५ बैशाख,सैनामैना
रुपन्देही ग्याँस बिक्रेता संघ,पश्चिम शाखाको नवौं साधारणा सभा सम्पन्न भएको छ।कार्यक्रममा बोल्ने बक्ताहरुले ग्याँस बिक्रेताहरु कोरोनाको महामारी संक्रमणबाट मारमा परेको अवस्थामा राज्यले राहत उपलब्ध गराउनु पर्ने माग राखेका छन।
बक्ताहरुले बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको समयममा जसरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु जोखिम लिईअग्रभागमा रहेर काम गरे त्यसरी नै ग्याँस बिक्रेताहरु रोगको कुनै प्रवाह नगरी उपभोक्ताहरुको घर घरमा ग्याँस डेलिभर गर्नु पर्दाको पिडामा राज्यले कुनै सम्बोधन गर्न नसकेको ब्यक्त गरेका थिए। साधारण सभामा सम्बोधन गर्दै सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीले सैनामैना नगरपालिकामा नमुना उधोग्राम स्थापना गर्न लागिरहेको बताउनु भयो।
बिधुत,खानेपानि र सडक तथा ढल निकासको सुविधा सहितको उधोगग्राममा ग्यांस बिक्रेताहरुको तर्फ उधोग संचालन गर्न चाहेमा न्युनतम भाडा दरमा जग्गा उपलब्ध गराउने नगर प्रमुख कार्कीले प्रतिबद्धता व्यक्त गर्नु भयो।
नगर प्रमुख कार्कीले हरेक व्यबसायहरुलाई करको दायरा भित्र ल्याई व्यबस्थित र बैधानिक व्यापार व्यबसायको बिकास गर्दै ब्यबासयहरुमा हुने ठगी,अस्वस्थ प्रतिस्पर्धा र कालोबजारीको अन्त्य गर्न नियमित रुपमा अनुगमन र नियमन गरिने बताउनु भयो।
लुम्बिनी प्रदेश ग्याँस बिक्रेता संघका अध्यक्ष राम प्रसाद गैरेले अती प्रज्वलनशिल पदार्थको बिक्री बितरणलाई व्यबस्थित गर्न नसके साना साना किराना तथा भट्टी पसल सरह हुने जसले ग्यांस उधोग र बिक्रेता दुबैलाई नोक्सान हुने बताउनु भयो।
यसैगरी रुपन्देही ग्यांस बिक्रेता संघका अध्यक्ष प्रदिप पन्तले ग्यांसको अधिकृत बिक्रेता बितरणमा नोयमन गर्न आवस्यक भएको बताउदै रुपन्देहीमा करिब ८ ग्यांस डिलर भएको बताउनु भयो।रुपन्देहीमा करिब ५ सयको संख्यामा डिलरसिप भए ग्यांस उधोग र डिलरसिपको सन्तुलन हुने बताउनु भयो।
रुपन्देही ग्याँस बिक्रेता संघ,पश्चिम शाखाका सल्लाहकार रामेश्वर शर्माले ग्याँस बिक्रेताहरु आफ्नै घरभित्र बिष्फोटक पदार्थको भण्डारण गरेर बसेको हुंदा राज्यले बिमाको व्यबस्था गरिनु पर्नेमाजोड दिनु भयो।यसैगरी तिलोत्तमा शाखाका अध्यक्ष ज्ञानेन्द्र बञ्जाडेले तिलोत्तमा नगरपालिका शुन्य सब डिलरलाई कार्यान्वयन गरि व्यबस्थित डिलरसिपको व्यबस्था गर्न लागिएको बताए।यस्तै कपिलबस्तु ग्याँस बिक्रेता संघका जिल्ला अध्यक्ष दिनेश गुप्ताले जथाभावी रुपमा ग्याँस उधोगरुले आधिकारिक डिलरहरुको आसपासमा ग्याँस बितरणको नियमन गर्नु पर्नेमा जोड दिनु भयो।
यस्तै सैनामैना उधोग बाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्रीले हरेक व्यबसाय नाफामुखी भएपनि बिशुद्ध सेवामुखी भएकोले ग्राहकहरुको सन्तुष्टीमा सेवाभावलाई महत्व दिनु पर्ने उल्लेख गर्नु भयो। रुपन्देही ग्यांस बिक्रेता संघ,पश्चिम शाखाका अध्यक्ष कल्पना कुवँरले शाखाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै ग्यांस बिक्रेताहरुको संरक्षण र सुरक्षित व्यबसाय प्रबर्द्धन गर्न आवस्यक भएको र त्यसको लागि संघ प्रतिबद्ध रहेको बताउनु भयो। शाखाका महासचिब जीवन पौडेलको संचालन तथा उपाध्यक्ष पारस पाण्डेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो।