#जगिलाल थापा
रुपन्देही कञ्चनका तारानाथ न्यौपाने साइकल ब्यवसायी हुन। १० बर्ष अघि उनले बिदेशबाट कमाई ल्याएको २ लाख रुपैया साइकल ब्यवसायमा लगानी गरेका हुन। छिमेकी र आफन्तले साइकलको पञ्चर टाल्ने पसलमा लगानी गरेर तेरो भबिष्य छैन भनिरहदा पनि उनले छिमेकीको सुझावलाई एकापट्टी राखेर ३५ हजारको साइकलको सामान भएको सटरलाई १ लाख भन्दा बढी लगानी गरेका थिए उनले । उक्त सटरमा थप १ लाखको सामान राखेर साइकलको पञ्चर टाल्न एकजना मजदुर राखेर व्यवसाय शुरु गरे ।आफै पनि काम गर्न शुरु गरेका तारानाथले त्यही ब्यवसायबाट ८ कट्ठा जमिन र १३ धुर घडेरी किनेर ५० लाख भन्दा बढीमा घर बनाएका छन ।
उनले आफु बिदेशमा रहदा उनले काम गर्ने मालिकसंगको संगतले कसरी ब्यबसाय गर्ने भन्ने धेरै सिकाई सिकेका थिए। अहिले उनिसंग करिब १ करोड भन्दा बढी साइकलका स्टक सामान छ। उनि आफै पनि मेहनती र फजुल खर्चमा सतर्क छन। मेहनत,इमान्दारिता र ब्यवसायलाई निरन्तरता दिन सके एक दिन सफल भइने कुरामा उनी बिश्वास राख्छन। त्यसैको उपलब्धी हो आज उनी साइकल मर्मत पसलबाट साइकल सप्लायर्सको रुपमा आफ्नो ब्यबसायलाई स्तरोन्नती गर्न सफल हुनु ।
एक श्रीमती र दुई सन्तानका अभिभावक समेत रहेका तारानाथले साइकल बनाउने र मर्मत गर्ने मिस्त्री राखेर ४ जनालाई रोजगार समेत दिएका छन। एभरेष्ट साइकल पसल र ग्लोबल साइकल सप्लायर्स गरी दुईवटा फर्म संचालन गरेर सफल ब्यवसायीको रुपमा चिनिदै आएका ३५ बर्षिय न्यौपानेले बिदेश जादा लाग्ने पैसा यही गाउँठाउँमा लगानी गरे जिवन निर्वाहका लागि कसैसंग हार गुहार गर्न नपर्ने अनुभव सुनाउछन। आफ्नै गाउँठाउँमा मेहनत गरे नुन देखि सुन सम्म फलाउन सकिने र देशको राष्ट्रिय उत्पादनमा टेवा दिन सकिने न्यौपानेको भनाइ छ। ५ रुपैया आम्दानी गरेर १० रुपैया खर्च गर्ने बानीकै कारण नेपालीहरुले प्राय आफ्नो व्यवसायमा सफलता प्राप्त गर्न नसकेको उनको भनाइ छ । उनले हरेक ब्यवसायलाई सफल बनाउन मितव्ययिता र कामको निरन्तरता हुन जरुरी रहेको बताए । अरुले के भन्छन भन्ने तर्फ नभई मैले केका लागि के गर्दै छु भन्ने कुराको पहिचान गर्न सक्नेले आफ्नो यात्रालाई सहजै अवतरण गर्ने अनुभव संगालेका न्यौपानेले आगामी १० बर्ष भित्र ३०/३५ जनालाई रोजगार दिने व्यवसायिक फर्म संचालन गर्ने योजना बनाएको बताए ।
कञ्चनमा मात्र ४० जना साइकल पसलमा साइकल र साइकलका सामान होलसेल दरमा बिक्री गर्दै आएका न्यौपानेले आफ्नै पसलको नाममा साइकल उत्पादन गरी बजारमा ल्याउने तयारी गरेको बताए । अहिले कपिलबस्तु, नवलपरासी,पाल्पा लगायतका पसलहरुमा साइकल सप्लाई गर्दै आइरहेका न्यौपानेले महिनामा २० देखि ३० लाख रुपैयाको साइकलका सामानहरु भारतबाट आयात गर्दै आएका छन।
अहिले उनले भारतमा उत्पादन हुदै आएका निलम, नोभा,कोहिनुर लगायत कम्पनीले उत्पादन गरेका साइकलहरु सप्लाई गर्दै आएका नयौपानेले मोटरसाइकल र अटो रिक्साको टायर र ट्युवको समेत होलसेल डिलरको रुपमा ब्यवसाय समेत गर्दै आएका छन। शुरुमा आफन्त र छिमेकीहरुले साइकल पसल खोलेर बस्दा यसमा कुनै भबिष्य छैन भनेता पनि उनि आफ्नो ब्यबसायमा प्रतिबद्ध र बिश्वास रहेका कारण आफुले अहिलेको अवस्थामा आइपुगेको बताए ।
बिश्वभर महामारीको रुपमा कोरोना संक्रमण फैलिएसंगै अरुको ब्यबसाय धरासयी भएको बेला उनको साइकल पसल भने झन राम्रो भएको र साइकलको बिक्री झन बढेको न्यौपानेले बताए।
न्यौपानेका अरु दुईभाई मध्ये माइलो भाइले सैनामैनामा रेष्टुरेण्ट संचालन गर्दै आएको र अर्का कान्छा भाइ अध्यनरत छन। अर्घाखांचीको शितगंगामा जन्मिएका न्यौपाने युवाहरुले स्वदेशमै बसेर उधम तथा इलम गर्नु पर्ने र देशलाई रेमिट्यान्सले नभई उधम गरेर देशको आम्दानी बृद्धि गर्नु पर्ने बिचारलाई प्राथमिकता दिन आवस्यक भएको बताउछन् । राज्यले पनि युवाहरुलाई बिदेश पठाएर उनिहरुले पठाएको रेमिट्यान्सले देश चलाउने व्यबस्थालाई अन्त्य गरी युवाहरुलाई स्वदेशमै लगानी गर्ने वातावरण बनाउन सुझाव दिएका छन् ।
आफ्नै जन्म भुमिमा केही गर्नुपर्छ भन्दै १० बर्ष अगाडी कतारको दोहामा १ हजार ७ सय रियल तलबको जागिर छोडेर आएको र व्यबसाय शुरु गर्नु भन्दा अगाडी बिभिन्न व्यबसायहरुको अध्ययन गरी साइकल पसल संचालन गरेको उनले बताए। व्यबसायमा प्रतिस्पधी नभए कुनै पनि ब्यवसायीले ब्यवसायिक सफलता पाउन नसक्ने उनको अनुभव छ। अरुको कुरामा होइन आफ्नो लगनशिलता र प्रतिस्पर्धामा ध्यान दिनेहरुले कहिल्यै पछाडी फर्किन नहुने न्यौपानेले सुझाव दिन चाहान्छन युवाहरुलाई।
अबका युवाहरुले आफुले केही नगर्ने तर अरुले गरेको काममा अनावस्यक कुरा काट्ने प्रचलनको अन्त्य गर्न आवस्यक रहेको र एक्लै सम्भव हुदैन भने समूहमा लगानी गरेर भएपनि उधमशिल र व्यवसायिक बन्नु पर्ने न्यौंपानेले आफ्ना समकालिन युवाहरुलाई सुझाव दिएका छन् ।
केही गर्न चाहने युवाहरुलाई स्थानिय, प्रदेश तथा संघिय सरकारले पनि बिभिन्न योजना ल्याएको बताउदै ती योजनाहरुमा युवाहरुले चासो दिन आग्रह समेत गर्छन। अहिले जुन क्षेत्रमा लगानी गरे पनि युवाहरुको भविष्य स्वदेशमै रहेको देख्ने न्यौपानेले बिदेश जाने योजना नत्यागे सम्म देशको आर्थिक समृद्धि पनि नहुने बताए । भारतबाट नेपालमा साइकलको सामान आयात हुंदा दैनिक न्युनतम ४ देखि ५ लाख रुपैया सम्म भन्सार शुल्क लाग्ने बताए ।
आफु सानो साइकल पसलबाट करोडौंको साइकल र साइकलको सामान सप्लार्यस गर्ने फर्मको रुपमा बिकास गर्नमा आफ्नो श्रीमती बिष्णु घिमिरे न्यौपानेको साथ र आफुसंग काम गर्ने मिस्त्रीहरुको लगनशिलता र इमान्दारिता महत्वपुर्ण पक्ष रहेको न्यौपानेले बताए । समकालिन युवाहरु भन्दा फरक स्वभाव रहेका न्यौपाने पिता टिलकराम न्यौपाने र आमा देगमाया न्यौपानेकोे जेठो सन्तानको रुपमा शितगंगा १९ सिमलपानी,करेचुलीमा जन्मिएका हुन।