८ माघ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाले कञ्चनको भूमि समस्या सम्बन्धी समाधानका लागि कञ्चनमा कृयाशिल राजनैतिक दल सहित सर्बपक्षीय बैठक सम्पन्न गरेको छ। बैठकमा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले नेपाल सरकारबाट अध्यादेश जारी भई भूमि सम्बन्धी विद्यमान ऐनहरु संशोधन भए पश्चात हाल अदालतबाट स्थगन रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई जग्गा उपलब्ध गराउनको लागि राष्ट्रिय भूमि आयोगलाई कार्य प्रारम्भ गर्न सहज हुने, राजस्व दर समेत घट्न सक्ने लगायत बिषयबारे जानकारी गराउनु भयो ।
सोहीक्रममा अध्यक्ष ढकाललेकञ्चन गाउँपालिकामा हाल सम्म भएको कार्य प्रगति, महालेखा परीक्षकको कार्यालयबाट आ.व.२०७९र८० को उपरोक्त कार्यमा भएको खर्चको बारेमा औल्याइएको कैफियत आगामी दिनमा कार्य गर्दा हुन सक्ने कानूनी तथा व्यवहारिक जटिलताका विच कञ्चन गाउँपालिकाको सर्वाधिक महत्वको यस विषयलाई राष्ट्रिय भूमि आयोगबाट प्राप्त जनशक्तिबाट काम सम्पन्न गर्दा अत्याधिक धेरै समय लाग्ने हुँदा उक्त कार्यलाई के कसरी अगाडी बढाउने भन्ने सन्दर्भबारे पनि सर्वदलिय, सर्वपक्षीय बैठकमा राय सल्लाह समेत माग गर्नु भयो।
बैठकमा नेपाली कांग्रेस कञ्चनका सभापति देविराम रेग्मी, ने.क.पा. एमाले प्रदेश कमिटी सदस्य श्री भरतमणी सापकोटा, ने.क.पा. माओबादी केन्द्र, कञ्चन गाउँ कमिटिका पुर्व अध्यक्ष श्री पुष्पराज शर्मा, ने.क.पा. एमाले, कञ्चन गाउँ कमिटिका पूर्व सचिव श्री लेखनाथ पौडेल, कान्तिकारी कम्युनिष्ट पार्टी जिल्ला संयोजक श्री लक्ष्मीकान्त पौडेल, रा.स्व.पा. कञ्चन गाउँक मिटि अध्यक्षा श्री प्रेमचन्द्र पोखरेल, राष्ट्रिय जनमुक्ती पार्टीका गाउँ कमिटि अध्यक्ष श्री भिम बहादुर थापा, ।रा.प्र. पा. का गाउँ कमिटि उपसभापति श्री ज्योति नारायण आचार्य, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, कञ्चनका अध्यक्ष श्री चुडामणी पौडेल, ,ने.क.पा. माओवादी केन्द्र, प्रदेश सचिवालय सदस्य, श्री हिरा बहादुर रोका, ने.क.पा. माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष श्री विनोद पुन, कञ्चन गाउँपालिका कार्यापालिका सदस्य एवं गाउँपालिकाका प्रवक्ता श्री चित्रलाल तुलाचन, पत्रकार जगीलाल थापा, लगायतका वक्ताहरुले भूमि सम्वन्धी समस्या कञ्चन गाउँपालिकाको सर्वाधिक महत्व र चासोको विषय भएको र राजनितिक अस्थिरताबाट भूमि आयोगमा हुन सक्ने सुस्तताले गर्दा भूमि आयोगको कार्यमा मात्र भर नपरी यस गाउँपालिकाको क्षेत्राधिकार भित्र रहेको अव्यवस्थित भूमिहरुको नापजाँच, डिजिटाइजेशन, फिल्डबुक तयारी आवश्यकता अनुसार सेवा परामर्श लगायतका सम्पुर्ण प्रक्रियाहरु जुनसुकै विधि र प्रक्रिया अपनाएर भए पनि सबै वडाको काम सकभर समानुपातिक रुपमा अगाडि बढ्ने गरी गाउँपालिकाको आफ्नै स्रोत र साधनमा छिटो छरितो कार्य प्रारम्भ गर्ने, जुनसुकै निकाय तथा पक्षबाट यस सम्वन्धमा प्रश्न चिन्ह उठेमा सामुहिक रुपमा जवाफदेहिता र उत्तरदायित्व वहन गर्ने धारणा राखेको कञ्चन गाउँपालिकाका सूचना अधिकारी तथा प्रशासन प्रमुख गिरीराज अर्यालले जानकारी दिनु भएको छ ।
बैठकमा भूमि सम्वन्धी समस्या कञ्चन गाउँपालिकाका करिब ७० प्रतिशत स्थानीयहरुको साझा समस्या भएकोले कञ्चन गाउँपालिकाको आफ्नै स्रोत र साधनबाट जिल्ला भूमि आयोगसँगको समन्वयमा छिटो छरितो विधि मार्फत कार्य अगाडी बढाउने र कुनै समस्या परेमा सामुहिक जवाफदेहिता र उत्तरदायित्व वहन गर्ने गरी निर्णय समेत गरेको सूचना अधिकारी तथा प्रशासन प्रमुख अर्यालले जानकारी दिनु भएको छ। ।