१६ माघ, कन्चन/गोविन्द आचार्य
न्याय पूर्ण तथा समतामुलक समाज निर्माण भन्ने मूल नाराका साथ संचालित सुनगाभा सामुदायिक बिकास केन्द्र कन्चन ४ रुपन्देहीको ३० औ बार्षिक साधारण सभा तथा १५ औ अधिवेशन समपन्न भएको छ। सस्थाका अध्यक्ष अमृता थापाको अध्यक्षतामा भएको कार्यक्रमको कन्चन गाँउपालिका अध्यक्ष नवराज ढकालको प्रमुख आथिथ्यता तथा पालिका उपाध्यक्ष मौसमी थापा मगरको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
साधारण सभाबाट सुनगाभा साुमदायिक बिकास केन्द्रको वार्षिक प्रतिवेदन तथा कार्ययोजना समेत अनुमोदन गरेको छ। केन्द्रको अधिवेसनले पुनः अमृता थापाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिती निर्वाचित गरेको छ। जसको उपाध्यक्ष हिमा बेलबासे, सचिव पुष्पराज सापकोटा, कोषाध्यक्ष खडानन्द ज्ञवाली, सह सचिव पोमनाथ ज्ञवालीलाई सर्बसम्मत निर्वाचित गरेको छ। अधिबेशनले केन्द्रको नयाँ कार्यसमिति २ जना सदस्य पछि मनोनयन गर्नेगरी सदस्यमा तिल कुमारी खत्री, लता श्रीष क्षेत्री, जयकला गोतामे र शोभाखर आचार्यलाई सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समिती संयोजक बिष्णु प्रसाद ढकालले जानकारी दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै कन्चन गाँउपालिका अध्यक्ष ढकालले सुनगाभा सामुदायिक बिकास केन्द्रबाट समाज परिवर्तनको लागी संचालन गरेका हरेक कार्यक्रमहरु तथा अभियानको खुलेर प्रसंशा गर्नुभयो। क कार्यक्रमका प्रमुख अतिथी रामेत रहनु भएका ढकालले समाजिक, आर्थिक, मानसिक तथा शैक्षिक रुपान्तरणमा सुनगाभा सामुदायिक बिकास केन्द्रको भुमिका अतुलनिय रहेको बताउदै यस सस्थाले बालबालिका, किशोर किशोरीहरुको शसक्तीकरण, घरेलु तथा महिला हिंसा जस्ता सामाजिक बिकृति बिसंगतीका बिरुद्ध कञ्चन गाउपालिका, गैडहवा गाउपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, शुद्धोधन गाउपालिका लगायत स्थानीय तहहरुमा सम्बाद समूह संचालन गरी जनचेतना मुलक प्रभावकारी कृयाकलापहरु संचालन गर्दै आएकोमा धन्यबाद दिनुभयो।
कार्यक्रममा कन्चन गाँउपालिका उपाध्यक्ष मौसमी थापा मगर, कञ्चन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटा, गैडहवा गाँउपालिका वडा नं. ९ का वडा अध्यक्ष मिना थापा क्षेत्री, वडा नं. ५ का वडा अध्यक्ष बिजय शर्मा, रुद्रपुर सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष हिमाल थापा, सुनगाभा सामदायिक बिकास केन्द्रका सल्लाहकार दिननाथ आचार्य, शुद्वोधन साथी सन्जालका अध्यक्ष सुनिता हरिजन लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।
३० औ बार्षिक साधारण सभा तथा १५ औ अधिवेशनको अवसरमा खो खो विश्व उपविजेता बनेका नेपाली खेलाडी भरत सारु, कबड्डी तथा खो खो खेलाडी आरती क्षेत्री, भलिबल खेलाडी तोनिसा खाती, फुटबल खेलाडी संजोग क्षेत्री लगायतलाई सम्मान गरिएको थियो।
कार्यक्रममा सुनिता केवट, रिङकला हरिजन, शिव कुमारी तेली, तिला हरिजन, सिर्जना चौहान लगायतलाई समेत सम्मान गरिएको थियो।
त्यसैगरी समाजसेवी तथा जेसॆआई कन्चनका कार्यकारीणी उपाध्यक्ष खेम बहादुर क्षेत्रीले खेलकुद सामग्री र जर्सी वितरण गर्नुभएको थियो भने कार्यक्रममा स्थापना कालदेखि सुनगाभा सामुदायिक विकास केन्द्रलाई साथ र सहयोग दिने समाजसेवी प्रकाश क्षेत्रीलाई समेत सम्मान गरिएको थियो।
उपाध्यक्ष किरण केसीको स्वागत तथा सचिव हिमा बेलबासेको संचालनमा सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देहीको कार्यलयमा सम्पन्न भएको हो।