१४ वैशाख,काठमाडौँ।
चीनमा कोभिड–१९ महामारीले तीन लाखमा एक जनालाई सङ्क्रमण गरेको छ । तर युरोप र अमेरिकामा यो सङ्ख्या बढ्दो छ । यसकारण युरोप र अमेरिकाले यो महामारी नियन्त्रणमा चीनबाट सिक्नु आवश्यक छ ।
ट्रम्पका विश्वासिला वैज्ञानिक डा। एन्थोनी फाउसीले भने, “यो भाइरस नियन्त्रणमा चीनले उत्कृष्ट काम गर्यो ।” उनले चीनले जस्तो अमेरिकाले गर्न नसक्ने बताए । यो यथार्थ अहिले पुष्टि भइरहेको छ । चीनमा यो भाइरस सङ्क्रमित मान्छेलाई सीधै क्वारेन्टिनमा लगिन्छ । त्यहाँ सरकारी अधिकारीहरू आ–आफ्नो घरमा परिवार र केटाकेटीबाट अलग्गिएर क्वारेन्टिनमा बस्छन् । अमेरिकामा यो सम्भव छैन, किनभने त्यहाँ लकडाउन खारेजीको लागि मानिसहरू बन्दुक बोकेर सडकमा आउँछन् ।
विश्व स्वास्थ्य सङ्गठनले फेब्रुअरीमा जारी गरेको निर्देशिका अवलम्बन गर्न आग्रह गर्दै छ । यसले यो भाइरस नियन्त्रण गर्न सकिन्छ । बेलायतको निम्ति चीनका राजदूतले अहङ्कार र तिरस्कारले यो भाइरस नियन्त्रणमा विश्वको साझा अभियानलाई बिगार्नेतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।जर्मन चान्सलर एन्जेला मार्केलले भने, “यो कसैलाई सुन्न मन लाग्दैन । तर, साँचो हो हामी सङ्कटको अन्त्यतिर होइन, सुरूमा छौँ । यो भाइरससँग हामी धेरै लामो बस्नुपर्नेछ ।” हो, युरोपेली देशहरूले यो भाइरस नियन्त्रण सचेतता धेरैपछि प्राप्त गर्यो । त्यसबेला धेरै सङ्ख्यामा सङ्क्रमित भइसकेको थियो । चीनमा सुरूबाटै सचेत भएको थियो ।
अमेरिकामा सङ्क्रमण बढ्दो छ । तर, लकडाउन हटाइने पनि चर्चा छ । लकडाउन हटाउन विज्ञहरूको सुझाव लिनु आवश्यक छ । अर्को उपाय भनेको कम सङ्क्रमित क्षेत्रमा लकडाउन हटाउने हो । त्यसपछि अलि बढी सङ्क्रमित क्षेत्रमा लकडाउन खुकुलो गर्ने हो । उच्च जोखिम क्षेत्रमा महामारी नियन्त्रणलाई नै ध्यान दिनु आवश्यक छ ।
यो भाइरसविरूद्ध चीनले विकास गरेको खोप दोस्रो चरणको परीक्षणमा पुग्यो । पहिलो चरणमा यो खोप लगाएका ९६ जना मानिसहरूको स्वास्थ्य ठीक रहेको छ । चीनले सेनेगलमा यो भाइरस नियन्त्रण गर्न दोस्रो पटक सहयोग पठायो । चीनले ब्रुनाइलाई यो भाइरस नियन्त्रण गर्न १ लाख एन ९५ मास्क र एक हजार गाउन सहयोग गर्यो । चीनले युरोपलाई यो भाइरस नियन्त्रण गर्न १,४४० टन स्वास्थ्य सामग्री सहयोग पठायो । यो भाइरस नियन्त्रणमा सफलता प्राप्त गरेको चीनले मार्चको अन्तसम्ममा ९० लाख ४७ हजार गरिब जनताको लागि २० लाख ६६ हजार घर बनायो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यो भाइरस सङ्क्रमितको उपचार मलेरियाको औषधि हाइड्रोक्लोरोक्वाइनबाट हुने सार्वजनिक रूपमा बोले । यसको सर्वत्र विरोध भयो । अहिले ट्रम्प यूभी प्रकाशबाट यो भाइरस सङ्क्रमितको उपचार हुने बताउँदै छन् । तर, डाक्टर र विज्ञहरूले त्यसो गरिए क्यान्सर हुने चेतावनी दिँदै छन् । अमेरिकाले यो सङ्कटमा अमेरिकी बैङ्कहरूलाई युरोपेली कम्पनीमा लगानी गर्न रोक लगायो । ट्रम्पले प्रजग कोरियाका नेता किम जङ उन बिरामी भएको भनी प्राप्त रिपोर्ट झूट बताए । अब ट्रम्पले कुन दिन प्रजग कोरिया ‘भाइरस मुक्त नभएको’ समाचारलाई पनि ‘भाइरस मुक्त’ भनी सच्याउने छन् ?
संरा सङ्घका महामचिव एन्टोनियोले तानाशाह सरकारहरूले मानव अधिकारको नाममा यो महामारी सङ्क्रमण बनाएको बताए ।
अव यो पनि पढ्नुहोस https://www.kanchankhabar.com/international/332