काठमाडौं उपत्यकाभित्र या बाहिर रहेका अधिकांश खाजाघर, होटल–रेष्टुरेण्ट मापदण्डविपरीत सञ्चालित छ । सरकारको नीतिनियम नटेरीकन सञ्चालनमा आएका त्यस्ता व्यवसायले सरसफाइलाई ध्यान दिएका छन् । खाजाघरहरुले बासी खाना, खाजा बेचेको गुनासो पछिल्लो समय व्यापक सुनिन्छ । त्यसैगरी, बाहिर होटल र भित्र यौनधन्दा चलाउने काम पनि भइरहेको छ ।
होटलहरुले व्यापक बालश्रम गराइरहेका छन् । ससाना बालबालिका होटलको सरसफाइ, भाडा माँझ्न राखिएको देखिन्छ । मिठाइ पसलहरुको हालत पनि उस्तै छ । सडेका, गलेका सामान बेच्न खान्छन् । मँहगो पैसा लिएर स्वास्थ्यलाई हानिकारक हुने खाद्यान्न खुलेआम बेचिरहेका छन् । तर, त्यस्ता होटल व्यवसायीलाई कारबाही गर्नमा सरकारको ध्यान छैन् । देशमा तीन तहको सरकार छ यद्यपि, तीनै तहको सरकारले अनुगमन गर्दैन ।
आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई होटल सञ्चालकले यौन पेशामा लगाउने गरेका छन् । त्यस्ता होटल सञ्चालकहरु पक्राउ परेको भनि कहिलेकाँही समाचार प्रकाशित भइरहेको हुन्छ । तर, अनुगमन प्रभावकारी भएन् । उपत्यकाभित्रको अधिकांश होटलमा त्यस्तो धन्दा चलेको होला । सरकारले त सबै होटलमा अनुगमन गर्नुपर्यो, निगरानी राख्नुपर्यो ।
गलत कामको गरिबीले फाइदा उठाउन भएन् । खाजाघरहरु निकै दुर्गन्धित छन् । फोहोरै फोहार । कहिले सफा नगर्याझैं देखिन्छ । खाना पकाउने ठाउँ च्यापच्याप हुन्छ । भाडा माझ्ने ठाउँ पनि त्यस्तै । खाना पनि कतिदिन बासी हुन्छ । खसी भनेर बोकाको मासु पकाएर बेच्छन् । राँगा भनेर भैंसी । लोकल रक्सी भनेर स्वास्थ्य सिद्धयाउने पदार्थ बेचिन्छ । त्यो रक्सीमा के–के हाल्या हुन्छन् खोइ ?
सबैभन्दा धेरै फोहोर त मिठाइ पसल हुन्छ । मिठाइ पसलको किचन र मिठाइ बनाउने व्यक्ति देख्यो भने सायदै कसैले मिठाइ खाला । किचन त फोहोर हुन्छ । साथै, मिठाइ बनाउने व्यक्ति पनि । सरसफाइलाई रद्दीभर पनि ध्यान दिएको पाइँदैन् । मासु बेच्ने पसलहरु पनि उत्तिकै दुर्गन्धित हुन्छ । छेउमा गएर उभिनसमेत महामुश्किल छ । मरेका, गलेका, कुहिएका मासु बेच्छन् ।
सर्वसाधारणहरु सरकारले अनुगमन ठप्प पारेको गुनासो गर्छन् । किराना पसल होस् या सुपरमार्केट त्यहाँ अनुगमन छैन् । जसका कारण व्यापारीलाई व्यापक फाइदा भएको छ । म्याद गुज्रिएको सामानमा नयाा म्याद हालेर बेच्ने कार्य जारी नै छ । कम तौल, गुणस्तरहीन सामान बेचेर उपभोक्ता लुटिरहेका छन् । अधिकांश पसलको दर्ता छैन । राज्यलाई कर तिर्दैनन् ।
तैपनि सर्वसाधारणलाई दिँउसै अध्याँरो पारेर ठगिरहेका छन् । जनप्रतिनिधि र सरकारी कर्मचारीलाई पैसाभन्दा ठूलो केही भएन् । मापदण्डविपरीत पाइएमा कमिशन लिन पुग्छन्, कारबाहीमा चासो छैन । मुलुकको प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको अवस्थाबारे केही थाहा छैन । आफ्नो विरोधमा जो आउँछ, उसलाई सिद्ध्याउनतर्फ मात्र उनी ध्याउन्न छन् ।
हाउडे भाषण ठोक्छन् । हालै उनले आफ्नो विरोधमा बोल्ने जनप्रतिनिधिलाई ठाउँमा ल्याउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । हुन त एमालेका नेता–कार्यकर्ताले ओलीलाई पहिलेदेखि नै ‘गुण्डा’ भन्थे । उनले त्यो प्रमाणित गरिदिएका छन् । देशको प्रधानमन्त्रीले उनले बोल्ने शब्द बोल्दैनन् । प्रधानमन्त्रीको कुर्सीमा बसेर हामी २०८४ को मिशनमा छौं भनिरहेका छन् ।
अहिले नै पदमा भएकालाई के ८४ मिशन ? काम गर्ने भए अहिले गरेर देखाए भईगो । जनता अल्मलाउन ८४ भनिरहनै पर्दैन । अहिले केही नगरेको व्यक्तिले ८४ मा गर्छ ? अब जनताले काँग्रेस र एमालेलाई भोट दिनैहुन्न । यस्ताले अलिअलि बाँकी बचेको देश पनि सकाइदिन्छन् । दशैंपछि ठूलो आन्दोलन हुने देखिन्छ । के थाहा ८४ सम्म यिनीहरु देशमा रहने हुन् कि हैनन् ?
जनतालाई भाषण हैन्, काम गर्ने व्यक्तिको खाँचो परेको छ । विकृति–विसङ्गति, भ्रष्टाचार, मँहगी, अनियमितताबाट निकाल्ने नेतृत्व चाहिएको छ । दशैं आइसक्यो । अब तीन साता मात्र बाँकी छ । तर, बजार अनुगमनमा सरोकारवालालाई चासो छैन् । प्रधानमन्त्री ओली बजार अनुगमन गर्न सरोकारवालालाई निर्देशन दिँदैनन् । हुन त बेफुर्सद भएर पनि होला । काठमाडौं महानगरका मेयर बालेन साहको विरोध गर्दै उनलाई भ्याइनभ्याइ छ ।
अनि के निर्देशन दिन्थें ? व्यापारीले सयको सामान पाँच सयमा बेचेर ठगिरहेका छन् । हरेक सामानको मिसावट छ । मँहगो मूल्य तिरेर विषादीयुक्त सामान खान बाध्य छन् सर्वसाधारण । पानीमा समेत केमिकल मिसाइएको पाइन्छ । जमिनमूनिको पानी केमिकल मिसाएर बजार पठाइएको छ । जहाँ पनि उपभोक्ता लुटिएका छन् । सर्वसाधारणले पैसा तिरेर रोग निम्त्याइरहेका छन् ।
तर, प्रधानमन्त्रीलाई मतलब छैन् । होस् पनि किन ? उनी दिनहुँ हजारौं रुपैयाँको पानी पिउँछन् । त्यो पनि कुन देशको हो ? मरे सर्वसाधारण मर्ने त हो भन्ने सोच अहिलेको सरकारमा देखिन्छ । दुई ठूला दल मिलेर बनेको सरकार असफल देखिसकेको छ । केही काम गर्न सकेको छैन् अहिलेको सरकारले । अब जनताको घरमा कसरी भोट माग्न जान्छ ? अनि जनताले यिनीहरुलाई के आधारमा भोट दिन्छन् ?
ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई कसलाई राजदूत बनाउने ? कसलाई सरुवा बढुवा गर्ने ? कहाँबाट कमिशन उठाउने ? ठेक्कापट्टा कुनचाँहि निर्माण व्यवसायीलाई दिने ? बस् यति मात्र ध्यान छ । माओवादी अध्यक्ष प्रचण्ड पनि काँचुलीभन्दा छिटो रंग फेर्छन् । उनको नौटंकी सबैले बुझेका छन् । हिजो दाउरा सुरुवाल लगाउने प्रचण्ड आज झुत्रो सर्ट लगाएर हिँड्छन् । हुन त जनतालाई देखाउनुपर्यो ।
प्रचण्डसँग ओली र देउवाको विरोध गर्ने आँट छैन । उनीहरु देख्नेबित्तिकै सर्ल्याकसुर्लुक परिहाल्छन् । समाजवादीका अध्यक्ष माधव नेपाल अचानक नेता बनेका हुन् । बैंकका कर्मचारी उनमा नेता हुने क्षमता पनि देखिँदैन् । हुन त बैंकका कर्मचारीलाई कसरी नाफा खाने र घुस लिने भन्ने मात्र हुन्छ । जनताको नारा लगाएर पदमा आयो अनि उनीहरुलाई नै दुःख दियो ।
अब प्रधानमन्त्रीले कि म जनताको अभिभावक होइन् भन्नुपर्यो कि अनुगमन गर्न निर्देशन दिनुपर्यो । सर्वसाधारण मर्कामा परेका छन् । सरकारलाई मतलबै छैन् । व्यापारीले उपभोक्ता ठग्ने, राजनीतिक दलले व्यापारीबाट चन्दा उठाएर पार्टी चलाउने । व्यापारीले जतिसुकै ठगेपनि सरकारले किन अनुगमन गर्दैन ? यो प्रष्टै छ । चन्दा उठाएको छ अनि हात बाँध्नैपर्यो, मुखमा बुझो लगाउनैपर्यो ।
धनीलाई यहाँ सँधै दशैं हो । तर, गरिबलाई त वर्षदिनमा आउने चाड हो । त्यतिबेला पनि राम्रो सामान पाउँदैनन् । त्यही कुहिएको, सडेको, गलेको सामान खान बाध्य हुन्छन्, उपभोक्ता । यसअघि पनि ओली पटकपटक प्रधानमन्त्री बनिसके । यद्यपि, सिन्को भाँचेनन् । काँग्रेस र एमालेले विगतदेखि राज्यको ढुकुटी दोहन गर्दै आएको छ । त्योबाहेक अरु केही अपेक्षा नगरेपनि हुन्छ ।
सरकारले अहिलेसम्म अग्रिम टिकट बुकिङ खोल्न चासो देखाएको छैन् । तीन साता मात्र बाँकी हुँदा त सरकारले छलफल गरेको छैन् भने कहिले गर्छ ? अब त गुड्ने र उड्ने दुवैको ठगीभन्दा चल्छ । पाँच सयको बाटोमा तीन हजार तिर्न बाध्य हुन्छन्, सर्वसाधारण । सरकार केही गर्दैन् । सरकारले गैरजिम्मेवारीपनका कारण यो वर्षपनि धेरैले ज्यान गुमाउनुपर्ने देखिन्छ ।
किन कि जिल्ला जाने सबै गाडी थोत्रा, पुराना हुन्छन् । त्यसमा पनि कोचाकोच गरेर यात्रु हालिन्छ । अनि सवारी दुर्घटना हुने भैगो । जनता आशे भए । त्यसैले कुनै फेरबदल भएन् । ओलीसँग काम क्षमता छैन भन्ने स्पष्ट हुँदाहुँदै पनि यस्तालाई चुनिएर पठाइन्छ ।
भक्तपुर