१९ फागुन, सैनामैना/सुरज थापा मगर
श्री जनज्योति अाधारभुत विद्यालय,कञ्चन-१, दानापुर, रूपन्देहीकाे एक कार्यक्रम बीच बुधबार ३३ अाै बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएकाे छ । प्रमुख अतिथि कञ्चन गाउँपालिका अध्यक्ष गाेकर्ण बहादुर क्षेत्रीले गाउँपालिकाले विद्यालयलाई गर्ने सहयाेग सधै गरिरहने र सहयाेग गर्न सधै तत्पर रहने बताउनु भयाे ।
जस्ले विद्यालय जस्तो पवित्र ठाउँमा सहयाेग गर्छ त्याे व्यक्तिकाे सधै प्रगति भईरहने छ र त्यसकारण हामीले सहयाेग गरिरहेका छाै यहाँहरूले पनि सहयाेग गरेर कञ्चनकाे मात्र नभई देशकै नमुना विद्यालय बनाउनकाे सबै एक भएर लागिरहन समेत अाग्रह गर्नुभयाे । यस्तै बिशिष्ठ अतिथि कञ्चन गाउँपालिका उपाध्यक्ष गाेमा तरामुले विद्यालयकाे सुधारकाे लागि सहयाेग गर्ने स्थानीय संघ संस्था तथा सम्पुर्ण सहयाेगी मनहरूलाई धन्यवाद व्यक्त गर्दै विद्यालयकाे शैक्षिक उन्नतिकाे लागि सबै शिक्षकहरूलाई हर समय खट्नकाे लागि समेत अाग्रह गर्नुभयाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिल बहादुर दर्लामीले विद्यालयलाई शैक्षिक हबकाे रूपमा परिणत गर्नकाे लागि सहयाेगी दाताहरूकाे सहयाेगकाे जरूरी रहेकाे बताउनु भयाे । सहयाेगी गर्ने सम्पूर्ण सहयाेगी दाताहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै अगामी दिनमा सम्पूर्णकाे अझ धेरै सहयाेग रहने छ भन्ने विश्वास व्यक्त गर्नुभयाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिल बहादुर दर्लामीकाे अध्यक्षता, कञ्चन गाउँपालिका अध्यक्ष गाेकर्ण बहादुर क्षेत्रीकाे प्रमुख अाथित्यता, कञ्चन गाउँपालिका उपाध्यक्ष गाेमा तरामु, कञ्चन गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेत तथा कञ्चन गाउँपालिका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख रमेश भुसालकाे बिशिष्ठ अाथित्यता, नेपाल भारत मैत्री संघ काठमाण्डाैं सामाखुसी उपशाखा अध्यक्ष शेषकान्त शर्मा, कञ्चन गाउँपालिका वडा नं. ५ का अध्यक्ष तथा कञ्चन गाउँपालिका शिक्षा संयाेजक कृष्णप्रसाद अधिकारी, कञ्चन गाउँपालिका वडा नं. १ का अध्यक्ष हरि नारायण थारू, कञ्चन गाउँपालिका वडा नं. २ का अध्यक्ष शेर बहादुर थारू, कञ्चन गाउँपालिका वडा नं. ३ का अध्यक्ष नागेन्द्र बहादुर लामिछाने, कञ्चन गाउँपालिका वडा नं. ४ का अध्यक्ष दुर्गा सिंह क्षेत्री, कञ्चन गाउँपालिका वडा नं. १ का कार्यपालिका सदस्य गाेमा कार्की लगायतकाे अाथित्यता रहेकाे थियाे ।
विद्यालयका प्र.अ. प्रेम बहादुर थापाले विद्यालयकाे प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । विद्यायललाई सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिहरूलाई सम्मान पत्र सहित दाेसल्ला अाेढाएर सम्मान गरिएको थियाे । विद्यालयमा स्थापना गरिएको कम्प्युटर ल्यावकाे प्रमुख अतिथि कञ्चन गाउँपालिका अध्यक्ष गाेकर्ण बहादुर क्षेत्रीले उद्घाटन गरिएकाे थियाे । विद्यालयका सहायक प्र.अ. राेमनाथ काेईरालाकाे स्वागत मन्तव्य तथा शिक्षक अाेम बहादुर तरामुकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे हाे ।