१३ असोज, बुटवल/विनोद खनाल
अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको आठौं जिल्ला अधिबेशन बुटवलको कान्ति माध्यामिक बिद्यालयमा सम्पन्न भएको छ। अधिबेशनले रेशम चालिसेको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति तथा ७ सदस्यीय सल्लाहार समिति समेत निर्वाचित गरेको छ।
अधिबेशनले सह अध्यक्षमा दिपक बन्जाडे, उपाध्यक्षमा कृष्ण प्रसाद पौडेल र अर्जुन चौधरी, महिला उपाध्यक्षमा शुसिला गैरै, सचिवमा शेरचन गिरी, सहसचिवमा केशवराज अर्याल, कृष्ण पोखरेल र पर्शुराम चौधरीलाई निर्वाचित गरेको छ। यसैगरी सदस्यहरुमा राजु शर्मा पौडेल, निक तरामु मगर, खोपलाल पाण्डे, यदुनाथ तिवारी, भिमा केसी निर्वाचित हुनु भएको छ। ४ जना सदस्य भने निर्वाचित कार्य समितिको पहिलो बैठकले मनोनित गर्नेगरी रिक्त राखिएको छ।
संगठनको सल्लाहकारमा अर्जुन प्रसाद पोखरेल, शिबकला खनाल, ज्ञानु केसी, महेश पाण्डे, पिताम्बर बन्जाडे, रामप्रसाद न्यौपाने र गोविन्द उपाध्यायलाई चयन गरेको छ ।
अधिबेशनमा सहभागी शिक्षकहरुलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एवं संगठनका फ्र्याक्सन ईन्चार्ज भेषराज सीले अखिल नेपाल शिक्षक संगठनका शिक्षकहरु सबैभन्दा जुझारु, सक्षम, अपडेट र सकृय हुन जरुरी रहेको बताउनु भयो। श्रम, शिक्षा र चरित्रलाई एकीकृत गर्ने खालको शिक्षा नीति बनाउनु पर्नेमा जोड दिँदै अंकमा मात्र मापन गर्ने शिक्षा नीतिले समग्र शिक्षा गुणस्तरीयता मापन गर्न नसकिने ठोकुवा गरे । संगठनका पुर्व महासचिव समेत रहेका उनले एकीकृत जनक्रान्तिको नयाँ स्कुल मार्फत देशभरि पढाउने अभियानमै रहेको भन्दै आँफुलाई राजनीतिक पार्टिको नेता भन्दा शैक्षिक आन्दोलनको सिपाही हुनुमा गर्व रहेको बताए ।
यस्तै अर्का पोलिटब्युरो सदस्य एवं रुपन्देही ईन्चार्ज वसन्त सीले शिक्षा नीति निर्माण गर्ने थलोमा ठेकदारहरुको बोलवाला भएको भन्दै शिक्षकहरुले शिक्षा नीति सुधार एवं पेसागत हकहितका लागि ठुलो दवाबमुलक आन्दोलनको आवस्यकता रहेको बताए । संगठनका पुर्व अध्यक्ष एवं शिक्षाविद घनश्याम पाठकले राज्यसंग नैतिकता नभएका कारण शिक्षकहरुसंग भएका सम्झौता कार्यान्वयन गर्न अग्रसर नभएको भन्दै अन्य संगठनहरु सत्ताको ताबेदारी गर्ने र भ्रष्टचारमा तल्लिन हुँदा छरिएर रहेका क्रान्तिकारीले शिक्षकहरुलाई समेटेर संगठनको पहलकदमिमा सम्झौता कार्यान्वयनका लागि दबाब सृजना गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सहअध्यक्ष गुणाखर भट्टराई, नेकपाका केन्द्रीय सदस्य सरद सी, नेपाल शिक्षक महासंघ राष्ट्रीय समितिका सदस्य गंगा नेपाल, नेपाल शिक्षक परिष्द रुपन्देही अध्यक्ष भिमदेव पाण्डे, कालिका मानवज्ञान माविका प्राचार्य दिनेश थापा, कान्ति माविका प्राचार्य गोविन्द ज्ञवाली, अधिवक्ता ज्ञानु केसी, सहिद परिवार मिना न्यौपाने, केन्द्रीय लेखा संयोजक रामजीआचार्य, लुम्बिनी प्रदेश अध्यक्ष भिमदेब ढकाल नेकपा रुपन्देही सेक्रेटेरी बिरेन्द्र सी, अखिल समाजबादीका पदम सी लगायतले अधिबेशन सफलताको शुभकामना मन्तव्य दिएका थिए ।
संगठनका पुर्व अधिकारीहरुलाई सम्मान समेत गरिएको सो कार्यक्रम संगठनका जिल्ला अध्यक्ष रेशम चालिसेको अध्यक्षता, जिल्ला उपाध्यक्ष अर्जुन पोखरेलको स्वागत एवं सचिव दिपक बन्जाडेको संचालनमा सम्पन्न भएको थियो ।