जगी लाल थापा
शिक्षा जीवनको तेश्रो आँखा हो । नेल्सन मण्डेलाले भनेका छन्-शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सक्छ । वहाँको यो भनाइलाई केही फरक ढंगले हेर्याैं भने शिक्षा यस्तो शक्तिशाली हतियार हो मस्तिष्कमा गोवर भरिएका बुद्धिजीविको हातमा पर्यो भने के सही के गलत भन्ने छुट्याउन सक्दैन र स्वार्थ समूहहरुको चंगुलमा परेपछि त्यो समाजको शिक्षाक्षेत्र ध्वस्त हुन्छ।
एक बैज्ञानिक अरिस्टोटलले भनेका छन् - शिक्षाको जरा तितो हुन्छ तर फल सबैभन्दा मिठो हुन्छ। यस भनाईलाई चरितार्थ हुन नदिन केही लठैत कार्यकर्ताहरुको स्वार्थ पूरा गर्न उनीहरुकै सल्लाहमा जनप्रतिनिधि र कर्मचारीहरुले नै मिठो फल दिने भनिएको शिक्षारुपी वृक्षको जरै उखेलेर फाल्न तयार हुन्छन् ।
शिक्षालाई जीवनको तेश्रो आँखाको रुपमा बुझिने भएपनि केही पढेलेखेका स्वार्थ समूह, जनप्रतिनिधि, कर्मचारी, समाजमा आफुलाई अगुवा ठानिएकाहरुको तेश्रो आँखामा कालोपट्टी बाँधिएपछि त्यही समाजको शिक्षा दृष्टिविहिनमा परिणत हुन सक्छ।
शिक्षा भनेको सम्मुन्नत समाज निर्माण गर्ने आधारस्तम्भ हो। शिक्षालाई वर्गविहिन समाज निर्माण गर्ने र विभेद श्रृजना गर्ने क्षेत्र गरी दुई क्षेत्रमा विभाजन गरेर हेरिनुपर्छ अर्थात् आत्मसात गरिनुपर्छ।
अनेक बहानामा उनैका भान्जाभान्जी, छोराछोरी, सालासाली, बुहारी,दाइभाइ काकाकाकी, साथी, कार्यकर्ता, कार्यकर्ताका श्रीमती, दिदीबहिनी, ऐ. ऐ. मान्छेलाई जागिर खुवाउन, घर पायक बनाउन, अध्यक्ष तथा प्रधानाध्यापक बनाउन कम्मर कसेर लागेका हुन्छन्। |
वर्गविहिन समाज निर्माण गर्ने क्षेत्रको रुपमा बुझेका समूहहरुले विद्यालयमा अध्ययन तथा अध्यापन गरिने शिक्षालाई शैक्षणिक कृयाकलाप सञ्चालन गर्दा सिकाई उपलब्धिको रुपमा वर्गविहिन समाज निर्माण गर्ने साधन नै शिक्षा हो भनेर प्राथमिकीकरण गर्छन भने अर्को पक्षले विभेदरहित समाज निर्माण गर्ने भनेर पढाएपनि ब्यवहारमा तिनै समूह तथा ब्यक्तिहरुले समाजलाई अनेक समूह, जाति, धर्म र दलको नाम भजाएर समाजलाई खण्डीकरण गर्नमा उद्धत हुन्छन् ।
समाजमा यिनै दुई समूहलाई केलाउन नसक्दा आफुलाई शैक्षिक अगुवा ठान्ने तर आफ्नो पहुँच वा पहुँचभन्दा बाहिरका विद्यालयहरुमा समेत दक्ष जनशक्तिलाई प्रवेश नगराई लठैत कार्यकर्ताहरुको सल्लाह सुन्ने अनि अनेक बहानामा उनैका भान्जाभान्जी, छोराछोरी, सालासाली, बुहारी,दाइभाइ काकाकाकी, साथी, कार्यकर्ता, कार्यकर्ताका श्रीमती, दिदीबहिनी, ऐ. ऐ. मान्छेलाई जागिर खुवाउन, घर पायक बनाउन, अध्यक्ष तथा प्रधानाध्यापक बनाउन कम्मर कसेर लागेका हुन्छन्। यस्ता ब्यक्तिहरु समाजमा हावी भएसम्म समाजलाई बुद्धिजीविकरणतर्फ नभई विभेदमा आधारित द्वन्द्वमा फसाइदिन्छन र वर्षौसम्म समाजलाई शैक्षिक, राजनैतिक, आर्थिक, सांस्कृतिक तथा सामाजिक रुपमा पछाडि धकेलिरहनेछन ।शिक्षालाई वर्गविहिन समाज निर्माण गर्ने हतियारको रुपमा ब्याख्या गर्नेहरु नेल्सन मण्डेलाले भनेझैं शिक्षाको प्रयोगले संसार बदल्न र समाजलाई हरेकक्षेत्रबाट बुद्धिजीवीकरण गराउँदै समुन्नत समाज निर्माण गर्नमा उत्प्रेरित गर्छन। राज्य पुनः संरचना पश्चात माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहमा निहित भएपछि जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुले शिक्षा ऐन, कार्यविधि, कानुनलाई आफुले पान, सुर्ति खाएर थुक्ने डस्टविनमा फ्याकेर गलत कार्यलाई स्थापित गराउन ज्यानै फालेर लाग्छन।
यतिसम्म हर्कत देखाउँ छन कि विद्यालय ब्यवस्थापन समितिले गरेका हरेक निर्णयहरुलाई सिधा हस्तक्षेप गरेर शिक्षा शाखालाई "फलना आयो भने त्यसको कुनै पनि काम नगरिदिनु" भनेर नाङ्गो नाँच देखाउँछन जवकि आफू त्यसरी नाँच्दै गर्दा आफू सर्वाङ्ग नाङ्गै भएको थाहै पाउँदैनन।
संस्थागत विद्यालयहरुमा कक्षा ९ र १० मा अध्यापन गर्ने शिक्षकहरु प्राय:ले बढीमा ३० हजार रुपैया तलव सुविधा पाएका हुन्छन र तिनै शिक्षकहरुले पढाएका परीक्षामा सामेल विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएका हुन्छन। तर तह र ग्रेड अनुसार तलव र महंगी भत्ता, पोशाक भत्ता अनि विभिन्न बिदा सुविधा पाएर अध्यापन गर्ने साुमदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले पढाएको विद्यार्थीका नतिजा दुःखदायी छ। भत्सर्नायोग्य छ। |
शिक्षा,समाज रुपान्तरणकाे मेरुदण्ड हो । तर जनप्रतिनिधि, कर्मचारी र दिमागमा गोवर भरिएका केही शिक्षित गोवर गणेशहरुले आफुले ओगटीरहेको स्थानमा धक्का नपुगोस् भनेर शिक्षाको माध्यमबाट समाजलाई शैक्षिकरुपमा सचेत भएको देख्न चाहन्नन। तिनैले विभिन्न सभा समारोहमा भाषण गर्दा "कुनैपनि भौतिक विकासको दिगोपन र पूर्वाधारमा अपनत्व बनाउन मानवीय चेतनामा विकास हुनुपर्छ र उक्त मानवीय चेतनाको विकास गर्ने माध्यम भनेको शिक्षा नै हो" भनेर भाषण गर्छन् तर ब्यवहारमा बौद्धिक दृष्टि कायम गर्न सक्दैनन् । अर्थात् ब्यवहारमा लागू गर्न पर्दा अचेत भइदिन्छन् वा अचेत भएको नाटक गज्जवले गर्छन।
२०८० र यसभन्दा अघि प्रकाशित एसई ई परीक्षाको नतिजाको आधारपनि यिनै प्रवृतिहरु नै हुन् । संस्थागत विद्यालयहरुमा कक्षा ९ र १० मा अध्यापन गर्ने शिक्षकहरु प्राय:ले बढीमा ३० हजार रुपैया तलव सुविधा पाएका हुन्छन र तिनै शिक्षकहरुले पढाएका परीक्षामा सामेल विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएका हुन्छन। तर तह र ग्रेड अनुसार तलव र महंगी भत्ता, पोशाक भत्ता अनि विभिन्न बिदा सुविधा पाएर अध्यापन गर्ने साुमदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले पढाएको विद्यार्थीका नतिजा दुःखदायी छ। भत्सर्नायोग्य छ।
तिनै शिक्षकहरुले विद्यार्थी अनि अभिभावकहरुलाई दोष देखाएर पानीमाथिकाे ओभानो बनेर खुलेआम हिड्न कुनै अप्ठ्यारो मान्दैनन्। अझ यतिसम्म कि तिनै शिक्षकहरुले १० देखि ४ बजेभित्र कक्षा माथिल्लो कक्षामा न्युनतम पिरियड लिई "म त यो तहको शिक्षक हो तर माथिल्लो कक्षा पढाएको" भन्दै अतिरिक्त तलवभत्ता र सुविधा लिएका हुन्छन् । उनैका नतिजामाथि प्रश्न उठ्नु स्वभाविक हो कि होइन?
अव जनप्रतिनिधि र कर्मचारी नसच्चिने हो भने शिक्षक तथा कर्मचारीहरुले आफ्नो कर्तब्य र जिम्मेवारीलाईपूर्ण रुपमा कर्तब्यनिष्ठ भई शिक्षण नगर्ने नगराउने, विद्यालय ब्यवस्थापन समितिले पनि आफ्नो स्वार्थपूर्तिका लागि नभई विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार ब्यवस्थापनमा दत्तचित्त भई नलाग्ने हो भने सामुदायिक विद्यालय पढाउने थलो नभई शिक्षकहरुले तलव भत्ताका लागि दिन कटाउने, ब्यवस्थापन समितिले बार्गेनिङ्ग गर्ने र जनप्रतिनिधि तथा कर्मचारीहरुले कमिसन र लाभको कमाई खाने थलोको रुपमा विकास हुनेछ।