२४ फागुन,कञ्चन
१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रुपन्देहीको कञ्चन गाउपालिकामा कृषि,उधमी तथा सामाजिक क्षेत्रमा कृयाशिल ११ महिलाहरु सम्मानित भएका छन । सम्मानित हुनेहरुमा किशोर किशोरीहरुलाई उनिहरुको हक अधिकारको सुनिश्चितता र शसक्तीकरण गर्नमा कार्य गर्दै आएका रुद्रपुर साथी सञ्जाल कञ्चन-४ का बिष्णु बि.क.,ग्रामिण क्षेत्रमा स्वास्थ्य स्वयम सेवा गर्दै आएका कञ्चन-५ का महिला स्वास्थ्य स्वयम सेविका पवित्रा चापागाई र कञ्चन-२ का बन्दना भण्डारी रहनु भएको छ ।
यस्तै महिला उधमीका रुपमा कार्य गर्दै आएका तथा कञ्चनको सामाजिक न्यायका क्षेत्रमा कार्य गर्दै आएका महिला अगुवाको रुपमा कञ्चन-५ की देबी काउचा,दिलमाया नेपाली,कञ्चन-४ का राधा अस्लामी, जयन्ती बुढाथोकी,कञ्चन-३ का यमकला थापा,कल्पना भण्डारी,कञ्चन-२ का मालती थारु,कल्पना घर्ति मगर,कञ्चन-१ का हिमाल थापा र गुन माया कुवंर सम्मानित हुनु भएको छ।
श्रमिक महिला दिवसको अवसरमा शुभकामना मन्तब्य ब्यक्त गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष तथा १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस २०७७ मूल समारोहका प्रमुख अतिथि गोकर्ण बहादुर क्षेत्रीले श्रम गरेर आत्म निर्भर तथा स्वरोजगार बन्ने हरेक महिलाहरुलाई कञ्चन गाउपालिकाले उच्च मुलयांकनका साथ सम्मान गर्दै जाने र अरुका लागि उदाहरणिय महिलाको रुपमा परिचित गराउने आत्म निर्भरताको पाठ सिकाइने बताउनु भएको छ। यसैगरी अखिल नेपाल महिला संघका केन्द्रिय सदस्यिय शुसिला न्यौपानेले मार्च ८ बिश्वका कामगरी श्रमिक महिलाहरुको महत्वपुर्ण उत्सवको दिन भएको ८ मार्चकै दिन श्रमिक महिलाहरुले ८ घण्टा काम,८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको अधिकार पाएको दिन भएको बताउनु भयो ।
कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुको अध्यक्षता समपन्न कार्यक्रममा कञ्चन गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी,सम्मानतिहरुको तर्फबाट रुद्रपुर साथी सञ्जालका बिष्णु बि.क. लगायतले बोल्नु भएको थियो भने कञ्चन गाउपालिकाका सहायक महिला बिकास निरीक्षक राधा पाण्डेको स्वागत तथा कार्यपालिका सदस्य लक्ष्मी परियारको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा कञ्चनका सम्पुर्ण महिला समूह,आमा समूह तथा सुनगाभा सामुदायिक बिकास केन्द्रका साथी सञ्जाल र बिधालयहरुले महिला सचेतना मुलक नृत्यहरु प्रस्तुत गरिएको कार्यक्रमको सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन ४,रुपनदेही र कञ्चन गाउपालिकाको संयुक्त आयोजना रहेको थियो ।