७ चैत्र,कञ्चन
सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन४,रुपन्देहीको किशोर किशोरीहरुको समूह रुद्रपुर साथी सञ्जालको आठौं साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ। सो अधिबेशनले टीका थापाको अध्यक्षतामा १३ सदस्यिय रुद्रपुर साथीको नयाँ कार्य समिति निर्वाचित गरेको छ।
आगामी २ बर्षका लागि निर्वाचित रुद्रपुर साथी सञ्जालको उपाध्यक्षमा समिक्षा बिशवकर्मा,सचिवमा बिष्णु सुनार,सह सचिवमा प्रियंका चौधरी र कोषाध्यक्षमा निशा थापा निर्वाचित हुनु भएको छ।यस्तै सदस्यहरुमा अरुणा बिश्वकर्मा,माया बिशवकर्मा,अमृत सुनार,पुजा परियार,मनिषा थारु,सबिता सुनार,अस्मिता बिश्वकर्मा र मुना सुनार निर्वाचित हुनु भएको छ।
रुद्रपुर साथी सञ्जालका अधिबेशनमा शुभकामना मन्तब्य व्यक्त गर्दै सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन ४,रुपन्देहीका अध्यक्ष सुमित्रा बुढाथोकीले किशोर किशोरीहरुलाई उनिहरुको हक अधिकार र जिममेवारीका बारेमा सचेत गराउदै किशोर किशारीहरुमा हुने बिकृति र बिसंगतीको अन्त्य गर्न सदैव सक्रियता पुर्वक निरन्तर लाग्नु पर्ने बताउनु भएको छ । सुनगाभा सामुदायिक बिकास केन्द्रले आफ्नो परियोजना अन्तर्गत किशोर किशोरीहरुको क्षेत्रमा किशोर किशोरीहरुलाई बाल विबाह,दाइजो, यौन हिंसा,लिंगिय बिभेद, महिला तथा बालबालिका हिंसा र अशिक्षाका बिरुद्ध किशोर किशोरीहरु र उनिहरुको अभिभावकहरुलाई सचेत गराउदै जाने कार्यक्रमलाई साथी सञ्जालको महत्वपुर्ण भुमिका रहदै आएको बताउनु भयो ।
यसैगरी कञ्चन खवर डटकमका प्रबन्ध सम्पादक जगिलाल थापाले किशोर किशोरीहरुलाई आफ्नो उमेर समूहमा हुने हरेक हिंसाका बिरुद्ध रुद्रपुर साथी,गजेडी साथी सञ्जाल,सूर्यपुरा साथी सञ्जाल लगायत बिभिन्न साथीहरु सञ्जालहरुले गर्दै आएको रचनात्मक र सचेतनात्मक तथा दवावमुलक कार्यक्रमहरुले समाजमा दियोको रुपमा काम गर्दै आइरहेको बताउनु भयो । साथी सञ्जाल मार्फत किशोर किशोरीहरुमा आफ्नो हक अधिकार र जिममेवारीमा शसक्तिकरण गराउदै आफ्नो उमेर समूहका साथीहरुको हरेक समस्याहरुको समाधान एक भएर लाग्न सामुहिकताको बिकास गर्न अझै बाकी रहेको र आफुले सिकेको कुरा आफुले प्रयोग गर्ने सामाजिक सञ्जाल वा अनौपचारिक तथा औपचारिक समयमा पनि साटासाट गर्ने बानीको अभ्यास गर्न सके साथीको व्यक्तित्व र नेतृत्व बिकास हुने बताउनु भएको छ ।
सुनगाभा सामुदायिक बिकास केन्द्रका एमिनेटर भवि क्षेत्रीले साथी सञ्जाल सम्पुर्ण किशोर किशोरीहरुका लागि साझ घर तथा किशोर किशोरीहरुको हक अधिकार र जिम्मेवारीमा शसक्तीकरण गराउने पाठशाला भएकोले साथी साथी बिच आपसी अनुभव र समस्याहरु आदान प्रदान गरी छलफल र समाधान गर्न साथी सञ्जालमा आवद्ध हुन प्रोत्साहित गर्नु पर्नेमा जोड दिनु भएको छ।
बाल बगैचा,ग्रेजुएट समूह,सम्वाद समूह गरी करिब ३ हजार भन्दा बढी किशोर किशोरीहरु रहेको रुद्रपुर साथी सञ्जालको हरेक गतिबिधीहरुलाई संचारको क्षेत्रबाट प्रकाशन र प्रसारण गरी साथी सञ्जाललाई परिचित गराउन सहयोग गर्नु भएको कञ्चन खवरका प्रबन्ध सम्पादक जगिलाल थापालाई सम्मान गरिएको कार्यक्रममा रुद्रपुर साथी सञ्जालको कार्य समितिमा रहेर काम गरी सहयोग गरेका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।
रुद्रपुर साथी सञ्जालका अध्यक्ष टीका थापाको अध्यक्षतामा सम्पन्न अधिबेशनमा सचिव बिष्णु सुनारे कार्यक्रम संचालन गर्नु भएको थियो ।