८ चैत्र,कञ्चन
५६ औं अन्तराष्ट्रिय रंगभेद तथा जातिय भेदभाव दिवसको अवसरमा जातिय बिभेद अन्त्यका लागि सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उत्पीडित महिला बिकास मञ्च,कञ्चन-४,रुपन्देहीको र दलित महिला संघ(फेडो),रुपन्देहीको संयुक्त आयोजना तथा कञ्चन गाउपालिकाको सहयोगमा समपन्न अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले जातिय बिभेद र रंगभेदका बिरुद्ध एक भएर संघर्ष गर्नु पर्नेमा जोड दिएका छन।
लम्बिनी प्रदेशका सभासद कमला बिश्वकर्माले बिगतमा जस्तो जातिय बिभेद नभएको तर अव टोल टोलमा गएर उनिहरुको सामाजिक,आर्थिक,सांस्कृतिक रुपमा सचेत बनाउदै जातिय बिभेद बिरुद्ध जागरण अभियान संचालन गर्नु पर्नेमा जोड दिनु भएको छ। सभासद बिश्कर्माले अझै पनि गाउ गाउमा सांस्कृतिक र सामाजिक रुपमा सचेतना नभएका कारण छुवाछुत कायम रहेको र दलित दलित बिच भएको बिभेदको अन्त्य दलित समुदायबाटै समाधान नगरे सम्म जातिय बिभेदको अन्त्य नहुने बताउनु भयो । देशमा राजनैतिक रुपमा आमुल परिबर्तन भएपनि राज्यव्यबस्था हिजोकै पञ्चायती व्यबस्था कायमै रहेकोले जति नै कडा ऐन कानुन बन्दो बस्त गरेपनि समाजमा बिकसित बिकृति र बिसंगतिको अन्त्य नहुने समेत सभासद बिश्वकर्माले बताउनु भयो ।
यसैगरी कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चन गाउपालिकामा कुनै पनि बिभेद र रंगभेदको अन्त्य हुने र आफ्नो गाउपालिकामा कुनै पनि बिभेद सह्य नहुने समेत बताउनु भएको छ। आफु बिधार्थीकालमा जातिय बिभेदका बिरुद्ध आन्दोलन गरेको र पहिले जस्तो छुवाछुतको प्रचलन नभएको र पुरानो पुस्ता रहदा सम्मा उनिहरुले अंगालेको संस्कारलाई छोड्न नसक्ने भएकोले अझैपनि जातिय बिभेदको अन्त्य हामीले चाहे अनुसार नहुने बताउनु भयो । यस्तै उपाध्यक्ष गोमा तरामुले आफु न्यायिक समितिको संयोजक रहेको र अहिले सम्म गाउपालिकामा रहेको न्यायिक समितिमा कुनै पनि जातिय बिभेदको मुद्धा नआएको बताउदै समाजमा जातिय बिभेद भएको भएपनि बाहिर नआएको हुन सक्ने बताउनु भयो ।
उत्पीडित महिला बिकास मञ्चका सल्लाहकार नन्द बहादुर खडकाथोकीले दलितहरुको अवस्था र जातिय बिभेदबारे अवधारणा पत्र प्रस्तुत गर्नु भएको कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी,नेकपा (एमाले)का प्रतिनीधि दिनानाथ आचार्य,राष्ट्रिय जनमोर्चाका लिलाराम खनाल,राष्ट्रिय जनमुक्ती पार्टीका दुर्गा बहादुर थापा,दलित महिला संघ,रुपन्देहीका मनु खडका,कञ्चन महिला कृषि सहकारी संस्थाका अध्यक्ष हिमा बेलवासे, गुन बहादुर बिश्वकर्मा,लक्षु सुनार लगायतले बोल्नु भएको कार्यक्रममा उत्पीडित महिला बिकास मञ्च,कञ्चनकी अध्यक्ष लक्ष्मी परियारको अध्यक्षता,पुरन बहादुर परियारको स्वागत तथा उजेली बिश्वकर्माको संचालनमा कार्यक्रम समपन्न भएको हो ।
कार्यक्रम कञ्चन गाउपालिकाको सामुदायिक हल,कञ्चन-४ दियो बजारमा भएको थियो ।