२६ चैत्र,बुटवल
नेपाल पत्रकार महासंघको केन्द्र,प्रदेश तथा रुपन्देही शाखाको चुनाव सौहार्द रुपमा सम्पन्न भएको छ । बुधबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचनमा सांझ ५ बजेसम्म मतदान भएको थियो । ३ सय १३ जना मतदाता रहेको रुपन्देही शाखामा ९६.५ प्रतिशत मत खसेको निवार्चन संयोजक नारायण सापकोटाले जानकारी दिए। आगामी ३ वर्षे कार्यकालका लागि महासंघ रुपन्देही शाखामा नेतृत्वका लागि रामराज पोखरेल र दिनेश पाण्डेको प्यानल प्रतिस्पर्धा चुनावी मैदानमा उत्रिएको थिए । पोखरेल नेतृत्वको संयुक्त लोकतान्त्रिक –प्रगतिशिल प्यानलबाट उपाध्यक्ष पदका लागि विश्वाष ढकाल, महिला उपाध्यक्षमा सञ्जु पौडेल, सचिवमा विनोद परियार, सहसचिवका लागि विरेन्द्र कुंवर, सह सचिव (समावेशी)मा माया केसी र कोषाध्यक्ष पदमा सन्जय सौगात चुनावी प्रतिस्पर्धामा रहेका थिए भने खुला सदस्यतर्फ शंकरप्रसाद पाण्डे, कपिल अधिकारी, मोती न्यौपाने, प्रदीप आचार्य (ख), थानेश्वर घिमिरे, प्रकाश पाण्डेय, पुनहरि बेलबासे र मानबहादुर कुंवरको उम्मेदवारी रहेको छ । यसैगरी समावेशी सदस्यका लागि हरिकला अधिकारी, टंक सुनार, राज चौधरी, राधेश्याम विश्वकर्मा र सलमान खानको उम्मेदवारी रहेको छ ।
यस्तै नेपाल पत्रकार महासंघ,रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डेको नेतृत्वमा उपाध्यक्षमा हेमबहादुर पछाई (दिपेश), महिला उपाध्यक्षमा अमृता अनमोल, सचिव पदका लागि लक्ष्मण पोखरेल, सह सचिवमा केशव भण्डारी, सह सचिव (समावेश) तर्फबाट गोविन्दबहादुर घर्ती र कोषाध्यक्ष पदका लागि स्वस्तिक श्रेष्ठको उम्मेदवारी रहेको छ।
यसैगरी खुल्ला सदस्यहरुमा नरबहादर (एन.बी) कंडेल, विकास पराजुली, प्रकाश आचार्य, तुलसीराम पौडेल, मिना पाण्डे (अस्मिना) र शिव डुम्रेले उम्मेदवारी परेको छ । यसैगरी समावशेतर्फ सोही प्यानलबाट दिनेश श्रेष्ठ, कृष्ण खनाल, राजकुमार धवल, रेनुका गिरी र रविन्द्रप्रताप गुप्ताले उम्मेदवारी दिएका छन ।
केन्द्रमा भने अध्यक्ष पदमा निर्मला शर्मा र बिपुल पोख्रेल तथा लुम्बिनी प्रदेशमा भरत के.सी. र बसन्त गिरीले उमेद्वारी दिएका छन।