२७ फागुन,गैडहवा
महा शिवरात्रीको अवसर पारेर शिवालय मन्दिर व्यबस्थापन समिति,गैडहवा ८,देउरालीको आयोजनामा १८ औं देउराली शिवरात्री धार्मिक,सांस्कृतिक,पर्यटन तथा खेलकुद महोतसव २०७७ सम्पन्न भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान,सुखी नेपाली समृद्ध नेपाल निर्माण हाम्रो अभियान भन्ने नारा सहित संचालित महोत्सवमा खुल्ला भलिवल प्रतियोगिता,हाफ म्याराथन प्रतियोगिता र सि लेभलको ब्याडमिण्टन प्रतियोगिता र बिबिध सांस्कृतिक कार्यक्रम संचालन गरिएको थियो ।
देउराली आमा समूह,मेराजी गोर्खाज देउराली युवा क्लवको सह आयोजना समेत रहेको महोत्सवमा संचालन भएको खुल्ला भलिवल प्रतियोगितामा कुसुम सप्लार्यस,मुर्गिया सैनामैना प्रथम भएको छ भने मुर्गिया स्पोर्टस क्लव बि दोश्रो भएको छ। प्रतियोगितामा प्रथम हुने कुसुम सप्लार्यसले २५ हजार रुपैया नगद सहित मेडल शिल्ड प्राप्त गरेको छ भने उपविजेता टिम मुर्गिया स्पोर्टस क्लवले १५ हजार रुपैया सहित मेडल र शिल्ड प्राप्त गरेको खेल संयोजक दान बहादुर घर्ति मगरले जानकारी दिनु भएको छ। त्यस्तै प्रतियोगितामा मुर्गिया स्पोर्टस क्लव ए तेश्रो भई ७ हजार रुपैया प्राप्त गरेको छ ।
यसैगरी हाफ म्याराथन प्रतियोगितामा अभिषेक पाण्डे प्रथम,गिरीलाल कोहांर दोश्रो र आशिष क्षेत्री तेश्रो भएका थिए । म्याराथन प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमश १० हजार, ७ हजार र ३ हजार रुपैया नगद सहित मेल प्राप्त गरेका छन। यस्तै सि लेभलको ब्याड मिण्टन प्रतियोगितामा लक्षमण राना र अनिल बि.क.को समूह प्रथम भएका छन भने विनोद रिजाल र पुर्ण बहादुर थापाको समूह दोश्रो भएको खेल संयोजक घर्ति मगरले जानकारी दिनु भएको छ। प्रतियोगितामा प्रथम हुने समूहले २० हजार नगद सहित मेडल र कप प्राप्त गरेका छन भने दोश्रो हुने समूहले १० हजार रुपैया र मेडल र कप प्राप्त गर्न सफल भएका छन। यस्तै अन्तिम ४ मा पुग्ने दुई समूह आकाश बलाल र प्यारजंग गुरुंग तथा रोशन थापा र राम बलालको समूहले जनही ३३ हजार रुपैया प्राप्त गरेका छन ।
पुरस्कृत खेलाडीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै लुम्बिनी प्रदेश,रुपनदेही क्षेत्र नं. ५(क)का सभासद भुमिश्वर ढकालले युवाहरु बिना देशमा कुनै पनि बिकासको कल्पना गर्न नसकिने उल्लेख गर्नु भएको छ।सभासद ढकालले युवाहरु भनेका बिकासका सम्वाहक र बलियो खम्वा भएकाले ती सम्वाहक र बलियो खम्वालाई स्थायित्व बनाउन खेलकुदको बिकाससंगै समाज रुपान्तरणको दिशामा अभिप्रेरित गर्दै जानु पर्ने बताउनु भएको छ। युवाहरुको खेलकुद प्रतिको रुचिलाई संस्थागत गर्न हरेक स्थानिय तहमा एक व्यबस्थित खेल मैदान तथा खेलग्रामको निर्माणका लागि स्थानिय तहसंगको सहकार्यमा प्रदेश र संघले आवस्यक बजेट व्यबस्थापन गर्न आफुले निरन्तर पहल कदमी लिइरहेको सभासद ढकालले बताउनु भयो ।
स्थानिय कलाकारहरुद्वारा बिबिध सांस्कृतिक तथा सांगेतिक प्रस्तुतीहरु प्रस्तुत समेत भएको कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष भुवन बहादुर राना,नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का चन्द्र घर्ति मगर,भोला बस्याल,नेपाल कम्युनिष्ट पार्टी(एमाले)का दुर्गा प्रसाद आचार्य,अखिल नेपाल महिला संघ(क्रान्तीकारी)का मैना गिरी,अखिल नेपाल महिला संघकी मिना क्षेत्री,देउराली सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष ओम प्रकाश शर्मा लगायत महोत्सव सम्पन्न गर्नको लागि सहयोग गर्नु हुने सहयोगदाताहरुको समेत उपस्थिती रहेको कार्यक्रम शिवालय मन्दिर व्यबस्थापन समितिका अध्यक्ष गगन सिंह घर्ति मगरको अध्यक्षता तथा कार्यक्रम संयोजक शिव घर्ति मगरले स्वागत गर्नु भएको थियो ।
गैडहवा ८ देउराली टोल स्थित देउराली सामुदायिक बन उपभोक्ता समूह परिसरमा रहेको शिवालय मन्दिरमा संचालन भएको कार्यक्रम सुभाष पुन,बर्षा बि.सी.नविन पोख्रेल र पार्वती पुनले संचालन गर्नु भएको थियो ।