सन् १८७१ मा जर्मनीका बाइस राज्य एक भए । त्यसबेला जर्मनीको ५५ प्रतिशत भूभाग र ६१ प्रतिशत जनसङ्ख्या प्रसिया (एचगककष्ब) राज्यमा थियो । ह्यामबर्ग (ज्बmदयगचन), ब्रेमेन (द्यचुबल) र लुबेक (ीगदभअप) जस्ता ‘स्वतन्त्र नगर’ पनि त्यस एकीकरणमा सामेल थिए । प्रसियाली राजतन्त्रको नेतृत्वमा त्यो एकीकरण भएको थियो । राजा (काइजर, प्बष्कभच), प्रधानमन्त्री (शाही चान्सलर, त्जभ क्ष्mउष्चब िऋजबलअभिियच), सङ्घीय परिषद् (ँभमभचब िऋयगलअष्)ि र संसद् (राइखस्टाग, च्भष्अजकतबन) त्यस सङ्घका राजनीतिक संस्था थिए । सेना र सम्पूर्ण अधिकार राजामा निहित थियो । प्रधानमन्त्री नियुक्त गर्ने र हटाउने अधिकार राजासँग थियो । जर्मनीका सबै मन्त्री राजाप्रति उत्तरदायी थिए । संसद्ले विधेयकबारे छलफल गरी बजेट पारित गथ्र्याे । तर, प्रधानमन्त्री र संसद्बिच मतभेत देखापरे संसद् निरीह हुन्थ्यो ।
सारमा, सङ्घ राज्य जर्मन साम्राज्य अर्ध–स्वेच्छाचारी थियो । राजा शक्तिशाली थिए भने संसद् कमजोर थियो । व्यवहारमा जर्मनीमा सामन्त, पुँजीपतिवर्ग र कर्मचारीतन्त्रको पुलिसराज थियो । त्यो राज्य व्यवस्थालाई सैनिक निरङ्कुशतन्त्र भनिन्छ ।
आर्थिक विकास
अठारौँ शताब्दीको आधाआधीतिर जर्मनी कृषिप्रधान देश थियो । बहुमत जनता गाउँमा बस्थे र सहर स–साना थिए । ती सहरमध्ये धेरै मध्ययुगीन नगरजस्ता थिए । ती सहरका बाटाघाटा साँघुरा र बाङ्गाटिङ्गा थिए । घरहरू पुरानै शैलीका थिए र तिनको छानामा माटाका झिङ्गटी हुन्थे । अन्य घरभन्दा धार्मिक भवनहरू (चर्च÷गिर्जाघर) अग्ला पर्खालहरूबिच खबरदारी गर्ने बुर्जाजस्ता देखिन्थे । ती नगरको जीवन सा¥है स्थिर, सुस्त र गाउँले प्रकृतिको थियो । जर्मनीमा त्यसबेला ६–७ ओटा मात्रै ठुला सहर थिए ।
१९ औँ शताब्दीको अन्त्यतिर जर्मनीको स्थितिमा परिवर्तन देखियो । जिल्ला–जिल्लाका हरिया खेत र चौरमा कारखाना र मजदुर बस्ने आवास क्षेत्र निर्माण भए । मजदुर बस्तीका दायाँ–बायाँ र अगाडि पछाडि रेलका बाटा बने । चौडा सडक, धेरै तला भएका अग्ला घरहरू निर्माण भए । बाटाघाटामा चहलपहल बढ्यो र सक्रिय आधुनिक सहरहरू देखापरे ।
एकीकरणले जर्मनीको आर्थिक विकासमा तीव्रता ल्यायो । सन् १८७० सम्म जर्मनी उद्योगधन्दाको उत्पादनमा बेलायतभन्दा धेरै पिछडिएको थियो । त्यस शताब्दीको अन्त्यतिर जर्मनीले बेलायतलाई कच्चा फलाम र इस्पातको उद्योगमा पछि पार्यो । संरा अमेरिकापछि दोस्रोमा जर्मनी थियो ।
जर्मनीले विशाल पुँजीवादी उद्योगको तीव्रतर विकास गर्न सक्नुमा केही कारण छन् । ती हुन् ः
१) एकै देशको सिङ्गो आन्तरिक बजार निर्माण हुनु ।
२) फ्रान्सबाट कब्जा गरेको लोरेन प्रान्तमा रहेको फलामको ठुलो धाउ प्राप्त गर्नु ।
३) युद्धको हर्जना वा क्षतिपूर्तिको रूपमा फ्रान्सेली जनताबाट ५ अर्ब फ्राङ्क डकैती गर्नु ।
४) कामदारवर्गको चर्को शोषण ।
५) विज्ञान र प्रविधिमा अत्याधुनिक उपलब्धिको उपयोग गर्नु ।
जर्मनीमा त्यसबेला खासगरी धातुको काम र यन्त्र निर्माण उद्योगहरूको भारी विकास भयो । ती उद्योग र विद्युत् इन्जिनियरिङको विकासले जर्मनी युरोपका अन्य देशभन्दा अगाडि बढ्यो । रासायनिक उद्योगमा संसारको अब्बल देश बन्यो । सन् १८८३ मा संसारभरि उत्पादन भएको कोलतार (ब्लष्ष्लिभ मथभक) को दुईतिहाइ भाग जर्मनी एक्लैले उत्पादन ग¥यो । जर्मनीका कारखानामा उत्पादन हुने कपडा उद्योगमा काम लाग्ने रङहरूको प्रयोग संसारका सबै देशमा हुन्थ्यो ।
उत्पादनको सङ्केन्द्रण र एकाधिकारको थालनी
उद्योगको वृद्धिसँगै ठुला उद्योग–व्यवसायका केही शाखाबिच होडबाजी चर्कियो । यसकारण, खास गरेर भारी उद्योगहरू घटेर केही दर्जनमा झरे । जर्मन सेनालाई मुख्य मुख्य हतियार उपलब्ध गराउने क्रुप्स (प्चगउउक) कम्पनी यस्तै भारी उद्योग थियो । सन् १८४५ मा क्रुप्स कम्पनीमा जम्मा १२२ जना मजदुर काम गर्थे तर सन् १८७१ मा पुग्दा त्यो सङ्ख्या १६०० पुग्यो । १९ औँ शताब्दीको अन्त्यमा एसेन (भ्ककभल) क्षेत्रका क्रुप्स कारखानाको सङ्ख्या घटाइयो । यसको अर्थ मालिकहरूले व्यवसायको आकारअनुसार बजार मूल्य निर्धारण गर्न आपसमा सम्झौता गरे ।
ठुला पुँजीपतिहरूमाझ थरीथरी सम्झौता हुन्छन् । पहिले केही ठुला उद्योगीहरूको आ–आफ्ना मालसामानको मूल्य निर्धारण गर्न संस्था बनाउँछन् । त्यस संस्थाका हरेक सदस्यले आ–आफ्ना उत्पादनको मात्रामा सम्झौता गर्छन् । सबैको जोड उँचो बिक्री मूल्य निर्धारण गर्नुमा हुन्छ । अनि, पुँजीपतिहरूले आपसमा बजारको इलाका बाँडफाँटको सम्झौता गर्छन् । यसप्रकारको संस्था वा गोलबन्दीलाई कार्टल (ऋबचतभकि) भनिन्छ ।
पुँजीपतिहरूको अर्को संस्था सिन्डिकेट (क्थलमष्अबतभ) हो । सिन्डिकेट संस्थाका सदस्यहरूले मूल्य, उत्पादनको मात्रा र बजारबारे सम्झौता गर्छन् । त्यसपछि मिलेर सामान बिक्री गर्ने र कच्चा माल खरिद गर्ने साझा संयन्त्र स्थापना गर्छन् । यसरी व्यवसायीहरू आपसमा मिल्छन् र आ–आफ्नो स्वतन्त्रता गुमाउँछन् । यसबाट निर्माण भएका संस्थालाई ट्रस्ट (त्चगकत) भनिन्छ । पुँजीवादी संस्थाहरूको निर्माणको चरित्र जर्मनीमा मात्रै होइन† केही स्थानीय भिन्नतासँगै पुँजीपतिहरूको यस्तो संस्थागत प्रक्रिया १७ औँ र १८ औँ शताब्दीमा अन्य पुँजीवादी देशमा समेत सुरु भएको थियो । संरा अमेरिकामा मात्रै जर्मनीमा जस्तो अति छिटो एकाधिकारीहरूको विकास भएको थियो ।
सकेसम्म बढी नाफा लिनको निम्ति कार्टेल, सिन्डिकेट र ट्रस्टहरूले आपसमा प्रतिस्पर्धा हुनबाट रोक्न खोज्छन् । यी संस्थाबाहिर बस्ने उद्यमीको विरोध गर्छन्† चर्को सङ्घर्षलाई रोक्न खोज्छन् र सम्बन्धित उद्योगको शाखालाई सुरक्षित गर्न एउटै एकाधिकारमा ल्याउन खोज्छन् । ग्रिसेली भाषामा मोनोस (ःयलयक) को अर्थ ‘एक’ र पोलियो (एयभिय) को अर्थ ‘बेच्नु’ हो । त्यसैले एकाधिकार (ःयलयउयथि) को अर्थ हुन्छ एक्लै बेच्नु वा बजारको एकहट्टी ।
पुँजीवादी एकहट्टी पुँजीवादी एक वा अनेक व्यवसायको संस्था हो जसको हातमा निश्चित मालसामानको विशाल उत्पादन र बिक्री केन्द्रित हुन्छ । जर्मनीमा सन् १८७० र सन् १८८० तिर पहिलोपल्ट कार्टेल र सिन्डिकेटहरू स्थापना भएका थिए ।
एकाधिकार पुँजीको वृद्धि
१९ औँ शताब्दीमा जर्मन पुँजीवादले बिस्तारै एकाधिकारी चरित्र ग्रहण गर्यो । ठुलठुला पुँजीवादी संस्थाहरू निर्माण हुन थाले । सन् १८९० को दशकमा राइन–वेस्टफालियाली (च्जष्लभ–ध्भकतउजबष्बिल) कोइला सिन्डिकेट गठन भयो । त्यो एक उदाहरण हो । पहिलो विश्वयुद्धको केही अगाडि त्यो सिन्डिकेट १०० ओटा खानीको मालिक बन्यो । त्यसले जर्मनीको आधा कोइला खानी कब्जा गर्यो† कोइलाको बिक्री मूल्य तोक्यो† निश्चित व्यवसायीहरूलाई उत्पादन कोटा वा अंश तोक्यो† आफ्नै बजार संयन्त्रले सारा बिक्रीको बन्दोबस्त मिलायो । हातहतियारको उद्योगमा क्रुप्सले प्रभुत्व जमायो । जेनरल विद्युत् कम्पनी (न्भलभचब िभभिअतचष्अ अयmउबलथ–ब्भ्न्) र सिमेन्स शुकर्ट (क्ष्झभलक कअजगअपभचत) दुई मुख्य कम्पनीले इलेक्ट्रिकल इन्जिनियरिङको क्षेत्रमा प्रभुत्व जमाए । उद्योगका अन्य शाखामा पनि एकाधिकार कायम भए । सन् १९०५ मा जर्मनीमा १२ हजार कम्पनी र ३८५ कार्टेल थिए ।
सङ्केन्द्रणको प्रक्रिया बैङ्कहरूमा पनि पुग्यो । स–साना बैङ्कलाई ठुला बैङ्कले निले । बैङ्कले छिटोछिटो फस्टाइरहेका उद्योगलाई पुँजी प्रवाह ग¥यो । युद्धको बेला बर्लिनका ९ प्रमुख बैङ्कले देशको झन्डै आधा धितो निक्षेप (म्भउयकष्तक) हात पारे ।
पुँजीवादले एकाधिकारीको चरित्र ग्रहण गर्छ । एकाधिकारको विकास र त्यसको प्रभुत्व बढ्दै जाँदा पुँजीवाद आफ्नो चरम अवस्था साम्राज्यवादमा सङ्क्रमण गर्छ । साम्राज्यवाद पुँजीवादको सबभन्दा उँचो र अन्तिम अवस्था हो ।
कृषि
पूर्वी जर्मनीमा पर्ने एल्ब नदीको पूर्वी किनारको आधा भूमि युङ्कर (व्गलपभच) भूमिपतिहरूको थियो । ती सबै सामन्तसँग कम्तीमा केही हजार हेक्टर भूमि हुन्थ्यो । कसैकसैसँग १० हजार हेक्टरभन्दा बढी भूमि हुन्थ्यो । तिनीहरूसँग विकसित औजार, कृत्रिम मल र राम्रो बीउ हुन्थ्यो । ती जमिनदारहरूमा सामन्ती संस्कार जीवित थियो ।
जोताहा किसानसँग थोरै जमिन हुन्थ्यो र भूमिपतिबाट पाएको छाप्रो पनि हुन्थ्यो । त्यसको बदलामा किसानको सम्पूर्ण परिवारले जग्गाधनीको निम्ति काम गर्नुपथ्र्याे । घरेलु नोकरहरूको अवस्था सा¥है कष्टकर थियो । गाडीवान, घोडा हेरालु, गोठालाजस्ता घरेलु नोकरहरू मालिककै जमिनदारीमा बस्थे र तिनीहरूलाई जग्गा पनि दिइएको हुँदैनथ्यो । बिनाबिदा तिनीहरूले बिहानदेखि बेलुकीसम्म काम गर्नुपथ्र्याे । जमिनदारसँग तिनीहरूलाई शारीरिक दण्ड दिने अधिकार थियो । युङ्कर भूमिपतिहरूबाहेक धनी किसानहरू (न्चयककदयगभचभल) ले पनि जोताहाहरूलाई शोषण गर्थे ।
एल्ब नदीको पश्चिमतिर अलि साना जमिनदारहरू थिए । त्यहाँ साना र मध्यम किसानहरू बहुमतमा थिए तर आर्थिक क्षेत्रमा धनी किसानहरूको प्रभुत्व थियो ।
सन् १८८८ मा जर्मनीमा २ हेक्टरभन्दा कम जमिन भएका ३० लाख साना किसान थिए । तथ्याङ्कअनुसार सारा खेतीको झन्डै ५ भागको ३ भाग मात्र किसानहरूको थियो । ती किसानले सानो खेतबारीको भरमा गुजारा चलाउन सक्दैनथे । यसकारण, जर्मनीका कुनाकन्दरामा सयौँ वर्षदेखि धेरै गरिब किसानहरू विभिन्न किसिमका हस्तकला निर्माणमा पनि लाग्दै आएका थिए । तर, ठुलो आकारका उद्योगको विकासले ती हस्तकलाबाट झन्झन् कम आम्दानी हुन थाल्यो । गरिब किसानले कारखानाको उत्पादनलाई उछिन्न सकेनन् । गरिब किसानले आ–आफ्ना भूमि बेचे र सहरहरूतिर बसाइँ सरे । तिनले भूमिपति तथा धनी किसानहरूकहाँ ज्यामी भई काम गरे ।
गाउँघरमा प्रहरी र प्रशासनका पदाधिकारीहरू युङ्कर वा सामन्तहरूको हातमा हुन्थे । त्यसकारण, जग्गाधनीले जे गरे पनि हुन्थ्यो । संसद्को निर्वाचनको बेला जग्गाधनीहरूले गाउँले मतदातालाई आतङ्कित पार्थे । प्रायः खेती मजदुरहरूलाई निर्वाचन केन्द्रमा पशुलाई जस्तै लान्थे र जमिनदारका दलालहरूको देखरेखमा मत खसाल्न लगाउँथे ।
युङ्कर–बुर्जुआ साम्राज्यवाद
जर्मन साम्राज्यवाद अरू साम्राज्यवादभन्दा विशेष थियो । त्यो सामन्ती–पुँजीवादी (व्गलपभच–दयगचनभयष्क) चरित्रको थियो । एकाधिकारी पुँजीपतिवर्ग झन्झन् धनी तथा बलिया हुँदै गए पनि युङ्करहरूले आफ्नो दबदबा कायम राखे । ठुलठुला भूमिपति र एकाधिकारीहरूको आर्थिक सम्बन्ध जेलिँदै गयो । धेरैजसो सामन्त, रजौटा र राजा विल्हेल्म दोस्रो (पबष्कभच ध्ष्जिभmि क्ष्क्ष्) ले समेत ठुलठुला एकाधिकार कम्पनीहरूमा लगानी गरेका थिए ।
साझा आर्थिक स्वार्थ पूरा गर्न मजदुर तथा समाजवादी आन्दोलनको विरोधमा सामन्त र ठुला पुँजीपतिवर्ग मिलेर सामन्ती–पुँजीवादी गुट बनाए । त्यस गुटले सर्वहारावर्ग र विश्व बजारका प्रतिस्पर्धीहरूको विरोधमा राज्यशक्ति वा सत्ताको प्रयोग ग¥यो । तिनीहरू थलसेना र जलसेना दुवैलाई सबल पार्न चाहन्थे । सामन्त र पुँजीपतिवर्गले सक्रियतापूर्वक सरकारको औपनिवेशिक नीतिलाई समर्थन गरे । यसरी जर्मन साम्राज्यवाद र उपनिवेशवाद फस्टाउँदै गयो ।
दोस्रो विश्वयुद्धपछि
दोस्रो विश्वयुद्धको अन्त्यतिर हिटलरले संरा अमेरिका र बेलायतसँग सोभियत सङ्घको विरोधमा सम्झौताको प्रस्ताव राखेका थिए तर सोभियत सङ्घको लालसेना धेरै अगाडि बढिसकेको हुँदा त्यो सम्भव भएन । विश्वयुद्धपछि पश्चिमी र साम्राज्यवादी शक्तिले सोभियत सङ्घसँग सैद्धान्तिक सङ्घर्ष अर्थात् शीतयुद्धको तयारी गर्दै गए । उनीहरूले युद्ध अपराधी घोषणा गरिएका हिटलरका सैनिक, कूटनीतिक, राजनीतिक र गुप्तचर विभागका सम्भव सबै नाइकेलाई अमेरिका भगाएका थिए । त्यसको एक उदाहरण, ब्राजिलमा पूर्वराष्ट्रपति बोल्सोनारोका पिता पनि युद्ध अपराधी थिए ।
पूर्वी युरोपका समाजवादी देशहरूबिच आन्तरिक कलह, सोभियत सङ्घभित्रै विभिन्न गणराज्यमाझ र सोभियत सङ्घकै विरोधमा तथा सोभियत कम्युनिस्ट पार्टीभित्रै सत्ता सङ्घर्ष एवम् सैद्धान्तिक सङ्घर्षलाई चर्काउँदा स्टालिनमाथि मन्दविष प्रयोग तथा सम्भावित नयाँ नेतृत्व किरोभको हत्यामा जर्मनीका गुप्तचर विभागको मुख्य हात थियो ।
त्यस्तै, अफ्रिकाका नवस्वाधीन देशहरू र एसियाली एवम् ल्याटिन अमेरिकी देशहरूमा पनि नेटोका साम्राज्यवादी देशहरू निरन्तर लागिरहे । भारत–चीनको सीमा विवाद र सङ्घर्षमा संरा अमेरिका र बेलायत प्रमुख रूपले हाकाहाकी लागेका थिए† कोरिया, हिन्द–चीन, दक्षिण इस्टोनिया वा दक्षिण एसियामा पुनः उपनिवेश कायम राख्न विद्रोह र सङ्घर्ष भड्काउने कार्य सुरु गरे । अफ्रिकी देशहरूमा भित्री सङ्घर्ष र बाहिरी हस्तक्षेपमार्फत साम्राज्यवादीहरूले झन्डै हरेक तीन महिनामा एउटा सैनिक विद्रोह र राजनीतिक सङ्घर्ष गराई संसारमा अशान्तिको बीउ छर्दै गए ।
सन् १९९० मा सोभियत सङ्घको विभाजन, सोभियत पार्टीको विघटन र समाजवादको अस्थायी हारपछि अमेरिकी साम्राज्यवाद तथा अन्य साम्राज्यवादी शक्तिहरू पुनः संसारमाथि आफ्नो पुँजीवादी हुकुम चलाउन अरबको तेल भण्डार र ल्याटिन अमेरिकातर्फ केन्द्रित हुँदै गए ।
पूर्वतिर अमेरिकी र नेटो शक्तिले उत्तर कोरिया, चीन, भियतनामजस्ता साम्यवादी प्रभावका देशसँग आर्थिकरूपले प्रतिस्पर्धा गर्न जापानको जस्तै नयाँ प्रविधियुक्त आर्थिक विकासमा ध्यान दिएको तथ्यले देखायो । दक्षिण कोरिया, ताइवान, फिलिपिन्स आदि दक्षिण–पूर्वी एसियाली देशलाई एक सैनिक सङ्गठनमा सामेल गरे ।
आजको जर्मनी
युरोपको सबभन्दा ठुलो अर्थतन्त्र जर्मनी उच्च आर्थिक आय भएको देश हो । आज ८ करोड ४२ लाख जनसङ्ख्या भएको जर्मनीको कुल घरेलु उत्पादन ५.६८६ खर्ब अमेरिकी डलर छ । सन् २०२४ मा जर्मनी संसारको तेस्रो अर्थतन्त्र बनेको छ । यसको प्रतिव्यक्ति आम्दानी ५४ हजार २९१ अमेरिकी डलर बताइन्छ ।
कृषिमा जर्मनीको उत्पादन ०.७ प्रतिशत मात्रै छ भने उद्योगमा ३०.७ प्रतिशत र सेवामा ६८ प्रतिशत बताइन्छ । तर, त्यहाँका १३ प्रतिशत जनता गरिबीको रेखामुनि छन् भने देश भ्रष्टाचारबाट पीडित छ । खेती वा कृषिमा १.४७ प्रतिशत श्रमशक्ति छ भने उद्योगमा २४ प्रतिशत र सेवामा ७४.३ प्रतिशत छ ।
फलाम, इस्पात, कोइला, सिमेन्ट, रासायनिक वस्तु, वाहन, यान्त्रिक ज्यावलहरू इलेक्ट्रोनिक वस्तु, स्वचालित वाहन, खाद्यान्न तथा पेय पदार्थ, जहाज निर्माण, रक्षा र कपडाका सामान, सूचना प्रविधि, औषधि विज्ञानका सामान आदि उत्पादनमा जर्मनी चर्चित देश हो ।
यस्तै, औषधिजन्य सामग्री, धातु, यातायातका सामग्री, खाद्यान्न, कपडा, रबर र प्लास्टिकका उत्पादनहरू पश्चिमी देशमा बढी निर्यात हुन्छ । युरोपेली सङ्घमा ५३.६ प्रतिशत, फ्रान्समा ७ प्रतिशत, नेदरल्यान्डमा ६.४ प्रतिशत, इटालीमा ६.६ प्रतिशत, पोल्यान्डमा ५.३ प्रतिशत, अस्ट्रियामा ५.२ प्रतिशत, बेल्जियममा ३.७ प्रतिशत, संरा अमेरिकामा ८.६ प्रतिशत, चीनमा ७.७ प्रतिशत, बेलायतमा ४.८ प्रतिशत र स्विजरल्यान्डमा ४.४ प्रतिशत सामान जर्मनीले निर्यात गर्छ ।
त्यस्तै, मेसिनरी, वाहन, रसायन, तेल र ग्यास, धातु, बिजुलीका सामान, औषधिजन्य सामान, खाद्यान्न र कृषि वस्तुका सामान विशेषतः युरोपेली देशबाट नै जर्मनीले आयात गर्छ । युरोपेली सङ्घबाट ५८.६ प्रतिशत, नेदरल्यान्डबाट ९.६ प्रतिशत, पोल्यान्डबाट ६.६ प्रतिशत, इटालीबाट ५.८ प्रतिशत, फ्रान्सबाट ५.५० प्रतिशत, चेकबाट ५.२ प्रतिशत, बेल्जियमबाट ४.६ प्रतिशत, चीनबाट १० प्रतिशत आयात गर्छ । त्यस्तै, जर्मनीले संरा अमेरिकाबाट ४.८ प्रतिशत, स्विजरल्यान्डबाट ४.१ प्रतिशत आयात गर्छ तथा बेलायतबाट २.९ प्रतिशत सामान आयात गर्छ ।
भनिन्छ, जर्मनीलाई प्रकृतिको वरदान छैन तर जर्मनी मानव मस्तिष्क एवम् मेहनतको बलमा टिकेको, फलेको र फुलेको देश हो ।
साभार ः आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास