
२३ चैत्र,बुटवल
नेपाल पत्रकार महासंघ रुपन्देहीमा लोकतान्त्रिक प्रगतिशल साझा गठबन्धनले रामराज पोख्रेलको नेतृत्वमा उम्मेद्वार घोषणा सहित उमेद्वारी समेत दिएको छ । अग्रमन, लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका पक्षधर पत्रकारहरुको प्यानलका रुपमा नेपाल प्रेस यूूनियनको नृेतत्वमा प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशिल पत्रकार संघ,नेपाल र क्रान्तिकारी पत्रकार महासंघको साझा प्यानलले आइतवार उमेद्वारी दर्ता गरेको हो ।
उपाध्यक्षमा विश्वास ढकाल, महिला उपाध्यक्षमा सञ्जु पौडेल, सचिवमा विनोद परियार र कोषाध्यक्षमा सञ्जय सौगातले उमेद्वारी दर्ता गरेका छन । यसैगरि सहसचिव (खुल्ला) विरेन्द्र कुँवर, सहसचिव (समावेशी) माया केसीले पनि लोकतान्त्रिक प्रगतिशल साझा गठबन्धनको तर्फबाट उमेद्वारी दिएका हुन ।यस्तै खुल्ला सदस्यहरुमा शंकर पाण्डे, कविराज अधिकारी (कपिल), मोती न्यौपाने, प्रदीप आचार्य (ख), प्रकाश पाण्डेय, थानेश्वर घिमिरे (विन), पुनहरि बेल्बासे र मान बहादुर कुँवरले उमेद्वारी दिएका छन । समावेसी सदस्यमा राधेश्याम विश्वकर्मा (मधेशी), टंक सुनार (दलित), हरिकला अधिकारी (कमला) (महिला), सलमान खाँन (अल्पसंख्यक) र राज चौधरी (राजकुमार) (जनजाती)ले उम्मेद्वारी दिएका छन ।
लोकतान्त्रिक प्रगतिशल साझा गठबन्धनको तर्फबाट शनिवार भएको उम्मेद्वार घोषणा सभामा नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागाईले अग्रगमन, लोकतन्त्रका पक्षधर पत्रकारहरुको प्यानल भएकाले विजयी सुनिश्चित भएको बताएका छन। रुपन्देहीको पत्रकारिताको ऐतिहासिक जिम्मेवारीमा आएकाले महासंघको गरिमा बचाउनका लागि लोकतान्त्रिक प्रगतिशिल प्यानलको विकल्प नभएको संस्थापक अध्यक्ष चापागाईले बताए । घोषणा सभामा अर्का पूर्व अध्यक्ष विनोद पहाडीले लोकतन्त्रको विधि स्थापित गर्न पनि विवेकसम्मत मत दिने प्यानल राजराज पोखरेल नेतृत्वको भएकाले मतदानमा सुहभागी हुन अपिल गर्दै रुपन्देही शाखालाई देशकै नमूना बनाउन अब पत्रकारिताको अनुसन्धान केन्द्र बनाउनुपर्ने सुुझाव दिए ।
नेपाल पत्रकार महासंघका अर्का अध्यक्ष हरि लम्सालले मूलूकमा अहिले राजनितिक संकट देखिएकाले अग्रमन पक्षधरको जितका लागि लोकतान्त्रिक प्रगतिशिलहरुको प्यानल मैदानमा उत्रेको र करिव दुुई दशकपछि वामपन्थी र लोकतान्त्रिक शक्ति एकै ठाउँ भएको स्मरण गर्दै ऐतिहासिक जितको शूूभकामना दिए । घोषणा सभामा प्रेस यूूनियन रुपन्देहीका सभापती रेखा भुसाल, प्रेस संगठन नेपाल रुपन्देहीका संयोजक कमल रायमाझी, प्रेस चौतारी नेपाल रुपन्देहीका संयोजक विनोद परियार लगायतले बोलेका थिए ।
उक्त अवसरमा प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार रामराज पोखरेलले साझा प्रतिबद्धता सार्वजनिक गर्दै उनले पत्रकार महासंघको संस्थागत विकास देखि पत्रकार क्षमता अभिबृद्धि सँगै कल्याणकारी कोष बृद्धि गर्ने प्रतिबद्धता जनाएका छन । पत्रकार उपचार कोष, सक्रिया पत्रकार फेलोसिप कार्यक्रम, जेष्ठ नागरिक सुरक्षा कोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्तिमा २० वर्ष पत्रकारिता गरेका पत्रकारहरुको सदस्यता निःशुल्क नविकरण गर्ने व्यबस्था मिलाउने पोखरेलले प्रतिबद्धता गरेका छन ।
यस्तै पत्रकार महासंघको सदस्यताको आधारमा निशुल्क दुर्घटना बिमाको व्यबस्था मिलाउने, न्यूनतम पारिश्रमिक लागू गर्ने, कोभिड–१९ ले श्रमजीवी पत्रकारलाई पारेको प्रभाव अध्ययनका लागि एक कार्यदल गठन गर्ने र सो कार्यदलको प्रतिवेदन अनुसार कार्यान्वयन गर्न÷गराउन पहल गर्ने सार्वजनिक प्रतिबद्धतामा उल्लेख गरिएको छ । २५ गते हुने निर्वाचनका लागि पत्रकारहरु दुुईधारमा विभाजित भएर चुनावी मैदानमा उत्रेका छन। रुपन्देहीमा ३ सय १३ जना मतदाता रहेका छन ।