जगी लाल थापा
बिष्णु पन्थीलाई त म व्यक्तीगत रुपमा चिन्दिनँ। उनि लुम्बिनी प्रदेहका लागि नेकपा एमालेको तर्फबाट चुनाव जितेका सांसद हुन। यसभन्दा अघि उनि लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री समेत भइसकेका ब्यक्ती हुन। उनलाई यतिमात्र चिन्छु।
आज लुम्बिनीको स्वास्थ्य मन्त्री भइसकेका नेता पन्थीले सामाजिक सञ्जाल मार्फत लेखेको सार्वजनिक पत्र मेरो मावाईल स्क्रिनमा पनि देखियो। मैले चासो दिएर पढें। मलाई जाद्रै स्वादे लाग्यो । उक्त पत्र पढे पछि आफ्नै व्यथा ओकलिए झैं लाग्यो। पत्रले उब्जाएको तिर्खाहरु पोख्न मन लाग्यो।
व्यथा भनेको हामी जस्ता भुँईमान्छेहरुलाई मात्र नहुदो रहेछ। घर घरी देशको सत्ता रसस्वादनमा अवसर पाइरहने दलका नेता त्यो पनि प्रदेशको स्वास्थ्य मन्त्री भएकाहरुलाई पनि पिडा हुने रहेछ। सार्वजनिक पत्र पढेपछि महसुस भयो। हामी जस्ता भुँई मान्छेहरुको पिडा एकनासको हुन्छ। "सधै यस्तै त हो" भनेर टारिदिन्छौैं । पिडालाई पिडा मान्दैनौं । बरु साथी मान्छौं। तर नेता भनाउदाहरुलाई पिडा लागेपछि उनिहरुको पिडा ब्यक्तीगत हुन्न । सार्वजनिक हुन्छ। तर भुईँ मान्छेहरुको पिडा नितान्त ब्यक्तीगत हुन्छ। उसको पिडा कसैले सुन्दैन। बस आफैले आफैलाई कनकनाउने मात्र हो।
यदि उनिहरुले राज्य संयन्त्रलाई देश र जनताको पक्षमा चलयमान बनाउदै आएको भए हाम्रो सुशासन खै कता छ? संघियता खै कता छ ? यो स्वास्थ मन्त्रालयले के काम गर्छ ? स्वास्थ सेवा ? बिभाग हो कि दुख हो अनि यहाँ के काम हुन्छ? भन्दै पुर्व मन्त्री भएकाहरुले गोहीको आँशु झार्नु पर्दैनथ्यो सायद। |
जव पन्थी जस्ताहरुलाई कर्मचारीहरुले सताउछ, यताको उता, उताको यता बनाउछन तव उनिहरुले यो मेरो मात्र नभई सबैको साझा हो भनेर ढ्याङ्ग्रो ठटाइन्छ। हो यहीनेर छ नेपालको असमान राज्य ब्यबस्था। फेरी यस्तो हुनुमा पनि हामी जस्ता भुईँमान्छेहरुले बनाएको पनि होइन। आफुलाई सदैब शासक दल, ठूला दल, धेरै जनमत भएको भन्दै दम्भ देखाउदै राज्यका हरेक अंगहरुको स्वाद लिइरहेकाहरुले नै हो।
यदि उनिहरुले राज्य संयन्त्रलाई देश र जनताको पक्षमा चलयमान बनाउदै आएको भए "हाम्रो सुशासन खै कता छ? संघियता खै कता छ ? यो स्वास्थ मन्त्रालयले के काम गर्छ ? स्वास्थ सेवा ? बिभाग हो कि दुख हो अनि यहाँ के काम हुन्छ?" भन्दै पुर्व मन्त्री भएकाहरुले गोहीको आँशु झार्नु पर्दैनथ्यो सायद। सत्ता र कुर्चीमा रहदा कराईमा लागेको खली नसकिएसम्म जिव्रो तन्काको तन्काई चाट्ने अनि "हाम्रो सुशासन खै कता छ?" भनेर प्रश्न गर्न नैतिकताले दिन्छ कि नाई? सत्ता र शक्तीको दुरुपयोग गरेर हरेक योजनाहरुमा प्रतिशतको आधारमा कमिसन कुम्ल्याउने ? कर्मचारीहरुलाई कमिसन लिन, खान र भ्रष्टचार गर्न उक्साउने अनि किन हामी दुनियाँमा झन झन पछि पर्दै छौ भन्दै कुन नैतिकताको धरातलमा रहेर प्रश्न गर्न मिल्छ?
सामान्य नागरिकले स्थानीय देखि संघबाट दिने गरेको सास्ती र पिडाबारेमा पत्रकारले समाचार लेख्यो, लेखकले कथा उतार्यो तर पन्थी जस्ताहरुले कहिले सुने? अहँ कदापी सुनेन। टाउको मात्र हल्दाउदै हस हजुरको कुरा बुझें के रहेछ मैले बुझ्छु भन्दै पिडा सुनाउन अगाडी तेर्सिएका भुईमान्छेहरुलाई पन्छाउने काम मात्र भइरह्यो र अझै त्यसको अन्त्य भएको छैन। |
स्वास्थ्य मन्त्री समेत भइसकेका मान्छेले प्रस्ताप गरेको फाइलको समेत प्राथमिकतामा नपरी यता र उता बनाउने संस्कार कसले सिकाएको हो? जति पटक सरकार फेरिएपनि कुनै न कुनै ढंगबाट एमाले, कांग्रेस र अन्य शासक दलहरु नघोलिएको सत्ता छैन। आफु पिडामा परेपछि मात्र "लेखकलाई कथा छ, पत्रकारलाई रोचक समाचार छ, वकिललाई मुद्दा र बहस छ। अख्तियार र सतर्कता केन्द्रलाई कामको मेलो छ।" भनेर डकार काढ्न मिल्छ? अहिले पनि प्रदेशमा आफ्नै दलका नेता मुख्य मन्त्री बनेका छन। स्वास्थ्य मन्त्री पनि आफ्नै दलका छन। सबै डाडे पन्यू आफ्नै हातमा हुँदा समेत लाजको थुप्रो रुपी पत्र सार्वजनिक गर्नु पर्छ भने हाम्रो राजय ब्यबस्था कसले चलाईरहेको छ?
सामान्य नागरिकले स्थानीय देखि संघबाट दिने गरेको सास्ती र पिडाबारेमा पत्रकारले समाचार लेख्यो, लेखकले कथा उतार्यो तर पन्थी जस्ताहरुले कहिले सुने? अहँ कदापी सुनेन। टाउको मात्र हल्दाउदै हस हजुरको कुरा बुझें के रहेछ मैले बुझ्छु भन्दै पिडा सुनाउन अगाडी तेर्सिएका भुईमान्छेहरुलाई पन्छाउने काम मात्र भइरह्यो र अझै त्यसको अन्त्य भएको छैन। स्वास्थ क्षेत्रका कर्मचारीले आफ्नो काम नगरेपछि आफ्ना पीडा पोख्नु वा आफ्ना पीडा पोख्नु उहाँको अधिकारको कुरा हो । तर आमजनताका कुरा कसले बोल्दिने हो? सत्ता र सरकारको मान्छेको यस्तो विजोग।
अनि आज स्वास्थ्य सेवा बिभागका कर्मचारीले १७ महिना देखि फाईल अडकाई दिएको झोंकमा आफ्नै पार्टीका अध्यक्ष केपी ओली प्रधानमन्त्रीलाई सार्वजनिक पत्र लेखेर के नाटक मञ्चन गर्न खोजेको हो? कर्मचारीलाई आलटाल गर्ने बानी सिकाएको कसले हो? कमिसनको कुरा नमिले पछि बजेट र योजना नपार्ने चलन कसले बिकास गरेको हो? देशलाई भ्रष्टीकरण तर्फ ढकेल्न कसले जमानत बस्दै आएका छन भन्ने कुराको हेक्का पनि नेता पन्थी थाहा छ सायद।
आफै मन्त्री हुँदा समेत आफ्नो मन्त्रालयको जिम्मेवारीलाई पार लगाउन नसक्ने अनि प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई पत्र लेखेर समाधान हुन्छ? देशको हरेक निकायमा गाँजिएको बेथितिको सफाई कसले गर्नु पथ्र्यो? राज्यको हरेक अंगमा दक्ष जनशक्तीलाई योग्यता अनुसारको काम, काम अनुसारको ज्यालाको बन्दोबस्त कसले गर्नु पथ्र्यो? आफै फोहोर पोखरीमा पौडिन रमाउने अनि फलानाले यस्तो गर्यो त्यसैले फलाना फलानाको नाममा पत्र भनेर हुंकारेर हुन्छ?
पुर्व मन्त्रीले अगाडी सारेको फाइलको काम नुहुनुमा कतै कमिसन बाँडफाँडमा नमिलेर हुन सक्छ । कि त यो काम गरि दे तँलाई यति कमिसन दिउँला भनेर कोठे बैठक वा म्यासेन्जर च्याट भएन की? अनि यस्तो चलन त पटक पटक सरकारमा जाने सांसद र मन्त्रीहरुले नै हो चलाउन लगाएको हो। |
सामान्य नागरिकले सिटामोल नपाएर अकालमै ज्यान फाल्नु परेको समाचर पनि पक्कै पढ होलान नेता पन्थीले। सामान्य नागरिकहरुको नागकिता बनाइदिन भनेर पन्थी स्वय कति पटक जिल्ला प्रशासन धाए होलान? त्यतिबेला नै देशको प्रशासन र कर्मचारीको बारेमा पनि प्रष्टै ज्ञान थियो सायद। त्यतिबेला जनताले पाएको दुःख र कर्मचारीले दिएको सास्तीका बिरुद्ध किन उनि बोलेनन? किन भने त्यतिवेला उनि सबैका अगाडी राम्रो हुन र भएको देखाउन चाहान्थे सायद। तर आज यो मुद्दा (पत्र)ले नेपालमा फाइल अडकने घुम्ने काम र संघीयतामा सुधार हुने र किड्नी पीडितले न्याय पाउने लाज पचाएर आशा ब्यक्त गरेको देख्दा मलाई खासै अचम्म लागेको पनि छैन। किन भने पन्थी जस्ता दोहोरो भूमिकामा खेल्ने नेताहरुकै कारण देश भ्रष्टाचारि, अनियमित्ता, ढिलासुस्ती, कमिसनमुखी र अपराधीकरा तर्फ डोरिरहेको छ। देश भ्रष्टहरुको हातमा गइसकेको छ भन्ने ज्ञान भएका नेता पन्थीको पत्र अञ्जान र उन्मादमा सार्वजनिक भएको पनि होइन।
पुर्व मन्त्रीले अगाडी सारेको फाइलको काम नुहुनुमा कतै कमिसन बाँडफाँडमा नमिलेर हुन सक्छ । कि त "यो काम गरि दे तँलाई यति कमिसन दिउँला" भनेर कोठे बैठक वा म्यासेन्जर च्याट भएन की? अनि यस्तो चलन त पटक पटक सरकारमा जाने सांसद र मन्त्रीहरुले नै हो चलाउन लगाएको हो। स्वास्थ्य मन्त्री भइसकेका नेता बिष्णु पन्थीले कर्मचारीको नाममा होइन पत्र लेख्ने । कर्मचारीलाई पत्र लेख्ने हैसियत होइन पुर्वमन्त्रीको। मन्त्रीहरुले त नीति बनाउने अनि कर्मचारीहरुलाई कार्यान्वय गर्न निर्देश गर्ने हो। गोहीको आँशु झारेर मर्यादा
बिरामीलाई सहज रुपमा स्वास्थ्य सेवा लिने समयमा अव हामी आन्दोलनमा जान्छौं, फलानालाई फलाना ठाउँमा मुद्धा हाल्छौं भनेर घुर्की नदेखाउ। बरु सक्छौ भने आफ्नै दलको नेतृत्वमा सरकार भएको बेला बहुमत जनातको पक्षमा काम गर्ने ऐन, कानुन र नीति बनाउन दवाव दिन सबैलाई उत्प्रेरित गरौं। |
पत्र पढ्दा सामान्य जनताको पक्षमा वकालत गरेजस्तो लाग्छ । यथार्थमा त्यो होइन। जनताका लागि सरकारी अस्पतालको भौतिक पुर्वाधार, कर्मचारी, प्रशासनमा हुने ब्यथिति, अनियमित्ता, ढिलासुस्तीको बारेमा पत्र लेखिनु पथ्र्यो। सामान्य नागरिकले अस्पतालको होर्डिङ्ग बोर्डसम्म पढ्न र बुझेन आँट गर्न नसक्ने अस्पतालको काम गरिदिएन भनेर रोइलो काढ्ने होइन।
"प्रदेश स्वास्थ मन्त्रालय बाटै हुनुपर्ने कामलाई काठमाडौ तानेर अनावश्यक देशको ढुकुटीबाट भत्ता खाएर १७ महिना देखि २१ पटक धाउदा समेत फाइलको टुङ्गो अझै नलागेर घुम्दै छ कति घुमाउन सकेको हो ?" भनेर गरिएको प्रश्न सार्वजनिक रुपमा प्रधानमन्त्री, स्वास्थ्य मन्त्री र कर्मचारीलाई भनिएपनि त्यो पत्र पुर्वमन्त्री समेत भएका आफै विणु पन्थीकै लागि लेखिएको हो। राज्य ब्यबस्था आफैले धुमिल्याउने अनि मैले पिटे जस्तो गर्छु, तँ रोए जस्तो गर भन्ने नाटक यसरी पटक पटक नडोहोर्याउ। यो लाजको पसारो नदेखाउ।
बिरामीलाई सहज रुपमा स्वास्थ्य सेवा लिने समयमा "अव हामी आन्दोलनमा जान्छौं, फलानालाई फलाना ठाउँमा मुद्धा हाल्छौं" भनेर घुर्की नदेखाउ। बरु सक्छौ भने आफ्नै दलको नेतृत्वमा सरकार भएको बेला बहुमत जनातको पक्षमा काम गर्ने ऐन, कानुन र नीति बनाउन दवाव दिन सबैलाई उत्प्रेरित गरौं। निजी कम्पनीले संचालन गरेको अस्पतालको कुरा सरकार र कर्मचारीले सुनेन भनेर होइन कि जिल्ला अस्पताल, १५ शैयाको अस्पताल र स्वास्थ्य चौकीहरुमा समेत सुविधा सम्पन्न डायलासिस उपकरणको व्यवस्थाका लागि नेता पन्थीलाई सरकारसंग संघर्ष गर्न उत्पे्ररित हुन सुझाव छ। यो होइन की गौतमबुद्ध सामुदायीक मुटु अस्पतालको समस्या सकिएपछि निदाएको हेर्न, सुन्न र देख्न नपरोस।
यदि बहुमत जनताको पक्षमा वकालत गर्ने नेता हुन भने एमालेका नेता बिष्णु पन्थीले किसानले समयमै ररासायनि कल नपाएको कथा उजागर गर्नेछन। सिंचाईको अभावमा समयमै रोपाई गर्न नपाएको किसानको बारेमा संसदलाई नीति नियम बनाउन दवाव मुलक संघर्ष गर्ने छन। देशमा भइरहेको दोहोरो तेहोर करका बिरुद्ध यस्तै सार्वजनिक पत्र लेखेर संघर्षको उभार ल्याउने छन। राष्ट्रिय पुँजीपति, उद्योगी, व्यवसायीहरुको पक्षमा कलम चलाउने छन। अनि प्रधानमन्त्रीलाई जानकारी दिदै स्वास्थ्य मन्त्री र ५ जना कर्मचारीलाई लेखेको खुल्ला पत्रको सुनुवाई होस ।
यस्तो छ प्रदेशसभा सदस्य पन्थीले लेखेको खुल्ला पत्र
सम्माननिय प्रधानमन्त्री ज्यु लाई जानकारी र माननीय स्वास्थ मन्त्री प्रदीप पौडेल ज्यु ,स्वास्थ सचिब रोशन पोख्रेल सहित जम्बो सचिब (५जना) टीम र निर्देशक संगिता कौसल मिश्रका नाममा खुला पत्र : हाम्रो सुशासन खै कता छ ? संघियता खै कता छ ? यो स्वास्थ मन्त्रालयले के काम गर्छ ? स्वास्थ सेवा ? बिभाग हो कि दुख हो अनि यहाँ के काम हुन्छ ? एउटा नमूना फाइल (कपिलवस्तु डायलासिस सेन्टर) ले हामी कुन दुनियाँमा छौ ? किन हामी दुनियाँमा झन झन पछि पर्दै छौ ? हाम्रो ब्युरो क्रेसीको कामको नमूना आदि धेरै कुरा प्रष्ट पार्छ। लेखक लाई कथा छ पत्रकारलाई रोजक समाचार छ, वकिल लाई मुद्दा र बहस छ। अख्तियार र सतर्कता केन्द्रलाई कामको मेलो छ। प्रदेश स्वास्थ मन्त्रालय बाटै हुनुपर्ने कामलाई काठमाडौ तानेर अनावश्यक देशको ढुकुटीबाट भत्ता खाएर १७ महिना देखि २१ पटक अध्यक्ष एजाज आलम र म पालै पालो धाउदा समेत फाइलको टुङ्गो अझै नलागेर घुम्दै छ कति घुमाउन सकेको हो ? अब हामी कपिलवस्तुका किड्नी पिडितको तर्फबाट सर्बोच्च अदालतमा मुद्दा हाल्ने तयारीमा छौ। आशा छ यो मुद्दाले नेपालमा फाइल अडकने घुम्ने काम र संघीयतामा सुधार हुनेछ किड्नी पीडित ले न्याय पाउनेछन्।