२३ फागुन,कञ्चन
कञ्चनमा प्रदेश सभा सदस्य भुमिश्वर ढकालद्वारा कोभिड १९ बिरुद्धको खोप लगाई सर्बसाधारणहरुका लागि खोप दिने कार्यको शुभारम्भ भएको छ। नेपाल सरकारको कोभिड १९ बिरुद्धको खोप लगाई कोभिड १९ को संक्रमणलाई राकथाम गर्न फागुन २३ गतेबाट सर्बसाधरणको लागि खोप दिन लागिएको हो । लुम्बिनी प्रदेशका सभासद तथा रुपन्देही क्षेत्र नं. ५ (क)का सांसद भुमिश्वर ढकालले गजेडी स्वास्थ्यचौकीमा कोभिड १९को बिरुद्धको खोप लगाएर खोपको शुरुवात भएको हो ।
कोभिड १९ बिरुद्धको खोप लिदै लुम्बिनी प्रदेशका सभासद तथा रुपन्देही क्षेत्र नं. ५ (क)का सांसद भुमिश्वर ढकालले महामारीको रुपमा बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको फैलिरहेको एक बर्ष पछि नेपाल सरकारले छिमेकी देश भारतबाट ल्याई ६५ बर्ष भन्दा माथीका जेष्ठ नागरिक तथा सर्बसाधरणका लागि कोभ्याक्सशिल्ड नामक कोभिड १९ बिरुद्धको खोप उपलब्ध गराइएको र कुनै संकोच नमानी खोप लगाउन आग्रह गर्नु भएको छ।
यस्तै रुद्रपुर स्वास्थ्य चौकीमा कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कोभिड १९ बिरुद्धको खोप कार्ड जेष्ठ नागरिकलाई हस्तान्तरण गरी सर्बसाधरणको लागि कोभिड खोप लगाउने कार्यको शुभारम्भ भएको छ। अध्यक्ष क्षेत्रीले दोश्रो चरणको खोप शुभारम्भ गर्दै आफुले पनि कोभिड १९ बिरुद्धको खोप लगाइसकेको र खोपले आफुलाई कुनै असर नगरेको हुदा ढुक्क भई ६५ बर्ष भन्दा माथीका सबै जेष्ठ नागरिकहरुले खोप लगाउन आग्रह गर्नु भएको थियो । कञ्चनमा करिब २ हजार भन्दा बढी ६५ बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरु रहेका छन।
खोप केन्द्रमा आफ्नो उमेर खुल्ने नेपाली नागरिकताको प्रमाण पत्र,मतदाता परिचय पत्र वा जेष्ठ नागरिक परिचय वा केही पनि नभए सम्बन्धित वडाको सिफारिस पत्र लिएर जानु पर्ने छ। कञ्चनमा रुद्रपुर स्वास्थ्यचौकी र गजेडी स्वास्थ्यचौकी गरी दुईवटा खोप केन्द्र र गैडहवामा सूर्यपुरा स्वास्थ्यचौकी,कर्महवा स्वास्थ्यचौकी,जोगडा स्वास्थ्यचौकी र सांडी स्वास्थ्यचौकी गरी ४ वटा खोप केन्द्र निर्धारण गरी कोभिड १९ बरिुद्धको खोप लगाइएको छ।
कोभिड १९ बिरुद्धको खोप लगाउन सर्बसाधरणहरुको उत्साहजनक सहभागित रहेको छ भने गैडहवामा ६५ बर्ष भन्दा माथीका करिब ३ हजार जेष्ठ नागरिकहरु रहेका छन।