११ चैत्र
बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको थप जोखिमलाई कम गर्न नेपाल सरकारले आजबाट बिहान ६ बजे देखि घर बााहिर ननिस्कन निर्देशन दिदै देशभर लकडाउन गरे संगै स्थानिय सरकारको रुपमा स्थापित कञ्चन र गैडहवा गाउपालिकाले पनि नेपाल सरकारको निर्देशन कडाइका साथ लागु गर्दै आ -आफ्नो पालिका लकडाउन गरेको छ ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादु क्षेत्रीले स्थानिय संचार गृह रेडियो कञ्चनको नियमित कार्यक्रम हाम्रो कञ्चन, राम्रो कञ्चनमा प्रस्तोता हिमा बेलबासेसंग कुराकानी गर्दै लकडाउन भनेको तपाई जहा जुन अवस्थामा हुनुहुन्छ त्यही बसेर आफु रहेको ठाउलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरी बस्नु पर्ने भएकोले कञ्चनवासीले यो संकटमा धैर्यता अपनाउन आग्रह गर्नु भएको छ। कुराकानीका क्रममा अध्यक्ष क्षेत्रीले अत्यावस्यक काममा बाहेक कुनै पनि हालतमा घरबाट बाहिर ननिस्कन र आफ्नै घरमा क्वारेनटाइनको रुपमा रहन आग्रह गर्नु भएको छ।
अध्यक्ष क्षेत्रीले सम्पुर्ण ब्यापार ब्याकसयीहरुलाई बिशेष आग्रह गर्दै अन्तराट्रिय संकटमा कुनै पनि क्रृत्रिम अभाव नदेखाई आफुसंग जे जस्तो जस्तो सोही अवस्थामा सहज रुपमा दैनिक उपभोग्य बस्तुहरुको उपलब्धता प्रदान गर्न समेत बताउनु भएको छ।वहांले भन्नु भयो संकटमा लोभलाई भन्दा मानव सेवालाई प्राथमिकता दिनु मानव धर्म भएको समेत स्मरण गराउनु भएको छ।
अध्यक्ष क्षेत्रीले लक डाउनअन्तर्गत सबै मानिसलाई घरबाट बाहिर आउन निषेध गरिएको भन्दै औषधि उपचार, खाद्य बस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक घरबाहिर कसैलाई पनि निस्कन निषेध गरिएको छ । अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक यातायातका सबै सेवा पूर्णतः बन्द हुने कुरा बताउदै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडान बन्द भएको अवस्थामा लकडाउन प्रति बेवास्ता नगर्न अध्यक्ष क्षेत्रीले अनुरोध गर्नु भएको छ।
कञ्चनवासी इमान्दार भएकोले कालो बजारीको सम्भावना नहुने - अध्यक्ष क्षेत्री
लकडाउनको समयमा कञ्चनवासीलाई आवस्यक पर्ने अनिवार्य बस्तुहरुको ब्यबस्थापन के कसी हुदै छ भन्ने प्रस्तोता हिमा बेलबासेको प्रश्नमा कञ्चनको सन्दर्भमा कञ्चनवासीलाई आवस्यक पर्ने अत्यावस्यक बस्तुहरुको अभाव नहुने र कालो बजारीलाई निरुत्साहित गर्न सुरक्षकर्मीहरुको सहयोगमा नियमित अनुगमन भैरहेको र हरेक कञ्चनवासी इमान्दार भएकोले पनि कालो बजारीको सम्भावना निकै कम हुने समेत अध्यक्ष क्षेत्रीले बिश्वास गर्नु भएको छ।
लकडाउनको बेवास्ता गरे र कालो बजारी गरी क्रित्रिम अभाव गराउनेलाई कडा कार्बाही गरिने -अध्यक्ष केवट
यसैगरी गैडहवा गाउपालिकाले नेपाल सकारले घोषण गरेको लकडाउन आफ्नो पालिकाले पनि कडाइका साथ लागु गर्ने भएको छ। गैडहवा गाउपालिकाको मुख्य बजार सूर्यपुरा बजार शून्य अवस्थामा छ । कञ्चन खवरसंग कुराकानी गर्दै गैडहवा गाउपालिकाका अध्यक्ष बच्चु केवटले लकडाउनका बेला कुनै पनि गैडहवावासी घर बाहिर ननिस्कन आग्रह गर्नु भएको छ। यो संकट बिश्व युद्ध भन्दा ठूलो बिपत्तीको समय भएकोले सम्पुर्ण गैडहवावासीले यस्तो बिषम परिस्थितीमा संयमता अपनाउन सके जुनसुकै संकट पनि पार गर्ने हामी नेपालीको क्ष्मता छ अध्यक्ष केवटले भन्नु भयो ।
लकडाउनका बेला स्वास्थ्य, सुरक्षा, खाद्यबस्तु, खानेपानी, दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरू मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी कार्यलयको ब्यबस्थापन गरिएको भन्दै अध्यक्ष केवटले गैडहवावासी किसानहरुद्धारा उत्पादित कृषि तथा खाध्य बस्तुहरुको परमपरागत घरेलु तरिका प्रयोग गरी भण्डारण गर्न गर्नु भएको छ। गैडहवाका लागि कुनै खाध्यबस्तुको अभाव नहुने र यदी अभाव हुने परिस्थिती सृजना आएमा त्तकाल नजिकैको सुरक्षा तथा प्रशासनमा जानकारी गरे सो अभावलाई तार्न सक्नेगरी गाउपालिकाले ब्यबस्था गर्ने बताउनु भएको छ।
कञ्चन खवर सम्वाददातासंगको कुराकानीमा अध्यक्ष केवटले आफ्नै स्वास्थ्य सुरक्षको लागि लकडाउन गरिएको भन्दै गैडहवाको सन्दर्भमा औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीलाई सम्बन्धित उद्योगले बिदाको ब्यबस्था गर्न निजी क्षेत्रका रोजगार प्रदायक संस्था तथा कम्पनीहरुलाई अनुरोध गर्नु भएको छ। यो समय भनेको परिस्थितीलाई सबैले स्वीकार गर्नुको बिकलप नभएकोले अटेर गरी आफ्नो र अरुको स्वास्थ्यमा जोखिम उत्पन्न नगर्न नगराउन अध्यक्ष केवटले बिशेष अनुरोध गर्नु भएको छ।
अध्यक्ष केवटले “व्यवसायीहरूले औषधि र औषधिजन्य सामग्रीहरूको नियमित आपूर्तिको व्यवस्था गरिनेछ । अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गरिने कुरा कञ्चन खवरलाई बताउनु भएको छ ।
गैडहवा गाउपालिकाका अध्यक्ष बच्चु केवट र कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादु क्षेत्रीले नेपाल सकारको निर्णय अनुसार “संक्रामक रोग ऐन,२०२० को दफा २ को उपदफा बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत समेत आवश्यकताअनुसार प्रयोग गर्ने र संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने समेत दुबै अध्यक्षले दुई छुट्टा छुट्टै संचार गृहहरुसंगको कुराकानीमा आफ्ना नागरिकहरुलाई जानकारी दिनु भएको छ।