१ जेठ, कञ्चन
रुपन्देहीको कञ्चनमा अर्घाखाँचीको सुपशिद्ध सुपादेउराली मन्दिरको स्थापना गरि पूजाआजाको शुभराम्भ गरिएको छ। हिजो बुधवार बिशेष कलश यात्रा समेतको आयोजना गरि नव निर्मित मन्दिरमा सुपादेउरालीको प्रतिमा (मुर्ति) भित्र्याइएको हो।

कञ्चन ५ को पिपरीचापा स्थित चौपारीमा निर्माण गरिएको उक्त सुपादेउराली मन्दिरको कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बिशेष पूजाआजा गरी शुभारम्भ गर्नु भएको हो। मन्दिरको शुभारम्भ गर्दै अध्यक्ष ढकालले कञ्चनलाई बन, वातावरण, जल पर्यटनको बिकाससंगसंगै धार्मिक पर्यटनलाई पनि महत्वपूर्ण क्षेत्रको रुपमा बिकास गर्न सकिने सम्भवाना रहेको बिचार व्यक्त गर्नुभयो।
कञ्चनमा पर्यटनको बलियो सम्भावना रहेको दानपूरताल, बरको रुख, मलावरदेवी मन्दिर, राधाकृष्णको मन्दिर, जेष्ठनागरिक मिलनकेन्द्र र तुल्सीघाट जस्ता क्षेत्रहरुको एकिकृत बिकास गर्न सकेमा कञ्चनलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा सबकास गर्न सकिने अध्यक्ष ढकालले बिचार व्यक्त गर्नुभयो।

यस्तै फरक प्रसंगमा बोल्दै अध्यक्ष ढकालले कञ्चनवासीको सपनाको रुपमा रहेको लालपूर्जाले विपनामा बदलिन शुरु भएको बताउनु भयो। कञ्चनका भूमिहिन दलित, भूमिहिन भूमिहिन सुकमवासी तथा अब्यबस्थित बसोबासीहरुलाई उनिहरुले बर्षौंदेखि आमोतकमोत गर्दै आएको भूमिको जग्गाधनी पूर्जा लिएर उउक्त जग्गाको मालिक बनाउने मेरो दृढतालाई आफ्नो पालिकाको वडा नं. ५ वासीहरुलाई लालपूर्जा वितरण गरेर मूर्त रुप दिन अन्तिम समयमा पुगेको अध्यक्ष ढकालले बताउनु भयो।

कार्यक्रममा कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनलाई व्यबस्थित रुपमा बिकास गर्न कञ्चनको एकिकृत बिकास गर्न कञ्चनवासीको एकता, र्धैर्यता, संयमता, सहकार्य र जनसहभागिता मुख्य श्रोत भएको बताउनु भयो। यसैक्रममा कञ्चनको पिपरीचापामा निर्माण गरिएको अर्घाखाँचीको सुप्रशिद्ध सुपादेउाराली मन्दिरको स्थापनाले कञ्चनको धार्मिक पर्यटन बिकाससंगै अर्घाखाँची पुगेर पूजा गर्न नसक्नेहरुका लागि सुविधा समेत दिएको क्षेत्रीले बताउनु भयो।

मन्दिरको शुभारम्भ गर्नु पूर्व कञ्चन गाउापालिका वडा नं. ५ को वडा कार्यालयबाट कलश यात्रा गरी सो मन्दिरमा सुपादेउरालीको मूर्ति भित्र्याई पूजा शुभारम्भ गरिएको थियो। कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष कूल प्रसाद पौडेलले कञ्चनलाई हरेक क्षेत्रबाट बिकासको नयाँ गतिमा लैजान सबै वडावासीको साथ सहयोग र सहकार्य निरन्तर प्राप्त भइरहेको र यसले आगामी दिनहरुमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो।
वडा अध्यक्ष पौडेलले अव वडा नं. ५ का भूमिहिन दलित, भूमिहिन भूमिहिन सुकमवासी तथा अब्यबस्थित बसोबासीहरुले आफ्नो भागाधिकार सहितको जग्गाधनी पूर्जा पाउने समय आइसकेको र यो समय कञ्चनवासीहरुका लागि अत्यन्त खुशीको दिन पनि भएको बताउनु भयो।

श्री सुपादेउराली मन्दिर ब्यबस्थापन समिति, कञ्चन ५ पिपरीचापाका अध्यक्ष गौरा थापाको अध्यक्षतामा भएको कार्यक्रममा श्री प्रसाद थापाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। कार्यक्रममा स्थानीय आमा समूह, क्लव, विभिन्न राजनैतिक दल, जनप्रतिनीधि, संघसंस्था र जेष्ठ नागरिक मिलन केन्द्र भजनमण्डलीको समेत सहभागिता रहेको थियो। कार्यक्रममा सुपा देउराली व्यबस्थापन समितिका सदस्य रुपा थापाले सञ्चालन गर्नु भएको थियो।


