुक्ति’’ नाथ दर्शनको चिट्ठा परेको सहर्ष जानकारी गराउँदछा¹ । भोलि बिहान २०७५ माघ २४ गतेका दिन बिहान ठिक ५ बजे तयार भएर बस्नु होला ।’’
मैले काट्दै नकाटेको चिट्ठा मलाई कसरी प¥यो ? जिन्दगीले चार पाँच छिन गम खायो । र मगमा बाँकी रहेको कालो कफी खाइ सिध्यायो ।
भोलिपल्ट ५ बजे मिस्टर जेम्स पह¸लो नम्बर प्लेटको पिकअप भ्यानमा जिन्दगीलाई ‘पिक अप’ गर्न आइपुग्यो ।
“गुड मर्निङ्ग मिस्टर जिन्दगी ! म जेम्स ।’’ पाचा¹ गियरमा गाडी दौडाउँदै मिस्टर जेम्सले भन्यो ।
“हेलो, म जिन्दगी ।’’
“ मलाई थाहा छ, तपाईंको नाम । मलाइ तपाईंको बारेमा सबै थाहा छ । चित्र सेन गुप्तले तपाइँको सम्पुर्ण विवरण मलाई उपलब्ध गराएका छन ।’’ मिस्टर जेम्सले यति भन्यो र चुपचाप गाडी दौडायो ।
उनीहरू तेस्रो÷उकाली÷ओराली गर्दै “मुक्ति’’ नाथ धाम पुगे । “मुक्ति’’ नाथ दर्शनको लागि जिन्दगी मुक्तिकामी मनुष्यहरूसँग लाम लागेर आफ्नो पालो÷समय पर्खन लाग्यो । मिस्टर जेम्स भने सिधै मिस्टर “मुक्ति’’ नाथको कार्यकक्षमा गयो । केही समय “मुक्ति’’ नाथका कारिन्दाहरूले पनि बुझ्न् नसक्ने अलौकिक भाषामा संवाद ग¥यो । र निस्कियो ।
“मिस्टर जिन्दगी, म तपाईंलाई तल ‘यति रेस्टुरेन्ट’मा पर्खिरहेको हुनेछु ।’’ भनेर मिस्टर जेम्स ‘यति रेस्टुरेन्ट’तिर हिँड्यो । ‘यति रेस्टुरेन्ट’मा उसले याकको सुकुटी प्लेट–१, मार्फा(स्थानीय ह्विस्की) बोतल–१ अर्डर ग¥यो र चित्र सेन गुप्तलाई सेटेलाइट फोनमार्फत सम्पर्क गरेर मिस्टर जिन्दगीसँग अझै कति समय बाँकी छ भनी सोध्यो ।
यता जिन्दगीले आफ्नो पालो आएपछि “मुक्ति’’ नाथको दर्शन ग¥यो । त्यसपछि १०८ धारामा स्नान गर्यो । आफूले आफैलाई “मुक्त’’ फिल ग¥यो ।
मिस्टर जेम्सले मार्फाको अन्तिम चुस्की लगाउनु सँगसँगै जिन्दगी त्यहाँ उपस्थित भयो । अब पह¸लो नम्बर प्लेटको पिकअप भ्यानमा जिन्दगीलाई मिस्टर जेम्स ओरालो झार्दै थियो । दुबै मौन थिए । कागबेनी, गण्डकीमाथि आइपुग्दै गर्दा मिस्टर जेम्सले मौनता भङ्ग ग¥यो ।
“फेरि पनि नमस्ते मिस्टर जिन्दगी, म ...’’, मिस्टर जेम्सले आफ्नो परिचय पुनः दिन सुरु गर्न खोज्दै थियो । बीचैमा जिन्दगीले भन्यो, “मलाई थाहा छ, तपाईं मिस्टर जेम्स हो ।’’
“हो, मेरो पेट नेम जेम्स नै हो । खासमा म Haven & Hell tours & Travells एच एन्ड एच टुर्स एन्ड ट्राभल्सको MD हूँ ।’’
“ओ, आइ सी !’’ जिन्दगीले भन्यो ।
प्रत्युत्तरमा मिस्टर जेम्सले “मिस्टर जिन्दगी, तपाईं अब यो संसारलाई अन्तिम पटक हेर्नुहोस्’’ भन्यो र जिन्दगीले मिस्टर जेम्सले भनेको कुरा बुझ्न नपाउँदै पह¸लो नम्बर प्लेटको पिकअप भ्यानको स्टेरिङ्ग कालीगण्डकीतिर मोड्यो ।
भोलिपल्ट जोमसोम प्रहरी कार्यालयबाट गएको उद्दार टोलीले जिन्दगीलाई मृत भेटे । मिस्टर जेम्सको अत्तोपत्तो थिएन ।
सन्जय काउछा
८ फागुन २०७५
COMS भरतपुर
बेड नं ४०४
साभार :
सञ्जय काउछाको कथा संग्रह जिन्दगीबाट