६ चैत्र,रुपन्देही
बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (केभिड १९)को संक्रमण र जोखिमलाई न्युनिकरण गर्नको लागि कञ्चन गाउपालिकाले मातहतका सम्पुर्ण शैक्षिक संस्था र हाट बजार संचालन नगर्न सूचना प्रकाशित गरी निर्देशन गरेको छ ।
चिनको हुवान प्रान्तबाट शुरु भई बिश्वका बिभिन्न देशहरुमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को सम्भाबित संक्रमणबाट सुरक्षित हुन तथा जोखिम न्युनिकरण गर्न यस कञ्चन गाउपालिका मातहतका सम्पुर्ण शैक्षिक संस्थाहरु,भाषा एबं ट्युसन कक्षा र बालबिकास केन्द्रहरु अर्को सूचना प्रकाशित नभए सम्मका लागि अनिवार्य रुपमा बन्द गर्न कञ्चन गाउपालिका शिक्षा शाखा प्रमुख रमेश भुषालद्धारा हस्तारक्षित सूचनामा भनिएको छ ।
यसैगरी कञ्चन गाउपालिकाको एकमात्र बहुमुखी क्याम्पस हरैया बहुमुखी क्याम्पसले आजै सूचना प्रकाशित गरी अर्को सूचना नभए सम्मको लागि क्याम्पसको सम्पुर्ण पठनपाठन बन्द गरेको छ। हरैया बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश खनालद्धारा हस्ताक्षरित सूचनामा महामारीको रुपमा बिश्वब्यापी फैलिरहेको कोरोना भाइरसको जोखिमलाई न्युनिकरण र संम्भाबित संक्रमणबाट जोगिन चैत्र ६ गते देखि चैत्र मसान्त सम्म क्याम्पसको सम्पुर्ण पठनपाठन बन्द रहने कुरा उल्लेख गरिएको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलको सचिवालयद्धारा सूचना प्रकाशित गरी कोरोनाको संभाबित संक्रमणबाट सुरक्षित हुन भनि हिजो मात्र आजबाट शुरु हुने भनिएको एसईई को परीक्षा आकस्मिक रुपमा स्थगन गरिएको थियो ।
कञ्चनका समपुर्ण हाट बजार पनि बन्द
कञ्चन गाउपालिकाले आज नै अर्को सूचना जारी महामारीको रुपमा बिश्वब्यापी फैलिरहेको कोरोना भाइरसको जोखिमलाई न्युनिकरण र संम्भाबित संक्रमणबाट सुरक्षित हुन र हाट बजारमा हुने भिडभाडलाई कम गरी कोरोना भाइरसको संक्रमणलाई कम गर्न कञ्चन गाउपालिका भित्र साप्ताहिक रुपमा लाग्ने सबै हाट बजारहरुको संचालनमा रोक लगाएको छ।
क्ञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीद्धारा हस्ताक्षरित सूचनामा कोरोना भाइरस (कोभिड १९)ले सृजना गरेको स्वास्थ्य सुरक्षा संबेदनशिलतालाई मध्यनजर गर्दै यसको संक्रमण्बाट जोगिन सचेतना अपनाउनुको साथै भिडभाडमा नजान तथा भेला समारोह र सम्मेलन जस्ता औपचारिक तथा अनौपचारिक कार्यक्रम संचालन नगर्न तथा यस गाउपालिका भित्र संचालन गरिने हाट बजारअर्को सूचना जारी नभए सम्मका लागि बन्द गर्न भनिएको छ ।
कोरोना भाइरस (कोभिड १९)ले सृजना गरेको स्वास्थ्य सुरक्षा संबेदनशिलतालाई मध्यनजर गर्दै यसको संक्रमण्बाट जोगिन कञ्चन गाउपालिकाको आजै बसेको बैठकले भिडभाड हुने स्थल,संघसंस्था,शैक्षिक संस्था तथा सम्पुर्ण हाट बजारहरु बन्द गर्ने निर्णय भए पश्चात सूचना प्रकाशित भएक हो।
कञ्चनमा आइतवारका दिन कञ्चन ४ को दियोमा,सोमवारका दिन कञ्चन ४को अस्नैया र कञ्चन ५ को गौडीबजार,मंगलबार कञ्चन ४ कै पुर्तिघाटमा, बुधवार कञ्चन ४ को बेलडाडा,बिहिबारका दिन कञ्चन २ को गजेडी,शुक्रबार कञ्चन ५को पिपरीचापामा र शनिवारका दिन कञ्चन ३ को हरैयाबजारमा दैनिक रुपमा साताकोे सात दिन हाट बजार लाग्ने गर्दछ । शनिवारको दिन कञ्चन ३ हरैयामा लाग्ने हाट बजार कञ्चनको मुख्य र ठूलो हाट बजार हो ।उक्त हाट बजारमा साप्ताहिक रुपमा पाडा भैसीको ब्यापार भई कञ्चनबाट २ सय भन्दा बढी भैसी पाडाको बेचखिन हुने गर्दछ ।