
१३ असार, कञ्चन
रुपन्देहीको कञ्चनमा नेपाल स्काउटको विद्यालयगत ईकाई गठन तथा सकृयताका लागि पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सामाजिक बिकास डिभिजन कार्यलय रुपन्देहीको आयोजना तथा कञ्चन गाउँपालिकाको समन्वयमा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी स्काउट मास्टर, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकहरुलाई सम्बोधन गर्दै कञ्चनका सबै विद्यालयहरुमा स्काउट गठन र परिचालनका लागि शिक्षा शाखा मार्फत आवस्यक प्रकृयाका अगाडी बढाउन आग्रह गर्नुभयो। आगमी आर्थिक बर्ष २०८२/०८३ मा विद्यालयहरुमा स्काउट गठन, परिचालन र सकृयाताका लागि आवस्यक बजेट व्यबस्थापन गर्ने अध्यक्ष ढकालले प्रतिवद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष ढकालले नेपालमा प्रजातन्त्रको आगमन लगत्तै वि.सं. २००९ साल असार ५ गते राजा त्रिभुवन वीरविक्रम शाहदेवले नेपाल स्काउटको विधिवत रुपमा उद्घाटन गरेको उल्लेख गर्दै वि.सं. २००९ सालमा नेपाल स्काउटको स्थापना भए पनि यसले विश्व स्काउटको विधिवत पूर्ण सदस्यता भने विसं २०२६ सालमा मात्र प्राप्त गरेको र विसं २०३२ सालमा नेपाल स्काउटले युवा कार्यक्रम नीति तय गर्यो र उक्त नीतिकै माध्यमबाट स्काउटिङ गतिविधिलाई निरन्तरता दिइएको बताउनु भयो।
यस्तै प्रमुख प्रशासकीय अधिकृत माधव पोख्रेलले नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएकोले सोही उद्धेश्य पुरा गर्न कञ्चनमा गठन हुने स्काउटको पनि परिचालन र सकृयाता हुने विश्वास व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले नेपाल स्काउटले जारी गरेको युवा कार्यक्रम नीतिले शारीरिक, बौद्धिक, सामाजिक, संवेगात्मक तथा आध्यात्मिक क्षेत्रबाट बालबालिका तथा युवामा शारीरिक स्वास्थ्य, बौद्धिक क्षमता, बाहिरी क्रियाकलाप, ह्याण्डिक्राफ्ट, गृहसेवा, सेवा तथा चरित्र निर्माण र सम्बन्धको विकासमा जोड दिदै आइरहेको बताउनु भयो।
वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले कञ्चनमा स्काउट गठन भएपछि विभिन्न क्षेत्रमा जनचेतना फैलाउने जस्ता कार्यहरु संचालन हुने विश्वास व्यक्त गर्नुभयो। स्काउटले सेवा, विनम्रता, आज्ञाकारिता, एकता र विश्वसनियतालाई बोकेर व्यक्ति, समाज र राष्ट्र हुँदै अन्तर्राष्ट्रिय समुदायसम्म पुग्ने क्षमता राख्ने वडा अध्यक्ष पौडेलले बताउनु भयो ।
यसैगरी शिक्षा शाखा प्रमुख रमेश भूसालले ६ वर्षदेखि २५ वर्षसम्मका बालबालिका तथा युवाहरु स्काउटमा समावेश हुनसक्ने र स्काउटले बालबालिका तथा युवाहरुको शारीरिक, वौद्धिक, सामाजिक, आध्यात्मिक, संवेगात्मक भावनाको विकास र नैतिक तथा जीवन उपयोगी शिक्षासंग सम्बन्धित रहेर अभियान चलाउँनमा बढी केन्द्रित हुने बताउनु भयो। सन् १९०७ मा लर्ड बेडेन पावेलले २० जना युवा स्काउटलाई साथमा लिएर सुरु गरेको यो युवा शैक्षिक अभियान आज विश्वका २१६ राष्ट्रमा फैलिसकेको जानकारी गराउदै शाखा प्रमुख भूसालले यस अभियानमा विश्वका ३१ मिलियन बढी सक्रिय सदस्य रहेको र अन्तर्राष्ट्रिय समुदायसम्म पुगेर युवा तथा बालबालिकाले आफ्नो ज्ञान, सीप र क्षमतालाई प्रदर्शन गर्दै ‘सुन्दर विश्वको सिर्जनाका लागि’ अन्तर्राष्ट्रिय समुदायमा राष्ट्रको नाम उचो पार्न सक्ने महत्वपूर्ण थलो नेपाल स्काउट बन्दै गएको बताउनु भयो।
कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन गाउापालिकाका उपाध्यक्ष तथा कञ्चन स्काउटका अध्यक्ष मौसमी थापा मगरले युवा कार्यक्रम नीतिले निर्देश गरे अनुसारकै स्काउटिङ गतिविधिका कारण स्काउटिङ शिक्षामा रहेका बालबालिका तथा युवा साधारण बालबालिका तथा युवा भन्दा फरक रहेको हामीले अनुभव गर्दै आइरहेको बताउनु भयो। उपाध्यक्ष थापा मगरले कञ्चनका बालबालिका तथा युवा वर्गलाई पनि विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरुपको अभियानमा सहभागी गराई तिनीहरुको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरुलाई अनुशासित स्वाबलम्बी र चरित्रवान् बनाइ सेवा भावनाको अभिवृद्धि गर्दै देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटलाई बढी सक्षम र संगठित बनाउने उद्देश्यले नेपाल स्काउट ऐन २०५०को अधिनमा रही कञ्चनमा स्काउट गठन र परिचालन हुने बताउनु भयो।
अभिमुखीकरण कार्यक्रममा स्काउट मास्टर पारस चापागाई र यवराज गौतमले नेपालमा स्काउट, गठन, परिचालन, सकृयात, त्यसको मापदण्ड र अन्तराष्ट्रिय स्तरमा नेपालको स्काउटको भूमिका, नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले जारी गरेको राष्ट्रिय युवा नीति, २०७२ र युथ भिजन २०२५ को कार्यान्वयन कार्ययोजना, नेपाल स्काउटको मिसन, भिजन लगायत बिषयमा अभिमुखीकरण गर्नु भएको थियो।
कार्यक्रममा प्रदेश स्काउट कार्यलयको समन्वयमा रुपन्देहीका अन्य स्थानीय तहका विद्यालयहरुमा समेत स्काउट गठनका लागि आवस्यक योजना समेत निर्माण भएको थियो। कञ्चन गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा लुम्बिनी ज्ञाननिकेतन माध्यमिक विद्यालय, प्रगती माध्यमिक विद्यालयय र बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग स्कुलका स्काउट मास्टरहरुकोल समेत सहभागिता रहेको थियो। कार्यक्रम