२६ पुस, कञ्चन
विना शिक्षा अँध्यारो समाज, घर घरमा पुर्याऔं प्राविधिक शिक्षाको आवाज भन्ने नाराका साथ ४ दिनसम्म मनाइएको विद्यालयको ५० औं वार्षिक उत्सव तथा स्वर्णमहोत्सव २०८१ सम्पन्न भएको छ। स्वर्णमहोत्सवको अन्तिम दिन बहुचर्चित लोक दोहोरी गायक खेम सेञ्चुरीले आफु विद्यालयमा पढ्न आउनका लागि लाउने लुगा नहुँदा क्याखीमा किताव च्यापेर आउनु परेको स्मरण गरे।
विद्यालयका पूर्व विद्यार्थी समेत रहेका गायक सेञ्चुरीले "आफु यो स्थानसम्म आइपुग्नका लागि बालापनका थुप्रै साथीहरुको साथ र हौसला रहेको र म जुनसुकै ठाउँमा पुगेपनि म जन्मेको घरगाउँ र आफुले कखरा सिकेर नयाँ जीवन पाएको विद्यालयलाई कहिल्यै बिर्सन सक्दिनँ" गायक सेञ्चुरीले भने। "संसारका हरेक व्यक्तीले आफ्नो परिचय र वास्तविकताका बारेमा ढाँट्न, छल्न र बडप्पन देखाउन सक्छ तर अफुलाई जन्मदिने आमा बाबा र समाजलाई कहिल्यै ढाँट्न सक्दैन र अरुसामु देखाएको बडप्पन पाइतालाको धुलो बन्ने र उक्त धुलोलाई सबैले कुल्चदै हिड्छन" गायक सेञ्चुरीले भने।
भ्वाइस अफ सिजन ६ का कोच समेत रहेका गायक सेञ्चुरीले भने "मेरो बुवा प्रदेशमा अनि आमाले दैनिक मजदुरी गरेर म र मेरा भाई बहिनीहरुलाई हुर्काउनु भयो। सायद यहाँका छिमेकी, आफन्त र गाउँकाले मेरो आमा र मलाई साथ नदिएको भए आज म पनि मेरो बा जस्तै प्रदेश हुन्थे अनि घर आउदा फलनाको छोरा वा नाति बिदेशबाट आयो रे भन्थे होलान। म खेम सेञ्चुरी होइन गोरेकै नाममा यतै कतै भौतरिरहेको हुन्थेँ।"
"आफ्नो आङ्गमा मलाई बोकेर हिड्ने मुसा बालाई कहिल्यै बिर्सिन्न। आज मुसा बा पनि यो भिडमा भएको भए मेरो आमा अनि बाबा हजुर बुवालाई छोडेर उनकै आङ्गमा बोकिएर विद्यालयको स्वर्णमहोत्सव मनाउँथे" सेञ्चुरीले भने। "मुसा बाले बरु आफ्ना छोराछोरीलाई बोक्नु भएन तर मलाई बोकेर आफ्नो आङ्ग कहिल्यै रित्तिन दिनु भएन । तर आज वहाँकै अगाडी यसरी उभिन पाइनँ" भन्दै गायक सेञ्चुरीले कार्यक्रमस्थलाई केही स्तब्ध बनाए अनि आफु पनि भावुक बने। अनि मुसा बालाई सम्झिदै सबैका सामु गायक सेञ्चुरीले शिर झुकाए।
स्थानीय आमा समूह, क्लव, टोल बिकास र विद्यार्थी तथा शिक्षकहरुले उनकै घरदेखि बाजागाजाका साथ कार्यक्रम स्थलसम्म ल्याउदा उनका दर्शक, श्रोता र शुभेच्छुकहरुको घेराबन्दीमा परेका सेञ्चुरीलाई कार्यक्रम स्थलसम्म स्थानीय रुद्रपुर युवा क्लवका पदाधिकारीहरुले स्कटिङ्ग गर्दै ल्याउनु परेको थियो।
जव स्टेजमा सेञ्चुरी चढे तव स्वर्णमहोत्सवका बांकी सम्मानका कार्यक्रमहरु नै स्थगित गरी उनको प्रस्तुतीका लागि कार्यक्रम संचालकले स्टेज छोड्नु परेको थियो। करिब २ घण्टा लगातार प्रस्तुती दिएका सेञ्चुरीका समर्थकहरुले स्टेजमै आएर उनलाई घेरा हाल्नसमेत पछि नपरेपछि सुरक्षाकर्मीको परिचालन गरेरै स्टेज खाली गर्नु परेको अवस्था आइपरेको थियो।
उनले आफ्नो प्रस्तुतीको क्रममा "मलाई ठूलो भयो, समय दिएन, आफ्नो गाउँमा आएर पनि अरु ठाउँमा जस्तो थोरै गायो" भनेर दुखेसो नमान्न आग्रह गरे। दर्शक, श्रोता अनि शुभेच्छुकहरु मेरा भगवान भएको तर मेरो गाउँ, आफन्त, छिमेक र दौतरीहरु संसार जिताउने बलियो सिपाहीँ अनि कमाण्डर भएको गायक सेञ्चुरीले आफ्नो प्रस्तुतीको अन्तमा खुलासा गरे।