१९ बैशाख,बुटवल
रुपन्देहीमा १ जनामा कोरोना पुष्टी भएको छ ।रुपन्देहीमा कोरोना संक्रमित फेला परिसकेपछि प्रदेश नं. ५ पनि कोरोना संक्रमणबाट अछुटो रहेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा. समिर कुमार अधिकारीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा रुपन्देहीको कोटहिमाईका एक युवामा कोरोना पुष्टि उल्लेख भएसंगै प्रदेश नं. ५ पनि कोरोना संक्रमणबाट अछुटो रहन नसकेको हो।
२५ बर्षिय ती युवा बैसाख ५ गते लकडाउनकै समयमा खुल्ला सिमानाको फाईदा उठाउदै नेपाल पसेको बताईएको छ र उनी स्थानीय कवारेन्टाईनमा बस्दै आएका थिए ।रुपन्देहीको कोटहीमाईमाका कोरोना संक्रमित युवा बैसाख ५ गते भारतको दिल्लीबाट नेपाल आएको खुलेको छ ।
उनको स्वाव टेकु अस्पताल काठमाण्डौमा गरिएको पि.सि.आर. परिक्षणमा कोरोना पुष्टि भएको बताईएको छ । संक्रमित पासी थरका युवा भएको र उनी अहिले बुटवलको रामनगरमा रहेको कोरोना बिशेष आईसुलेसन अस्पतालमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले बताउनु भएको छ ।
लकडाउनकै बिचमा १४ दिन पहिले नेपाल र भारत खुल्ला सिमानाको फाईदा उठाउदै नेपाल छिरेका थिए ती युवा दुवै तर्फ लकडाउन भएको अवस्थामा समेत खेतखेत हुदै बैशाख ५ गते गाउं आएको पाईयो रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताउनु भएको छ ।
भारतबाट आएको थाहा पाएपछि उनलाई बैशाख ५ गते नै कोटहीमाई गाउंपालिकामा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको गाउंपालिकाले जनाएकोछ । मर्चवार क्षेत्रमा पर्ने कोटहीमाई भारतसंग सिमा जोडिएको गाउंपालिका हो ।
कोटहीमाई गाउंपालिकामा संचालित क्वारेन्टाईनको व्यवस्थापन हेर्दै आएका गाउंपालिकाका ईन्जिनियर नुरुल हुेसन खानका अनुसार उनलाई गाउ आएको जानकारी पाउना साथ स्थानीय क्वारेन्टाईनमा राखिएको थियो । बाहिरबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाईनमा राखि उनिहरुको स्वाव परिक्षण गर्ने क्रममा आज शुक्रवार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
गाउंपालिकाका स्थापना गरिएको क्वारेन्टाईनको व्यवस्थापन हेर्दै आएका ईन्जिनियर खानले ती युवामा संक्रमण पुष्टि भएपछि उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिरहेको जानकारी दिए ।
रुपन्देही र नेपालगञ्जमा फेला परेका दुवैजना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश ५ मा भने शुक्रवार मात्रै पहिलो पटक संक्रमित फेला परेका हुन् ।
त्यसैगरी नेपालगन्जमा बिहान २ जना कोरोना संक्रमित भएको सार्बजनिक भएकोमा एकजना रुपन्देहीको बसिन्दा भएको छ भने संक्रमित दुवै जना मुस्लिम समुदायका पुरुष भएको बुझिएको छ। रुपन्देहीका ती ब्यक्तिलाई त्यहिकै क्वारेन्टाइनमा बस्दै आएको बताईएको छ । एकजना भने नेपालगञ्जकै बासिन्दा भएको उनी बिदेशवाट आएका थिए ।नेपालगंजमा कोरोना संक्रमित भनिएका २ जना ब्यक्तिहरुमा कोरोना भए नभएको बारे बारेमा भने स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयले भने पुष्टि गरि सकेको छैन ।