२६ फागुन,कञ्चन
आज बौद्धिक अपांगता भएका बिधार्थीहरुलाई छत्रबृत्ति बितरण गरिएको छ ।संस्कृतिको नाममा बिकृति बढिरहेको सन्दर्भमा युवाहरुलाई सामाजिक उत्तर दायित्व बहन गराउन र नेपालीहरुका लागि रंगहरुको पर्व होलीलाई फरक ढंगबाट मनाउने संस्कारको बिकास गर्न होली पर्बको अवसरमा बौद्धिक अपांगता भएका बिधार्थीहरुलाई छत्रबृत्ति बितरण गरिएको हो ।
![](/uploads/shares/kanchan jyc1.jpg)
कञ्चन गाउपालिका वार्ड नं. ४ अस्नैया स्थित रुद्रपुर माध्यमिक बिधालयमा रहेको डे केयर सेन्टरमा रहेका १८ जना बौद्धिक अपांगता भएका बिधार्थीहरुलाई कञ्चन जेसिजको नेतृत्वमा कञ्चन जेसिजको बार्षिक कार्ययोजना अनुसार होली मिलन कार्यक्रम गरी छात्रबृत्तिको रुपमा एक एक थान ट्रेकशुट र खाजा नास्ता बापत नगद ३ हजार रुपैया प्रदान गरिएको हो ।
छात्रबृत्ति बितरण कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउपालिका वार्ड नं. वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले युवाहरु नेपालको सुन्दर संस्कृतिलाई उछि«ङखल बनाएर बिकृत बनाइरहेको अवस्थामा होलीलाई फरक किसिमले पनि मनाउन सकिने कुरालाई उदाहरणको रुपमा प्रस्तुत गर्न लागिरहेको कञ्चन जेसिजलाई धन्यबाद दिनु भएको छ।बिभिन्न चार्ड पर्वहरुलाई समाज परिबर्तन र परोपकार संग जोड्न सके बिबिधताले सिंगारिएको नेपाली चार्डपर्वहरुलाई नेपाली कला र संस्कृतिको सही ढंगबाट संरक्षण हुने बताउनु भएको छ।![](/uploads/shares/kanchan jyc2.jpg)
यसैगरी कञ्चन जेसिज बर्ष २०१९ का अध्यक्ष तथा बर्ष २०२०का लागि आईपिपि चुडामणि पौडेलले युवाहरुलाई समाज प्रति जिम्मेवार बनाउदै युवा उधमीको रुपमा बिकास गर्नको लागि कञ्चनमा कञ्चन जेसिजको स्थापना गरिएको बताउनु भएको छ। १८ देखि ४० बर्षका युवाहरुलाई समाजको लागि आवस्यक पर्ने उधमी,अनुसासित र सृजनसिल युवा नेतृत्वको बिकास गर्नको लागि कञ्चन जेसिजमा आबद्ध हुनुपर्ने अभिप्ररित गर्दै समाजमा मानव भएर जन्मेपछि समाजको लागि समाजप्रति जिम्मेवार र कर्तब्यनिष्ठ नागरिक बन्नु हरेक समाजको अपरिहार्यता भएको समेत उललेख गर्नु भएको छ।
रुद्रपुर माध्यमिक बिधालयका प्रधानाध्यापक पतिाम्बर भट्टराईले बौद्धिक अपांगताहरुको लागि स्थापना गरिएको डे केयर सेन्टर अव आवासिय बिधालयको रुपमा बिकास हुने बताउदै बैद्धिक अपांगता भएका बिधार्थीहरुलाई उपलरबध गराइएको छात्रबृत्तिले बिधार्थीहरुमा थप हौसला प्रदान गर्नेमा बिश्वास गर्नु भएको छ।![](/uploads/shares/kanchan jyc4.jpg)
कञ्चन जेसिज बर्ष २०२०का अध्यक्ष बाबुराम पौडेलले कञ्चन जेसिज समाजकै लागि समाजद्धारा स्थापित संस्था भएकोले समाजमा हुने हरेक गतिबिधीहरु संग सदैव नजिक रहने बताउदै कञ्चन जेसिज युवाहरुलाई सचेत गराउदै जेसिजको आस्थामा संगठित गर्ने गैरनाफा मुलक संस्था भएको बताउनु भएको छ।कञ्चन जेसिजका महासचिव चित्र तुलाचनको संचालन,उपाध्यक्ष सुमन पौडेलको स्वागतमा सम्पन्न भएको कार्यक्रममा उपस्थित बौद्धिक अपांगता भएका बिधार्थीहरुका बिधार्थी,अभिभावकहरुलाई कञ्चन जेसिज बर्ष २०२०का कानुनी सल्लाहकार राधिका चौधरीले धन्यबाद ब्यक्त गर्नु भएको थियो ।![](/uploads/shares/kanchan jyc6.jpg)