अनिलकुमार चौहान
कम्युनिस्ट आन्दोलन एउटा बुर्जुवा राजनीति जस्तो आबधिक निर्वाचनहरु गर्ने, सरकार गठन गर्ने, विघटन गर्ने र पुन त्यही शिलशिला दोहोर्याइ रहनु होइन। यो आन्दोलन ( कम्युनिस्ट ) चुनाव देखी चुनाव सम्म र पुन चुनाव पनि त होइन ।कम्युनिस्ट आन्दोलन भनेकोत मानवद्वारा मानवमाथी गरिदै आएको सम्पुर्ण प्रकारको शोषण , दमन वा उत्पीडनहरुको समूल नस्ट गर्नका लागी आर्थिक ,सामाजिक र सांस्कृतिक परिवर्तनको आन्दोलनलाई निरन्तर र अविछिन्न रुपमा अगाडी बढाउने एक महान अभियान हो। त्यसकारणले कम्युनिस्ट पार्टीले आफ्नै आन्दोलनको गर्भबाट नै स्वयंको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादको शिखर चुम्दै मानव सभ्यताको नयाँ अध्याय स्थापना गर्ने निर्दिष्ट लक्षमा पुग्ने संकल्प गरेको हुन्छ ।
कम्युनिस्ट पार्टी आफैमा एउटा लामो अभियान हो। यो लामो अभियानमा कैयौं उतारचढाव वा क्रान्ति, प्रतिक्रान्तिका परिघटनाहरु समेत भैरहने गर्दछन। कम्युनिस्ट आन्दोलनको विश्व इतिहासले त्यही कुरा बताएको छ। हाम्रो देशको कम्युनिस्ट आन्दोलन पनि बिश्वमा जस्तै कमजोर अबस्थाबाट गुज्रिएको कुरा सत्य हो। पुरानो पुस्ताको सामन्ती चिन्तन पद्धति, जडता र संकीर्णताले सिङ्गो कम्युनिस्ट आन्दोलन बद्नामित हुँदै गएको छ। नयाँ पुस्ताले त्यसप्रकारका जडता र संकीर्णता बाट माथिउठेर आशा , उर्जा, त्याग र बलिदानिपुर्ण भावनाको बिकाश गर्दै नेपालको कम्युनिस्ट आन्दोलनको व्यापक बिबेचना, नेपाली कम्युनिस्ट आन्दोलनको उठान, क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण (पुनर्गठन) को झण्डा अब नयाँ पुस्ताले न उठाइ सुखै छैन ।
आज जति जरुरी यो आन्दोलनको पुनर्गठनको छ त्यस् भन्दा कैयौं गुणा बढी जटिलता त्यो कार्य प्रारम्भ गर्नलाई छ। पुरानो पुस्ताले लथालिङ्ग र भताभुङ्ग गराउदै गर्दा समेत आफुलाइ (ट्रेडमार्क ) लोगो बनाएर बसेको यो पुस्ता प्रतिको क्रेजले धेरै नै बाधा पुराइरहेको छ। पुरानो पुस्ताले छरेको भ्रम च्यात्नु पनि निकै जटिल काम बन्दै गएको छ।ती जटिलता , कानुनी बाधाहरु र सयौं प्रकारका असहजतालाइ तोडेर अगाडी बढनु पर्ने आबस्यकता छ। यो कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नु नयाँ पिडिको कर्तव्य हो र यसको ( कर्तब्य) पालना गर्नु पर्दछ ।
पुरानो पुस्ताले निस्चित अबधिमा कम्युनिस्ट आन्दोलनमा योगदान पुरायो जुन योगदान अमुल्य छ। पछिल्लो समयमा त्यो पुस्ताले प्रदर्शन गरेका ब्यबहारहरु बाट उनीहरुका ती योगदानहरु ( Hypocrisy) आडम्बरी , स्वाङ, फोस्रो, ढर्रा थिए ? भन्ने प्रश्न खडा गरेका छन् ।कम्युनिस्ट आन्दोलन भनेको दर्शन, सैध्दान्तिक र बिचार धारात्मक आन्दोलन हो भन्ने जान्दाजान्दै पनि आज पुरानो पुस्तामा किन बिचलन देखा परेको छ? बर्तमानमा यो आन्दोलन भित्र देखापरेको एउटा गम्भीर समस्या बैचारिक बिचलन हो।
बैचारिक बिचलनको शिकारमा जब विश्व कम्युनिस्ट आन्दोलन पर्यो भने नेपालमा त्यस्को असर नपर्ने कुरै भएन। आजसम्मको कम्युनिस्ट पार्टीहरुको विश्व इतिहासले साबित गरेको तथ्यहरुले बताएको कुरा यही हो कि कम्युनिस्ट आन्दोलन वा पार्टीहरुलाइ गलत दिशामा लैजानका लागी महत्त्वपूर्ण भुमिका दक्षिणपन्थी संसोधनबादी समुहरुको रहेको छ। उग्रवामपन्थी भड्काबले समेत कम्युनिस्ट आन्दोलनमा समस्या पैदा गरेको छ । तैपनि त्यो समूह जति छिटोछिटो उग्रवादमा फस्छ त्यति कै छिटो रफतारमा उ अन्ततः दक्षिणपन्थी आहालमा डुबुल्की मार्न पुग्ने गरेको इतिहास रहेको हुदा यो समूहले लामो समय सम्म भ्रमहरु सृजना गरिरहन सक्दैन ।
त्यसैले संसोधनबादको तुलनामा यो शक्तिले कम्युनिस्ट आन्दोलनमा कम क्षेती पुर्याउँछ।नेपालको सन्दर्भमा नै हेरौ। २०२८ सालमा "बर्गदुश्मन " समाप्त पार्ने भनेर भ्रमखडा गरेको एउटा समुह (तात्कालिक झापा बिद्रोहि जिल्ला कमिटी )ले एक दशक पूरा पुग्दानपुग्दै २०३५ साल पौष ११ गते नेकपा माले नामको एउटा संसोधनबादी गुटको जन्म भयो। त्यस्तै २०५२ सालमा सशस्त्र आन्दोलनको घोषणा गरेको उग्रवामपन्थी समुहको करिब एक दशक कै पेरिफेरिमा आफ्ना पुराना सपना बेचेर निडर, इमान्दार कार्यकर्ताको रगतले साटेर शक्ति प्राप्त गरेकोे समुहले दक्षिणको यात्रा तय गर्यो पुर्ब माओबादी समुहले। जुन शक्तिहरुले इतिहासमा सोभिएत संसोधनबादको फेरो समाए तिनै शक्तिहरु आज ठुलो पार्टीमा रुपान्तृत भएका छन र तिनिहरु नै सरकारको नेतृत्वमा पुगेका छन् । उनिहरुनै सार्बजनिक महत्त्वका पदहरुमा आसिन हुन पुगेका छन् । तिनीहरु द्वारा सम्पादित कार्यहरू भ्रष्ट , पतित र घिर्णित मात्रै छन् ।
नेपालमा स्थापित र बलियो शक्ति आर्जन गरेको नेकपा एमाले एउटा जब्बर संसोधनबादी दल हो। यस्ले खडा गरेको भ्रममा धेरै ठुलो जनसमुह छ। आज त्यस्को नेतृत्व ओलि लाई हेरौं उनका गतिविधिले कम्युनिस्ट आन्दोलनको धज्जी उडाएको छ। ओलि तथा एमालेका पुर्ब उपाध्यक्ष बर्तमानका रास्ट्रपतिका गतिविधिहरुलाई समयमा चिर्न सकिएन भने नेपाली कम्युनिस्ट आन्दोलनमा थप क्षती पुग्ने छ। पुर्ब सोभियत पार्टीमा देखा परेका बिभाजन सङ्गै नेपालमा समेत भित्रीएका तात्कालिन मार्क्सवादी , माले, मालेमा, माननधर हुँदै एमालेहरुका गतिविधिले नेपाली क्रान्तिकारी जनसमुदाय र तिनको आन्दोलनलाई क्षती पुराइरहेको छ। तसर्थ अस्तित्वमा रहेका विभिन्न नामधारी कम्युनिस्ट संसोधनबादी गुटहरु सङ्ग निर्मम र कठोर ढङ्गले बैचारिक संघर्ष गर्ने हिम्मत क्रान्तिकारीहरुले गर्नुपर्छ। नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षेती पुर्याउन माथी उल्लेख गरिएका गुट समुहहरु पुरानै शक्ति हुन।
२०१९ देखि २०४२ सम्म नै यिनिहरुको पहिचान खुलिसकेको थियो। तर आफ्नो सातौ महाधिवेशन २०६३ सम्म क्रान्तिकारी बिरासत बोकेको नेकपा मसालले आफ्नो आठौं महाधिवेशनबाट औपचारिक रुपमा त्यो पार्टीको मुल नेतृत्वले संसोधनबादी निति लिएको छ। यसरी नेपालमा पुर्ब कायम रहेका संसोधनबादी गुट संख्यामा मसालको मुल नेतृत्वको एउटा समुह थपिएर संसोधनबादिहरुको संख्या बढेको छ। यस प्रकारका संसोधनबादिहरुका बिरुद्धमा शन्खनाद गर्ने क्रान्तिकारीको कर्तब्य हो। क्रान्तिकारीहरू त्यो कर्तब्यबाट च्युतहुन हुँदैन । तर नेकपा मसाल को बर्तमान मुख्य नेतृत्व बरिस्ठ लेखक खगेन्द्र सङ्ग्रौलाको " टुप्पी आन्दोलन " भन्ने कथाको बाटोमा हिँडेको कुरा रोचक रहेको छ।
२०५९ सालमा एकताकेन्द्र र मसालको बीचमा पार्टी एकता हुदा १६ जना मसालका र १६ जना एकताकेन्द्रका गरी ३२ जनाको केन्द्रीय संगठन समिति निर्माण गरिएको थियो। छिट्टै पार्टी फुटेर तीन टुक्रा भयो ।२०६३ मा नारायण काजी श्रेष्ठले पूर्ब एकताकेन्द्रका केहि जनालाई लिएर छुट्टै एकताकेन्द्र मसाल गठन गरे र २०६५ मा माओवादीमा मिसिन गए । पूर्ब मसालका १६ जना मध्ये ७ जना रामसिङ श्रीस,परी थापा, युबराज पन्थी, प्रेम सुवेदी,के बी गुरुङ, कमल चौधरी र नवराज सुवेदी तथा पूर्ब एकताकेन्द्रका चित्रबहादुर आले गरि ८ जनाले बेग्लै नेकपा ( एकीकृत ) निर्माण गरे। पूर्ब मसाल का १६ जना मध्ये बाकी ९ जना मोहन बिक्रम सिंह, चित्रबहादुर के सी,डिलाराम आचार्य,सन्तबहादुर नेपाली,कृष्ण पौडेल,बिमल शर्मा ,गोबिन्द सिङ्ह थापा ,नारायण योगी,गिरिधारीलाल न्यौपाने रहे। पूर्ब मसाल पक्षले २०६३ कार्तिकमा बुटवलमा भेला र फागुनमा कपिलवस्तुमा महाधिवेसन गरेको थियो।
एकताकेन्द्र मसाल तीन भागमा बाडीयको थियो १५ + ९+ ८=३२। पूर्ब मसालका केन्द्रीय समितिमा रहेका एकताकेन्द्र मसाल पक्षका १६ जना मध्ये ७ जना एकीकृत भए । बाँकी ९ जना मध्येलाई हटाउदै गएकाेले अहिलेको केन्द्रीय समितिमा दुई जना मोहन बिक्रम सिंह र चित्रबहादुर के सी बाँकी रहेकाछन। स्मरणीय छ रस्मीराज नेपाली एकता केन्द्र मसालका बेला कार्यकारी समितिमा नभएर सल्लाहकार मात्र थिए। खगेन्द्र सङ्रौलाको टुप्पी आन्दोलन भन्ने कथा सित मिल्दो छ मसालको अवस्था।अब आफुले आफैलाई कार्बाही गर्न बाकी छ। फोहोर टेक्दै हिड्नेखुट्टा अशुद्ध लागेछ खुट्टा काटेर फालेछ। फोहोर छुने हात अशुद्ध लागेछ हात काटेर फालेछ।अशुद्ध खाना खाने भनेर मुख पनि काटी फालेछ।एवम रितले सबै फालेपछी सडकमा एक्लै टुप्पी हिडिरहेको थियो रे । के मसाल तेहि बाटो हिडेको हो ।